×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दिल्ली पुगेर प्रचण्डले भने– मधेसी खुसी नपारी संविधान कार्यान्वयन गाह्रो

LAXMI SUNRISE BANK

दिल्ली पुगेर प्रचण्डले भने– मधेसी खुसी नपारी संविधान कार्यान्वयन गाह्रो

३१ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – चारदिने राजकीय भ्रमणका लागि बिहीबार अपराहन भारत आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्न प्रयास गरिरहेको बताएका छन् ।

नयाँदिल्ली आएलगत्तै आफ्ना पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटमा उनले दुवै छिमेकीसँगको सम्बन्धलाई सन्तुलित बनाउन आफ्नो नेतृत्वमा सरकार बनेलगत्तै भारत र चीनमा विशेष दूत पठाएको बताए । नयाँ सरकारले गृहमन्त्री विमलेन्द्र निधिलाई भारत र अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाएको थियो ।
भेटमा सहभागी माओवादी केन्द्रका नेता लक्ष्मण पन्तका अनुसार प्रचण्डले आफ्नो प्रयास दुवै देशसँगको सम्बन्धलाई सुदृढ र सन्तुलित बनाउने रहेको बताएका थिए । ‘मेरो भ्रमणपछि संविधान जारी भएयता भारतसँग देखापरेका मनोमालिन्य अन्त्य हुन्छ । भ्रमणको उद्देश्य भारतसँगको सम्बन्ध सुदृढ बनाउनु हो,’ प्रचण्डलाई उद्धृत गर्दै पन्तले भने ।

प्रचण्डले आफ्नो भ्रमणको समयमा नेपालको अहित हुने सन्धि तथा सम्झौता नगर्नेसमेत बताए । पुराना परियोजनाहरूबारे भारतीय पक्षको कुरा बुझेपछि मात्र कसरी अगाडि जान्छ भन्न सकिने ले बताए ।

प्रवासी नेपालीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको प्रमुख प्राथमिकता संविधान कार्यान्वयन भएको बताए । उनले संविधान कार्यान्वयनका लागि सरकारले केही महत्त्वपूर्ण निर्णय गरिसकेको समेत बताए । उनले आन्तरिक एकता सुदृढ गरेर मात्र छिमेकीहरूसँगको सम्बन्ध सुदृढ बनाउन सकिने उल्लेख गरे ।
प्रचण्डले मधेसी, थारूलगायत जनताको माग सम्बोधन गर्न संविधान संशोधन नगरेसम्म संविधान र संघीयता कार्यान्वयन हुन नसक्ने बताए । ‘मधेसी, दलितलगायतका माग सम्बोधन नगरी संविधान कार्यान्वयन हुन सक्दैन, हामी त्यसको वातावरण बनाइरहेका छौं,’ उनले भने ।
यसअघि प्रचण्डले भारतका साना दलका केही नेताहरूसँग नेपाली दूतावासमै भेटघाट गरेका थिए । नेसनलिस्ट कांग्रेसका महासचिव डीपी त्रिपाठीले दुई देशबीच सम्बन्ध विस्तार गर्ने र विश्वासको वातावरण तयार पार्नेबारे दाहालसँग कुराकानी भएको कान्तिपुरलाई बताए ।
‘भारत सरकारले नेपालमा रोकिएका परियोजनालाई तत्काल अगाडि बढाउनुपर्छ भन्ने हाम्रो धारणा हो,’ त्रिपाठीले भने । भारतीय नेताहरू सीताराम यचुरी र शरद यादवसँग पनि प्रचण्डले भेटघाट गरे ।

उनले ती नेताहरूसँग नेपालको शान्ति प्रक्रिया कसरी टुंगोमा पुर्याीउन सकिन्छ भन्नेबारे समेत धारणा माग गरेका थिए । त्रिपाठीले राजनीतिक मामिला नेपालको आन्तरिक विषय भएको बताए । प्रचण्डले बिहीबारै विहारका मुख्यमन्त्री नितिश कुमारसँग पनि भेटघाट गरे ।

  • कान्तिपुर दैनिक
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी