
काठमाडौं – १० वर्षको युद्धमा हज्जारौं नेपालीको घर उजाडियो, कति बेपत्ता भएका थिए । एउटा पार्टीले उठाएको मागको सम्बोधन नहुँदा भएको त्यो कहालीलाग्दो समय फेरि फर्काउने तयारीमा लागेको छ, अर्को माओवादी ।
शान्ति प्रक्रियामा आएपछि धुजाधुजा भएको माओवादीको खरो लाइनलाई अगाडि सारेका नेत्रविक्रम चन्द फेरि जनयुद्धमा जाने भएका छन् । त्यसका लागि गोलीगट्ठा उनले तयार पारेका होलान् तर त्यसअघिको तयारी उनले पार्टीको नामबाटै थालेका छन् । उनले आफ्नो पार्टीको नाममा झुन्डिएको माओवादीलाई कोष्ठमा राखेर अघि बढेका छन् ।
हेमन्तप्रकाश ओली नेतृत्वको कम्युनिस्ट न्युक्लियर्सलगायतसँग एकता भएपछि उसले पार्टीको नाम परिवर्तन गरेको हो । नेकपा माओवादीका रूपमा जन्म भएको विप्लवले पार्टीको नाम जनयुद्धकालीन माओवादी नाम नेकपा (माओवादी) राख्ने निर्णय गरेको छ । ‘माओवादी आन्दोलन र त्यसका इतिहासलाई बचाइराख्नका निम्ति हामीले जनयुद्धकालीन नाम नै रोजेका छौँ, अब हाम्रो पार्टीको नाम नेकपा (माओवादी) रहनेछ’ पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भने । अब यो माओवादीले पहिलेकै जस्तो जनसत्ता पनि स्थापना गर्ने भएको छ । विश्वकर्माले भने, ‘जनयुद्धको जगमा स्थापना भएको जनसत्ताको स्थापना गर्ने निर्णय भएको छ, सबैलाई जनसत्ता स्थापनामा सहयोग गरिदिनुहुन आग्रह गर्छु ।’ १० वर्षे सशस्त्र द्वन्द्व गरेका तत्कालीन नेकपा (माओवादी) ले पनि जनसत्ता स्थापना गरेका थियो । विप्लव माओवादीले सन्तोष बुढामगरको नेतृत्वमा जनसरकार गठन गरिसकेको छ ।
त्यसै गरी विप्लव माओवादीले खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । चाडपर्वको नाममा हुने कालोबजारी तत्काल रोक्न माग गर्दै विप्लव माओवादीले आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गरेको छ । आन्दोलनका कार्यक्रमअनुसार २८ असोजमा नेपाल बन्दको आह्वान गरेको छ । यसबीचमा नेकपा (माओवादी) को आठौं महाधिवेशन १ फागुनदेखि ७ फागुनसम्म काठमाडौंमा हुने भएको छ । बन्दसत्र भने जनयुद्धको आधार इलाका रोल्पाको थवाङमा हुने जनाएको छ ।
- जनप्रहार साप्ताहिक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्