×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुन्डाको कब्जामा तरुण दल, लागुऔषधका कारोबारीदेखि आपराधिक पृष्ठभूमिका व्यक्ति तरुण नेता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गुन्डाको कब्जामा तरुण दल, लागुऔषधका कारोबारीदेखि आपराधिक पृष्ठभूमिका व्यक्ति तरुण नेता

Artha Sarokar

२८ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको र मुलुकमा लोकतन्त्रको जग बसाल्ने सबैभन्दा ठूलो दलका रूपमा स्थापित भनेर आत्मरती देखाउने नेपाली कांग्रेसको भ्रातृ संगठन पूरै गुन्डाले चलाएका छन् । पोखरामा महाधिवेशन गर्ने तयारीमा रहेको तरुण दलमा अहिले गुन्डा नाइके तथा तिनका सदस्यको हालीमुहालीे छ । आपराधिक पृष्ठभूमिबाट जीवनयापन गर्दै आएका गुन्डा नाइके नै अहिले तरुण दलका जिल्लादेखि केन्द्रीय समितिमा समेत सक्रिय छन् । 
केही जिल्ला अधिवेशनबाट जिल्ला सदस्यदेखि अध्यक्षसम्म बनिसकेका छन् । दुई साता अगाडि लागुऔषध मुद्दामा पक्राउ परेका धादिङका सेते भन्ने दिनेश गुरुङ गत महिना भएको जिल्ला अधिवेशनबाट तरुण दलको धादिङ जिल्ला अध्यक्ष भएका थिए । आपराधिक पुष्ठभूमिका साथै गुरुङले लागुऔषधको कारोबार गर्ने गरेको समेत उनको पक्राउपश्चात् खुलासा भएको थियो । 
दुई वर्ष अगाडि प्रहरी इन्काउन्टरमा मारिएका चरी भन्ने दिनेश अधिकारीको सहयोगीका रूपमा चिनिने गुरुङ चरी इन्काउन्टरमा मारिएपछि राजनीतिक ओत लाग्न तरुण दल प्रवेश गरेका थिए । त्यस्तै, धादिङ तरुण दलको उपाध्यक्षमा चरीलाई गोली प्रहार गरेको अभियोगमा तीनन महिना अगाडि मात्र थुना मुक्त भएका राधे भन्ने राधेश्याम भण्डारी छन् । 
पटक–पटक गुन्डागर्दीकोे अभियोगमा पक्राउ पर्ने तथा जेल चलान हुने अभियुक्तकै अहिले तरुण दलमा हालीमुहाली हुन थालेको छ । चितवनमा गुन्डा नाइकेका रूपमा चिनिने प्रमिस राई पनि तरुण दलको केन्द्रीय प्रतिनिधि छन् । जिल्ला उपाध्यक्षमा चुनाव हारेपछि राईले प्रतिनिधिमा चित्त बुजाएका थिए । 
हत्या अभियोगमा सर्वस्वसहित कैद भोगेका राई तत्कालीन तरुण दलका जिल्ला अध्यक्ष शिव पौडेलको चितवन जिल्ला कारागारभित्र हत्या भएपश्तात् सरकारसँग माण्डुली गरी थुनामुक्त भएका आपराधिक व्यक्ति हुन् । उता सुनसरीका जिल्ला अध्यक्षमा जिल्लाका कुख्यात गुन्डा नाइके सिजन राई निर्वाचित भएका छन् । राई नेत्री सुजता कोइरालानिकट मानिन्छन् । आपराधिक पृष्ठभूमिबाट आएका राई केही वर्षदेखि राजनीतिमा सक्रिय छन् । 
ठेक्कापट्टामा आफ्नो दबदबा राख्दै आएका भक्तपुरका गुन्डा नाइके सगुन श्रेष्ठ सिन्धुपाल्चोक तरुण दलका उपाध्यक्षमा निवाचित भएका छन् । एक दशकदेखि गुन्डागर्दीमा सक्रिय श्रेष्ठ पाँच महिना अगाडि मात्र थुनामुक्त भएका थिए । अपहरण अभियोगमा मुद्दा पुर्पक्षका लागि कारागार चलान भएका श्रेष्ठ भूकम्पका कारण कारागार भत्किएको मौका छोपी फरार भएका थिए । 
फरार श्रेष्ठलाई अपराध महाशाखाको टोलीले एक वर्ष अगाडि ललितपुरबाट पुनः पक्राउ गरी कारागारमा बुझाएको थियो । पछि पीडित भनिएका जीवन श्रेष्ठलाई १५ लाख रुपैयाँ दिएर बकपत्र मिलाएर अदालतबाट सफाइ पाउन सफल भएका थिए । जेलबाट रिहा हुनासाथ गुन्डागर्दीमा सक्रिय श्रेष्ठले गत महिना दोलखाको एक टेन्डरबाट ८० लाख चट्काई उक्त रुपैयाँ आफैले मात्र चपाएपछि उनका सहयोगी समेत रुष्ट बनेका छन् । 
पछिल्लो समय गुन्डागर्दीमाथि प्रहरी आक्रमक रूपमा प्रस्तुत भएपछि गुन्डा नाइके तथा तिनका सदस्य राजनीतिक हैसियत खोज्न पैसा खर्च गरेरै भए पनि राजनीतिक दलनका भ्रातृ संगठनमा आबद्ध हुन थालेका छन् । जनप्रहार साप्ताहिकमा खबर छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी