
- कृष्णा चौलागाई / अर्थ सरोकार डटकम
काठमाडौं – यस जिल्लामा व्यवसायिक सुन्तला खेती गर्दै आइरहेका किसान केही वर्ष यता सुन्तलाका बगान सुक्न थालेपछि किसानहरु चिन्तित हुन थालेका छन् ।आम्दानीको मुख्य स्रोतको रुपमा रहेको सुन्तलाको बगाननै सुक्दै जान थालेपछि जाजरकोट ढिमेका किसानहरु चिन्तित भएका हुन् । सुरुमा फल झर्नें, बोट पहेलो हुने र अन्ततः बोटै मर्ने समस्याले ढिमेका किसानहरुलाई सताएको हो । सुन्तलाको लागि पकेट क्षेत्रका रुपमा ढिमे, डाँडागाउँ, खलंगा, झाप्रा, लहँ, रग्दा, पुन्मा, कार्कीगाउँ, भुर, सीमा, थालारैकर, साल्मा, सुवानावली, मजकोट र गर्खाकोट रहेका छन् । यी नै क्षेत्रमा सुन्तलाका बोटहरु सुक्न थालेपछि आफुहरुको आम्दानीको स्रोत नै बन्द भएको स्थानिय किसानहरुको भनाई रहेको छ ।
अघिल्ला वर्षहरुमा सुन्तला खेतीबाट मनग्य आम्दानी गर्ने सफल भएका कृषकहरुको यस वर्ष बोट मर्दै जाँदा बगाननै सखाप हुँदा समेत कृषि संग सम्बन्धित कनै निकायले चासो नदिएको ढिमेका एक किसानले दुखेसो समेत पोखे । उनले भने, ‘मैले ६ वर्षअघि व्यवसायिक खेती गर्ने उद्देश्यका साथ डेढ सय सुन्तलाका विरुवा रोपेको थिए । फल्न लाग्न थालेको एक दुई पटक राम्रो आम्दानी पनि दियो तर रोग लाग्न थाले पनि सबै मरे, केही उपाय गर्दानी बचाउन सकिएन ।

एकवर्ष अघि जिल्ला कृषि विकास कार्यालयमा जानकारी गराउँदा जिंक सल्फेडको कमी भएकाले सुन्तला सुकेका हुन् भन्दै औषधि हाल्नु भनेर सल्लाह दिए । गाउँले सबै मिलेर औषधि पनि गरियो तर केही फरक परेन, सुन्तला सुक्दै गए । जिल्ला कृषि विकास कार्यालयबाट एक पटक आए त्यसपछि अहिलेसम्म उक्त कार्यालयबाट एकजना पनि प्राविधिक आएका छैनन् उनले भने ।
जिल्लाको चार सय ४९ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुदै आएको छ । भने चार सय ४९ हेक्टर क्षेत्रफल मध्ये एक सय ५० हेक्टर क्षेत्रफलमा कुल उत्पादन १५ सय २० मेट्रिकटन सुन्तला फल्ने गरेको जिल्ला कृषि विकास कार्यालय जाजरकोटका वागवाणी अधिकृत तेजबहादुर खनालले जानकारी दिए । गत आर्थिक वर्षमा किसानहरुले सुन्तला खेतीबाट ४० करोड बराबरको आम्दानी गर्न सफल भएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्