काठमाडौँ । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार आचार्य नियुक्त भएका छन् । उनलाई कात्तिक २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीइओमा नियुक्त गरेको हो ।
अहिलेका सीइओ निश्चल राज पाण्डेको कार्यक्षमतामाथि प्रश्न उठाएर संचालकलाई नभएको कुरा लगाएको भन्दै विवादको विषय बनेका उनलाई अन्तत: बैंकको जिम्मेवारी दिईएको छ ।
अलि पछि हुँदा ‘के हो के हो’ भन्दै उनले छिट्टै आफुलाई सीइओ नियुक्त गर्न बैंकको संचालक समितिलाई प्रेसर दिएका थिए । निश्चल राज पाण्डेको कार्यकाल माघ ११ गते सकिंदैछ । त्यसपछि माघ १२ गतेबाट उनको कार्यकाल सुरु हुनेछ ।
उनको कार्यकाल ४ बर्ष नै भनिए पनि उनले कार्यकाल पूरा गर्ने विषयमा भने शंका रहेको संचालक समितिका केहि सदस्यहरुकै दाबी छ । ‘अध्यक्षज्यूको प्रेसरले उहाँलाई सीइओ नियुक्त गरियो । उहाँ सर्वमान्य पात्र भने हुनुहुन्नथ्यो ।’ बैंकका एक संचालकले अर्थ सरोकारसँग भने, ‘उहाँको काम भनेको अध्यक्षको मात्र राम्रो हुनेगरी काम गर्ने र निश्चलजीको कुरा लगाउनेजस्तो मात्र थियो ।’
यता पवन आचार्यलाई यस विषयमा धारणा लिन खोज्दा उनी सम्पर्कमै आएका छैनन्।













