×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेलायो ओलीको स्वदेशी पेट्रोलियमको सपना, अन्वेषण अलपत्र : गफमा काठमाडौंको मिथेन ग्यास

GLOBAL IME BANK

सेलायो ओलीको स्वदेशी पेट्रोलियमको सपना, अन्वेषण अलपत्र : गफमा काठमाडौंको मिथेन ग्यास

२८ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – गत वर्ष भारतले नाकाबन्दी लगाएसंगै काठमाडौंमा सवै भन्दा बढी चर्चाको बिषय थियो स्वदेशकै प्राकृतिक ग्यास र स्वदेशी पेट्रोलियमको । तर रापँमा रन्किने र सितमा खुम्चिने नेपाली परिचय संगै अहिले कहिँ कतै यो बिषयको चर्चा समेत सुन्न पाईदैन ।
अरु त अरु देशका बिभिन्न खानि र मिनरल हरुको पहिचान र अन्वेषण गर्ने खानि तथा भू –गर्व विभाग समेत सित निन्द्रामा छ , यो विषयलाई लिएर । विभाग त पछिल्लो समय पेट्रोलियमका कुरा सुन्न समेत चाहदैन । त्यसैले अहिले उसको वेभसाइटमा समेत पेट्रोलियम क्याटगोरीलाई थिंक नेपाल नामक वेभ होस्टिंग कम्पनीको विज्ञापनको प्रयोगका लागि जिम्मा लगाएको छ । अहिले तपाइले उक्त विभागको वेभ साइटको ‘ डिपार्टमेन्ट ‘ मा गएर पेट्रोलियम क्याटगोरी हेर्नु भयो भने त्यहाँ उक्त व्यापारिक सस्थाको विज्ञापन मात्रै देख्नु हुनेछ ।
गफमा काठमाडौंको मिथेन ग्यास
वेला वेलामा खुव चर्चा हुने गर्छ काठमाडौंको मिथेन ग्यासको । विभागका अनुसार उपत्यकाको २६ वर्ग किलोमिटर क्षेत्र भित्र ३ सय १६ मिलियन क्युविक मिटर मिथेन ग्यास छ । तर लंकाको सुन जस्तै भएको छ , काठमाडौंबासीलाई उक्त ग्यास । ग्यासको भण्डार माथि वसेको काठमाडौंवासी भारतले नाकाबन्दी गरिदिए वा मुग्लिन – नारायणघाट खण्डमा पहिरो गए पाउरोटी सेकेर खान बाट समेत वन्चित हुन्छन् ।
पोकामा पेट्रोलियम
गत वर्षको नाकाबन्दी खुल्नु र ओली सरकार वहिर्गमनमा पर्नुसगै स्वदेशको पेट्रोलियम पोकामै थन्किएको विभाग श्रोतले जनाएको छ । गत जेठ सम्म प्रधानमन्त्री कार्यालयवाट पटक पटक पेट्रोलियम अन्वेषणका वारेमा सोधनी हुने गरेपनि त्यस यता यो विषय मा कहीँकतै बाट सोध खोज समेत नभएको श्रोतले वताएको छ ।
पूर्वमा चन्द्रगडी देखि पश्चिमको महेन्द्रनगर सम्मका १० खण्ड लाई पेट्रोलियम प्राप्त स्थल मानिए पनि यी सबै अन्वेषण विभागको पोकामा थन्किएर वसेका छन् । विभागका एक अधिकारीका अनुसार – अन्वेषणबाट २७ ओटा प्रतिवेदन बाहेक अरु केहि निस्किएको छैन र प्रतिवेदन विभागको भण्डारमा पोकामा सोभायमान छन् ।
चाहिने एक खर्ब खर्च भयो १० खर्व
विभागका एक बरिष्ठ जियो इन्जिनियरका अनुसार एउटा पेट्रोलियम खानी संचालन र प्रसोधन गर्न १ खर्व रुपैया भए पुग्छ । तर हाल सम्म देशी विदेशी सहयोगमा अन्वेषणमै १० खर्व भन्दा बढी लगानी भइसकेको छ । तर त्यसको उलेख्य प्रतिफल भने शुन्य जस्तै छ, प्रतिवेदन बाहेक अरु केहि निस्किएको छैन ।

  • बिज़पाटी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: