
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वुधवार भारतको चार दिवसीय भ्रमणमा दिल्ली प्रस्थान गर्दैछन् । त्यहाँ उनले विगतका प्रधानमन्त्रीहरुको जस्तै भारतीय समकक्षिको ठूल्दाईको व्यवहार सामना गर्नुपर्ने निश्चित छ । विशेषदुत मार्फत पठाईएको पत्रको समेत गोपनियता कायम नगरिदिएर दिल्लीले दाहाललाई खुलेआम बफादार वन्नुपर्ने संकेत गरेको छ ।
यस्तो अवस्थामा प्रचण्डका लागि आधुनिक सिंगापुरका निर्माता लि क्वा युको टिप्स मननयोग्य हुनसक्छ । अहिले भारतले नेपालमाथि देखाउने ठूल्दाईको व्यवहार कुनैवेला मलेसियाले सिंगापुरमाथि देखाउथ्यो । लि क्वान युले स्वतन्त्र र सम्वृद्ध सिंगापुरको सपना देखिरहंदा मलेसियाली प्रधानमन्त्रि टुंकु अव्दुल रहमान ,अव्दुल रजाक लगायतले लि क्वान लाई सकेजति अपशव्दको प्रयोग गर्दै गाली गर्थे ।
ठिक त्यही व्यवहार आज नेपालको सन्दर्भमा भारतीय नेताहरुको छ । सिंहदरबारमा हाम्रो पनि हक छ भन्न पछि नपर्ने र सुरक्षा एवं विदेश नीतिको जिम्मा आफ्नो अनुकुल बनाउने भारतीय साेंच ठूल्दाई कै सोंच हो । यस्तो सोंचाइलाई बडो होसियारीर्पूवक पन्छाइदिएर एक सम्प्रभुता मुलुकको रुपमा उभिनु नेपालको लागि चुनौति हो ।
आजको सिंगापुरको जगमा पुर्वाग्रह छैन, बरु सकारात्मक पक्षहरुको प्रेरणा छ । पूर्वी युरोपका देशबाट सद्भाव बटुलेका लि क्वानले कम्युनिष्ट मुलुक चीनका सकारात्मक पक्षहरुलाई ग्रहण गरे । चीनले सिंगापुरलाई स्वतन्त्र मुलुकको मान्यता दिएको झोंकमा मलेसियाली प्रधानमन्त्री टुंकुले कम्युनिष्ट रहित पाटी भन्दै कम्युनिष्टको सहयोग लिएको आरोप लगाएपछि जनतामा लि ले भनेका थिए “हामी प्रजातान्त्रिक तथा साम्यवादी सबैलाई उत्तिकै व्यबहार गर्छौ ।तर हाम्रो देशमा कस्तो व्यबस्था राख्ने भन्ने अर्तिउपदेश चाँही लिदैनौं । त्यो व्यबस्था हामी आफैले रोज्ने हो ।”
आज दिल्लीले प्रचण्डका अघि ठिक त्यस्तै प्रश्न तेर्स्याउने छ । ‘हामीसंग आउँदा समाजवादी, चीनसंग जाँदा साम्यवादी तपाईहरु दृष्टिकोण क्लियर गर्नुस् ।’ पुजीवाद र समाजवादका दुई डुंगामा खुट्टा टेकेका प्रचण्डले स्पष्ट रुपमा भन्ने आँट गर्नुपर्छ ‘मेरो देशलाई जे ठिक हुन्छ म त्यही गर्छु ।’
मलेसिया र सिंगापुरको अर्को एउटा नेपालसंग मेल खाने सन्दर्भ के छ भने मलेसियाली प्रधानमन्त्री टुंकुले जसरी मलाय जातिलाई मलेसियामा विशेष आरक्षणको ब्यबस्था छ त्यस्तै ब्यबस्था सिंगापुरमा गर्न आग्रह गरे । लिले टुंकुको प्रतिवाद गर्दै भने ‘हाम्रा नागरिकका विषयमा तपाईले चन्ता नगर्नुस्, किनभने सिंगापुरका मलय तपाईका चिन्ताका विषय होइनन् ती मेरा देशमा जन्मेका हुन् मेरा नागरिक हुन्, तीनलाई कसरी अघि बढाउने भन्ने चिन्ता मेरो हो ।’
यता नेपालमा संविधानमा मधेशीको समान साझेदारी हुनुपर्ने भारतको एक शुत्रीय अडान छ । नेपालका मधेषवादी भारतका चिन्ताका विषय होइनन् । उनको विकाशबारे नेपाल आफैले नीति तय गर्नुपर्छ न की भारतीय दबाबमा संबिधानको संशोधन । यस प्रसंगलाई प्रचण्डले कडाइपूर्वक भारतका सामु राख्न सक्नुपर्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्