×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनलाइन पत्रिकामा लगानी गर्दै हुनुहुन्छ ? पढ्नुहोस्, डुबेका, डुबाइएका, र चिप्लिएका अनलाइनहरुको कथा

PRIME CA

अनलाइन पत्रिकामा लगानी गर्दै हुनुहुन्छ ? पढ्नुहोस्, डुबेका, डुबाइएका, र चिप्लिएका अनलाइनहरुको कथा

२१ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: < ५ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – पछिल्लो समय नेपाली अनलाइन पत्रिकाहरुको बाढीनै आइरहेको छ । सार्है चलेका, ठिकै चलेका, चल्दै नचलेकादेखि, चल्न खोजेर पनि चल्न नसकेका पत्रकारहरुसम्मको रोजाई अनलाइन हुन थालेको छ । टिभीमा जागिर खुस्क्यो, रेडियोले निकालीदियो, पत्रिकामा काम गर्दा एउटा बिज्ञापनवाला मान्छे भेट्यो वा पत्रिका टिभी र रेडियोमा लगानी महँगो छ, अनलाइन खोलौं भन्ने कुरा दिमागमा आउने बितिक्कै अनलाइनमा लगानी गर्नेहरु धेरै छन् । हुन त अनलाइन पत्रिकामा खासै ठुलो लगानी पर्दैन । तर पनि सगरमाथा चढ्नुभन्दा सगरमाथामा टिकिरहन गाह्रो हुन्छ भनेझैं अनलाइन पत्रिकामा लगानी गर्दा कतिपय कुराहरु ध्यान दिन नसक्दा ठुलै मिडियाहरु पनि चिप्लिएका छन् ।
     
डुबाइएको एउटा अनलाइनको कथा 
जनवरी १, २०१४ देखि अष्ट्रेलियामा बस्ने नेपाली बिमल महर्जनको लगानीमा अर्को अनलाइन सुरु भयो, ‘नेप्लिज डट ओआरजी’। अष्ट्रेलियामा बस्ने महर्जनले ‘अफिस चलाउनुहोस्, विज्ञापन खोज्नुहोस्, राम्रो गर्नुहोस्, सुरुवाती खर्च म ब्यहोर्छु’ भनी राम कुमार रिजाल (राम कुमार एलन) लाइ जिम्मेवारी दिए । अनलाइनमा सुरुमा तेज वाग्ले, सोभित थपलिया, बर्षा शाह, र मणीराज बास्तोला (मोहन बास्तोला) लाइ राखियो । तर मोहन बास्तोला नयाँ पेज डटकममा हिडेपछि सुरज प्याकुरेललाइ अनलाइनमा र ल्याइयो । पछी न्यूज शेयर, ट्वीट लगायतका काम गर्न भन्दै रेखा श्रेष्ठलाइ पनि ल्याईयो । पछी शान्तराम विडारीलाइ पनि अनलाइनमा राखियो । एक महिना बिजय दमासेले पनि काम गरे । पछी उमेश सुबेदीलाई बजार व्यवस्थापनको जिम्मा दिइयो । अनलाइन कन्टेन्टका हिसावले राम्रै चल्दै थियो । तर जव दशैं आयो, दशैंमा बोनसको कुराले अनलाइनमा हल्लीचल्ली ल्यायो । राम कुमार एलनले बर्षा शाहलाइ बोनस दिएको र आफुहरुलाई नदिएको भन्दै सुरज प्याउरेल र शान्तराम विडारी बिच्किए ।  दशैंको कार्ययोजना बारे बैठक चलिरहँदा अनलाइनकि बजार व्यवस्थापक बर्षा शाहले मिटिङमै सुरज प्याकुरेल आफुभन्दा जुनियर भन्दै होच्याएपछी प्याकुरेलले यस बिषयमा बोल्न एलनलाइ आग्रह गरे । तर एलनले पनि बर्षा शाहकै पक्ष लिएपछि सुरज प्याकुरेलले अनलाइन छोडे । 
पछी सुरज प्याकुरेलले ल्याउने गरेको अलिअलि बिज्ञापन पनि बन्द भयो । करिव २ महिनापछि बिमल महर्जनले तपाईं फेरी आउनुस् भनेपछि प्याकुरेलले दशैंमा बोनस किन नआएको भनेर सोधे । जवाफमा महर्जनले खर्च ठुलो भएको भन्दै एलनले महर्जनलाइ पठाउने गरेको स्यालरी सिट मेलमा फरवार्ड गरे । सुरज प्याकुरेल त्यो बेला झसंग भए जुन बेला रकम हिनामिना भएको थाहा पाए । त्यसपछि अष्ट्रेलिया बस्ने सोझो नेपाली ठगिएको भन्दै प्याकुरेलले सबै कुरा तथ्य सहित बताईदिए । बिमल महर्जन महिनाको लाखौँ पठाईरहने र यता पैसाको हिसाव किताव गतिलो नभएपछि रामकुमार एलन र बिमल महर्जनबीच पनि मनमुटाव सुरु भयो ।
सुरज प्याकुरेलका निकैनै निकट मानिएका पत्रकार सोभित थपलियालाइ कम तलव दिएर बढी तलव राखिएको, राससमा तिर्नुपर्ने ५००० लाइ ६००० बनाइएको, टेलिफोन, बत्तीलागायतका खर्चहरुमा पनि तलमाथि गरिएको र विज्ञापनको हिसाब नबुझाएको पाइएपछी सुरज प्याकुरेलले सबै तथ्य बताउँदा एलन र महर्जनबीच दुरी बढ्यो । संचालक विमल महर्जनलाई १ बर्षसम्म जम्मा १० हजारको विज्ञापनको हिसाव बुझाइएको छ । जवकी उक्त अनलाइनमा कार्यरत पत्रकार सुरज प्याकुरेलले नै ३ महिना काम गर्दा झन्डै २१ हजारको विज्ञापन अनलाइनमा ल्याएका थिए ।  अरु पत्रकार तथा बजार व्यवस्थापक भनेर राखिएकी बर्षा शाहले पनि केहि बिज्ञापन ल्याएकी थिइन । (सबै हिसावको विवरण अर्थ सरोकार डटकमसँग सुरक्षित छ)
अनलाइन संचालक एलनले विमल महर्जनलाइ ठगेको भन्दै महर्जनले अनलाइन बन्द गर्ने निर्णय गरे । यो बेला तीन महिनाको तलव चाहिन्छ भन्दै राम कुमार एलनले माग राखेपछि महर्जनले सोभित थपलिया, र मोहन बास्तोलालाइ एक महिनाको तलव बढी दिए । र रेखा श्रेष्ठ र अर्की एक महिला पत्रकारलाइ रित्तो हात फर्काए ।
त्यसपछी केहि दिन अनलाइन बन्द भयो । समाचार पोर्टलको लत लागिसकेका महर्जनले पुन: अनलाइन सुरु गर्न सुरज प्याकुरेललाइ आग्रह गरे । बीचमा अनलाइन पत्रकार गणेश पाण्डेले चलाएको भनेर अफवा समेत चलाइयो । तर उक्त अनलाइन सुरज प्याकुरेलले विमल महर्जनसँग मिलेर चलाएका थिए । एलनले उक्त साइट चलाउँदा सुरज प्याकुरेल र अनलाईनको प्राविधिक पक्ष हेर्ने प्राविधिकसंग सामान्य मनमुटाव भएको थियो ।  तर एलनको ठगीबाट तनावमा परेका महर्जनले पत्रिकाको प्रविधि हेर्ने उक्त प्राविधिकसँग मिलेर काम गर्नु भनेपछि सुरज प्याकुरेलले उक्त अनलाइन छोडेर रातोपाटीमा काम गर्न थालेका थिए । पछी पहिलोन्यूजमा काम सुरु गरेका प्याकुरेलले पछी त्यहाँको पनि जागिर छोडेर अहिले आफ्नै अनलाइन संचालन गरेर बसेका छन् ।  यता उक्त अनलाइन हाल अनलाइनका प्राविधिक र विमल महर्जन मिलेर चलाईरहेका छन् । प्रेस काउन्सिलको साइटमा भने अनलाइनको संचालक राम कुमार एलननै रहेको भनी उल्लेख गरिएको छ ।
यता एलनले भने आफुसँग सबै खर्चको विवरण भएको र एक पैसापनि नठगेको दावी गरेका छन् । यद्यपी राससमा पैसा तिर्दा हरेक पटक आफुले १००० रुपैयाँ बढी लिएको भने उनले स्वीकारेका छन् ।    
डुबेको एउटा अनलाइनको कथा  :
न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष खेम भण्डारीले संचालन गरेको पुलेसो डटकम कुनै बेला खुब चलेको अनलाइन पत्रिका हो । तर यहि अनलाइनले पत्रकारहरुलाई तलव नदिएको समाचार यसअघि सार्वजनिक बह्येको थियो । अनलाइन बन्द हुँदा पनि करिव २५ महिनाको ४ लाख तलव नदिएको समाचार सार्वजनिक भएको थियो ।  झण्डै एक बर्ष अनामनगरमा कार्यालय राखेर संचालन गरेका पुलेसोको खर्च धान्न नसकेपछि आफै बन्द भएको थियो । सानो विज्ञापन बजारमा प्रतिपर्धा गर्न गाह्रो हुनु स्वाभाविक हो । तर अनलाइन सुरु गरेपछि त्यसलाई तह लगाउन नसक्नु भने सञ्चालकको कमजोरी नै हो ।  
अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै पुलेसो डटकममा काम गरेका एक पत्रकार भन्छन्भ, ‘न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष भएको वेला निकै तामझामका साथमा १५ जना पत्रकार राखेर अनामनगर कार्यालय खडा गरेर पुलेसो डटकम सञ्चालनमा ल्याएका थिए । तर उनले पुलेसो ३ महिना पनि धान्न सकेनन् र पत्रकारलाई पुलेसो संचालन भएको चौथो महिनादेखि तलव नै खुवाउन सकेनन । 
२०७१ साल दशैंसम्म जेनतेन चलेको पुलेसो त्यतिवेला पनि पत्रकारलाई पुरा पैसा नदिई दशैंमा रितो हात फर्काइएको थियो । दशैंमा पनि पुरा पैसा नपाएपछि रामहरि पाण्डे, प्रतिमा सिलवालले पुलेसो छाडेका थिए । भण्डारीले धान्न सकिन थोरैबाट पुलेसो चलाउछु भन्दै सचित राई, विमल योगी, लोकेन्द्र वली, शरद शर्मा र रमेश वाग्लेलाई राखेका थिए । उनीहरुलाई महिना मर्ने वित्तिकै तलव दिने सर्तमा राखिएको थियो । तर दुई महिना विते पनि भण्डारीले तलव दिन सकेनन् । 
‘तलव दिन सकिएन अव तपाईहरुलाई पुलेसोबाट विदा दिने निर्णय गरें’ भनेर सचित राई र विमल योगीलाई एसएमएस पठाएर पुलेसोबाट निकालेका थिए । त्यसपछि लोकेन्द्र र शरद दुवै जना मात्र राखेर संचालन गरेका भण्डारीले उनीहरु दुवैलाई पनि ठगे । ‘अव पुलेसा तिमीहरु दुवैले चलाउने हो । पैसा टाइममै पाइन्छ भनेर लोकेन्द्र र शरदलाई राखेका थिए । तर दुवैले तलव पाएनन् ।’
यता शरद शर्मालाइ सम्पर्क गर्दा उनले भने आफुले उक्त अनलाइनबाट केहि महिना अघि तलव पाएको  र अन्य साथीहरुले पनि पाईसकेको दावी गरे । यी तथ्यहरु विभिन्न अनलाइनमा सार्वजनिक भएका थिए । एउटा लिंक यहाँ छ ।  
चिप्लिएका अनलाइनहरुको कथा 
खुब तामझामका साथ केहि अनलाइनहरु आए । लोकान्तर डटकम निकै चलेको अनलाइन हो । तर लोकान्तरले इलोकान्तर भन्ने डोमेनको वास्ता नगर्दा अब लोकान्तर समूहकै एक पत्रकारको अगुवाईमा इलोकान्तर नामक अनलाइन सुरु हुने भएको छ । यसले लोकान्तर डटकमलाइ केहि न केहि गाह्रो पक्कै पार्छ । उक्त अनलाइन हाल डिजाइनको क्रममा छ भने लक्ष्मी पूजाको दिन देखि चल्ने ‘टार्गेट’ रकहिएको छ। यता निकै चर्चित अनलाइन १२ खरीले पनि नेपाली नाम राम्रो राख्ने नाममा डोमेनको स्पेलीङ नै झुक्किने खालको राख्दा निकै धेरै पाठकहरु झुक्किने गरेका छन् ।                       
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: