×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अख्तियार र अदालतको गड्वडी हेर्ने निकाय खोई ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अख्तियार र अदालतको गड्वडी हेर्ने निकाय खोई ?

२१ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई सर्वोच्च अदालतमा हाजिर हुन म्याद तामेली गर्ने प्रयास दोस्रो दिन बिहीबारको घटना रोचक वन्यो ।
सूचना बोकेका सर्वोच्च अदालतका कर्मचारी आफैँ गायव भएपछि यसले आम जनतामा सन्देश के गयो ? तामेली वोकेक सर्वोच्चका कर्मचारी किन एकाएक सम्पर्कविहीन भए ? यो घटना नेपालको न्यायलयमाथिको मजाक हो ।
पत्र बोकेका सर्वोच्चका तामेलदार शम्भु खत्री सम्पर्कमा नआएपछि म्याद तामेली गर्ने विहिवारको प्रयास असफल भयो र शुक्रवार आज पनि त्यसलाई रोक्न सकिए कम्तीमा दशैंसम्म त्यो मुद्दा टर्ने छ ।
बुधबार म्याद तामेलीका लागि बानेश्वरको रोहिणीमार्गस्थित कार्की निवासमा पुगेका खत्री अन्तिममा घरधनी नभएको घरमा सुचना टाँस्न नमिल्ने भन्दै फर्किएका थिए ।
विहिवार अख्तियारमा नै सूचना टाँस्ने तयारी थियो । तामेलदार विहान सवा ११ वजे सम्म सम्पर्कमै थिए । आउँछु आउँछु भन्दै टार्दै गएका खत्रीले अन्तमा दिनभरीका लागि फोन स्वीच अफ गरे ।
सर्वोच्चले अख्तियार प्रमुख कार्कीको नियुक्ति विवादलाई फेरि सुनुवाइ गर्ने आदेश गरेअनुसार उनलाई हाजिर गराउन यो सूचना टाँस्न लागिएको हो ।
यो निर्णयको औपचारिक सूचना छल्न अख्तियार प्रमुख कार्की विदेश भ्रमणमा छन् । उनी दशैं तिहारपछि मात्रै फर्किने संभावना रहेको वताइएको छ । उनले सूचना छल्न खोजेपछि सर्वोच्चले घरमै सूचना टाँस्न तामेलदार खत्रीसहितको टोली खटाएको थियो ।
म्यादको पत्रमा निर्णयको जानकारी दिँदै मुद्दाका दुवै पक्षलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको हुन्छ । यस्तो सूचना गाविस वा वडाको प्रतिनिधिलाई साक्षी राखेर घरमा टाँस्नुपर्ने नियम छ ।
तर, तामेलदार नै सम्पर्कविहीन भएपछि अन्यौल देखिएको छ । यदि घर नभेटिएको भए सञ्चारमाध्यममा सूचना जारी गर्न सकिन्थ्यो ।
अहिले तामलेदार नै सम्पर्कविहीन भएकाले अर्को तामेलदारद्धारा सुचना टाँस्न लगाउने विकल्प सर्वोच्चसंग वाँकी छ । अख्तियारको मुल नेतृत्व र अदालतका कर्मचारी विचको यो गड्वडिको श्रृङ्खला लाई हेरेर वस्दा नेपालको न्यायलयमाथि विभिन्न प्रश्न र आसंकाहरु जन्मिन सक्छन् । त्यसैले अख्तियार र अदालतलाई ठिक स्थानमा ल्याउन व्यवस्थापिका संसदले भूमिका खोज्नुपर्ने पो हुनसक्छ कि ?
  • एसियन समाचार 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी