
काठमाडौँ – चितवनमा आज बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । चितवनको दारेचोक ७ चुङखोलामा आज विहान पौने ४ बजे ना ३ ख ९९०६ नम्बरको ट्रक अनियन्त्रीत भई त्रिशुली नदी किनारमा खस्दा २ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी अन्य २ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक बारा मोतिसारका २६ वर्षीय राज कुमार साह कानु र नाम थर खुल्न नसकेका अर्का पुरुष व्यक्ति रहेको छन् । उनीहरुको उपचारको क्रममा भरतपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रकमा सवार बारा बलरामपुर ४ का २५ वर्षीय भुवन देव साह र बारा कै कलैया २ का राममणी प्रसाद यादव भने घाइते भएका छन् । घाइते दुवैको सोही अस्प्तालमा उपचार भैरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्