×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रेमिट्यान्स साढे दुुई प्रतिशतले घट्यो

LAXMI SUNRISE BANK

रेमिट्यान्स साढे दुुई प्रतिशतले घट्यो

७ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं – रेमिट्यान्स आप्रवाह दुुई दशमलव पाँच प्रतिशतले घटेको छ । बिहीबार राष्ट्र बैंकले चालू आर्थिक

वर्षको पहिलो महिनाको वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै रेमिट्यान्स आप्रवाह घटेको जानकारी दिएको हो । रेमिट्यान्स घट्दा देशको अर्थतन्त्रमै नकारात्मक प्रभाव पर्ने छ । खाडीलगायतका नेपाली कामदार बढी जाने देशहरुमा आर्थिक मन्दी आउन लागेको कारण नेपालीहरुले ओभरटाइम काम पाएका छैनन् भने नेपाली कामदारको माग पनि घटेको छ । कामदारकै माग घट्नु र गएका कामदारले पनि तलब बाहेक थप रकम कमाउन नसक्नाले नेपाल आउने रकम घट्दै गएको हो ।

प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको साउन महिनामा मात्र ५१ अर्ब ९४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २६ दशमलव तीन प्रतिशतले बढेको थियो । विप्रेषण आप्रवाह घटेको कारण खुद ट्रान्सफर आय दुुई दशमलव पाँच प्रतिशतले घटेर ५९ अर्ब ७९ करोड रुपैयाँमा सीमित रहेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आय २९ दशमलव सात प्रतिशतले बढेको थियो । अघिल्लो वर्षको पहिलो महिनामा आठ अर्ब १५ करोडले बचतमा रहेको चालू खाता विप्रेषण आप्रवाह र वैदेशिक अनुदान घटेको कारण चालू आर्थिक वर्षको साउन महिनामा दुुई अर्ब ३२ करोड रुपैयाँले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी अघिल्लो वर्षको पहिलो महिनामा चार अर्ब ७७ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा दुुई अर्ब १३ करोड रुपैयाँले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६१ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह एक अर्ब २३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७५ करोड र प्रत्यक्ष वैदेशिक लगानी चार करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको एक हजार अर्ब २१ करोडबाट शून्य दशमलव तीन प्रतिशतले बढेर २०७३ साउन मसान्तमा एक हजार ४१ अर्ब ९७ करोड रुपैयाँ पुुगेको राष्ट्र बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र« बैंकमा रहेको सञ्चिति २०७३ असार मसान्तको आठ सय ८७ अर्ब एक करोडको तुलनामा २०७३ साउन मसान्तमा शून्य दशमलव छ प्रतिशतले घटेर आठ सय ८१ अर्ब ४७ करोड रुपैयाँमा सीमित रहेको छ । सो अवधिमा राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा रहेको विदेशी विनिमय सञ्चिति भने पाँच दशमलव चार प्रतिशतले बढेर एक सय ६० अर्ब ४९ करोड रुपैयाँ पुुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७३/०७४ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ दशमलव एक महिनाको वस्तु आयात र १२ दशमलव सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४६ दशमलव तीन प्रतिशत, एक सय छ प्रतिशत र ४६ दशमलव तीन प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार २०७३ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४६ दशमलव दुुई प्रतिशत, एक सय १७ दशमलव चार प्रतिशत र ४६ दशमलव तीन प्रतिशत रहेको थियो ।
चालू आवको पहिलो महिनामा नगद प्रवाहमा आधारित सरकारको बजेट ५२ अर्ब चार करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत ३१ अर्ब ९७ करोड रुपैयाँले बचतमा रहेको थियो । यसैगरी समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च दुुई अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी खर्च १३ करोड रहेको थियो । समीक्षा अवधिमा चालू खर्च बढेर दुुई अर्ब ३० करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ११ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा पुँजीगत खर्च १० लाख मात्र भएको छ । अघिल्लो वर्ष यस्तो खर्च दुुई करोड करोड १६ लाख भएको थियो ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व संकलन ३६ प्रतिशतले वृद्धि भई ४१ अर्ब सात करोडमा पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १२ दशमलव नौ प्रतिशतले बढेको थियो ।

  • सुलसुले डटकम
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी