×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घर रंगाउन यी रङ्ग प्रयोग गर्दैहुनुहुन्छ भने होसियार !

अर्थ सरोकार

प्रकाशित मिति : १२ कार्तिक २०७३, शुक्रबार

PRIME CA

घर रंगाउन यी रङ्ग प्रयोग गर्दैहुनुहुन्छ भने होसियार !

  • अर्थ सरोकार सम्बाददाता 

चाडबाडका बेला घर रंगाउने चलन पूरानो हो । अझ तिहारकै मौका छोपेर घर रंगाउनेहरु पनि छन् । तिहारको बेला चटक्क परेको घर हेर्दा आनन्द त लाग्छ नै । तर चाडबाडका बेला घरमा खाने कुराको प्रयोग बढी हुने वा चहलपहल बढी हुने हुनाले घर रंगाउने नहुने विज्ञहरुको सुझाव छ ।    

जनस्वास्थ्य तथा वातावरण प्रबद्र्धन केन्द्र (सीफेड)ले गरेको एक अध्ययनकाअनुसार आकर्षक र रङ्ग चम्किलो देखाउन अधिकतम रूपमा लिड अर्थात सिसा राखिएका पेन्ट्सहरू बजारमा अधिक मात्रामा बिक्री भइरहेका छन्, जसले मानिसको स्वास्थ्यमा प्रतिकुल असर गर्ने गरेको छ ।
यी रङ्गहरुले गर्छन् बढी घाटा :
सीफेडका कार्यकारी निर्देशक रामचरित्र शाहले बताएअनुसार अहिले बजारमा केही कम्पनीका पेन्ट्समा सिसाको प्रयोग घटेपनि त्यो अझै बढी मात्रामा पाइएको छ । सीफेडले २१ कम्पनीका ४९ वटा नमूना परीक्षण गरिएकोमा बर्जर, एशिएन, कन्साई, पशुपति, नेरोल्याक, शालिमारलगायत पेन्ट्समा बढी सिसा भेटिएको हो । सन् २०१२ मा सीफेडले गरेको एक अध्ययनका क्रममा पेन्ट्समा ९० पीपीएम सिसा मात्र हुनुपर्नेमा एक लाख ३० हजारसम्म पीपीएम भेटिएको थियो भने त्यसको एक वर्ष अगाडि गरिएको अनुसन्धानका क्रममा अझ बढी अर्थात दुई लाख १२ हजारसम्म पीपीएम सिसा भएका पेन्ट्सहरू बजारमा खुला रूपमा बिक्री भएका थिए ।

रंग कम्पनीले यसरि गर्दैछन् जनास्वासथ्यमाथि खेलबाड :
नेपालमा मापदण्डको कमी भएका कारणले पनि पेन्ट्स उत्पादक कम्पनीहरूले मानिसको जीवनमाथिनै खेलवाड गर्दै सिसा मिसाउँदै आएका छन् । बहुराष्ट्रिय कम्पनीहरूले सिसाको प्रयोगलाई घटाउँदै लगेका छन् भने नेपाली कम्पनीहरूमा अझै पनि बढी रहेको सीफेडका कार्यकारी निर्देशक शाहले बताए ।

स्वास्थ्यमा यस्तो असर :
नेपालमा रंगहरुको आयात अत्याधिक हुने गरेको छ । नेपालमा आयात तथा उत्पादन भएका पेन्ट्समा सिसाका साथै पारो, आर्सनिक, क्याटोमियुक जस्ता घातक रसायनहरू मिसाइएको हुन्छ । जसले मानिसको स्वाथ्यमा प्रत्यक्ष असर पार्दछ । यसले शरीरमा सिसाको मात्रा बढ्दै जाँदा पाचन प्रणाली, मस्तिष्क, मेरुदण्ड र नसामासमेत गम्भीर असर पार्दछ । लिडले रक्तअल्पतासँगै मिर्गौलालाई पनि असर गर्छ । शरीरमा क्याल्सियम र आइरन कम हुँदा हाडमा जाने रगतमा रहेको सिसाले मृत्युसमेत गराउँछ । बालबच्चाको रगतमा १,५०० मिलीग्राम सिसा जम्मा हुँदा मृत्यु समेत हुन सक्छ । लिडले वयश्ककोसमेत रातो रक्तकोषिकालाई मार्दै जान्छ ।

यस्तो पनि असर गर्छ रङ्गमा भेटिने बढी सिसाले :
सिसाले बौद्धिक क्षमता, मानसिक क्षमतालाई कमजोर बनाउँछ भने आँखाको दृष्टि क्षमता पनि घटाउने, अनिन्द्रा हुने, छाडे रोग लाग्ने, अचेत हुने, मृगौलाले काम गर्न छाड्ने, बाँझोपन र नपुंसक हुने हुन्छ । एक अध्ययन अनुसार सिसा संसारकै प्रमुख ६ विषमध्ये पहिलो नम्बरमा पर्दछ ।यहि विषका कारण विश्वका १ दशमलव ८ देखि २ दशलव २ करोड मानिस प्रभावित रहेको विश्व स्वाथ्य संगठनको तथ्याङ्क रहेको छ ।
विदेशमा छ यस्तो मापदण्ड:
रंगका कति सिसा मिसाउन पाइनेभन्ने कुरालाई लिएर विभिन्न देशहरुमा आ-आफ्नै नियम तथा मापदण्ड छन् । कतिपय देशमा त बढी सिसा प्रयोग गरिएका रंगहरु ‘ब्याण्ड’ समेत भएका छन् ।  विश्वशक्ति राष्ट्र अमेरिकामा ९० पीपीयम सिसा मिसाउन सकिने मापदण्ड छ भने भारतमा एक हजार, श्रीलंकामा ६ सय पीपीएम रहेको छ । नेपाल र बंगलादेशमा यसको मापदण्डसमेत बनिसकेको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: