
- अर्थ सरोकार सम्बाददाता
गत आर्थिक वर्षमा पहाडी जिल्ला म्याग्दीबाट मात्र ४५ करोड बराबरको आलु निर्यात गरिएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा उत्पादित आलुमध्ये ११ हजार ७ सय ६१ मेट्रिक टन आलु जिल्ला बाहिर निर्यात गरिएको छ। यसबाट किसानले ४५ करोड बराबरको आम्दानी गरेको कार्यालयले जानकारी दिएको छ।
जिल्लाका विभिन्न गाविसमा उत्पादन भएको आलु कृषकहरुले पोखरा, काठमाडौं, कुश्मा, बागलुङलगायतका स्थानमा बिक्री गरेको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले जानकारी दिए। जिल्लामा हिउँदे र बर्खे गरि १ हजार ६ सय १५ हेक्टर क्षेत्रफला आलु खेती हुँदै आएको छ। जिल्लाभर वर्षभरीमा कुल १६ हजार ५ सय ७६ मेट्रिक टन आलु उत्पादन भएको थियो। त्यसमध्ये ४ हजार ८ सय १५ मेट्रिक टन आलु जिल्लाभित्र खपत भएको र बाँकी आलु जिल्लाबाहिर निर्यात गरिएको हो।
अघिल्लो वर्ष १ हजार ६ सय ५ हेक्टरमा गरिएको आलुखेतीबाट १५ हजार ९ सय मेट्रीक टन आलु उत्पादन भएकोमा यो वर्ष ०।६ प्रतिशतले उत्पादनमा बृद्धि भएको कार्यालयकी योजना अधिकृत ज्योती क्षेत्रीले जानकारी दिइन्। कृषकहरु ब्यवसायीक बन्नु, उन्नत जात, खेती प्रविधि आधुनिकीकरण, अनुदानका कार्यक्रम, बिउ आलु भण्डार गृह निर्माण, बजारको पहुँच बिस्तार, अन्य बालीको तुलनामा सजिलो र नगद आम्दानी हुने भएकाले आलु खेतीतर्फ कृषकको आकर्षण बढेसँगै उत्पादन बढ्दै गएको अधिकृत क्षेत्रीले बताइन्।
म्याग्दीको राम्चे, हिस्तान, शिख, घार, कुहुँ, कुईनेमंगले, पाखापानी, मल्कवाङ, गुर्जा, मुदी, मल्कवाङ, चिमखोला, पात्लेखेत, भकिम्ली लगायत ३३ गाविसमा ब्यवसायीक आलु खेती हुने गरेको छ। अन्य अन्नबालीको तुलनामा धेरै समय, जनशक्ति र मेहनत आवश्यक नपर्ने तथा बजारमा उच्च माग भएकाले म्याग्दीमा ब्यवसायीक आलु खेती गर्ने कृषकको संख्या बढेको हो। घरायसी उपभोग, आन्तरिक बजार, बिउ आलुका लागि म्याग्दी जिल्ला आत्मनिर्भर बनेको जिल्ला कृषि योजना अधिकृत क्षेत्रीले बताइन्। आलु खेतीको प्रर्वद्धनका लागि जिल्ला कृषि विकास कार्यालयले बिउ आलु आत्मनिर्भर कार्यक्रमका साथै सुरक्षित भण्डारणका लागि विभिन्न १० ठाउँमा शितभण्डार भवन निर्माण गरिएको कार्यालयले जनाएको छ। यसैगरी कृषकहरुलाई प्राविधिक तालिमका साथै अनुदानमा बियाँ र दाना बिउ आलु उपलब्ध गराउने गरिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्