×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सुचना प्रविधि क्षेत्रको विकासमा सरकारले जोड दिए आर्थिक क्रान्ति टाढा छैन’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ आश्विन २०७३, सोमबार

PRIME CA
laxmi sunrise bank

‘सुचना प्रविधि क्षेत्रको विकासमा सरकारले जोड दिए आर्थिक क्रान्ति टाढा छैन’

  • अर्थ सरोकार सम्बाददाता 

सुचना प्रविधिको यो युगमा विश्वले सुचना प्रविधिसँग सम्बन्धि धेरै कुराहरु विकास गरिरहेका बेला नेपालमापनि सुचना प्रविधिको विकास बढीरहेको छ । अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने सुचना प्रविधिको विकाससँगै एकातर्फ प्रविधिमा काम गर्नेहरुको माग उच्च छ भने अर्कोतर्फ पढाइ र गराईको खाडल ठूलो हुँदा कतिपय प्रविधिसँग सम्बन्धित विषय पढेकाहरुपनि बेरोजगार छन् । सरकारले जतिनै आर्थिक क्रान्तिको नारा फुकेपनि प्रविधि विज्ञहरु भने प्रविधि क्षेत्रलाई विकास नगरी आर्थिक क्रान्ति सम्भव नभएको तर्क गर्छन् । यसै क्रममा बिगत १५ बर्षदेखि सुचना प्रविधि क्षेत्रमा लागेका इन्जिनियर मनोज रोक्कासँग अर्थ सरोकार डटकमले ७ प्रश्न गरेको थियो  । हेरौं उक्त कुराकानीको सम्पादित अंश :

१. सुचना प्रविधि क्षेत्रमा सम्भावना कस्तो छ ?
सुचना प्रविधि क्षेत्रमा सम्भावना निकै राम्रो छ । यो क्षेत्रमा काम गर्न सक्ने जनशक्तिको अझै पनि कमी छ । राम्रो काम गर्न सक्ने दक्ष प्राविधिकलाई नेपालमा मात्र होइन विश्वभरनै सम्भावना छ । 
२. तर कतिपयले त प्राविधिक शिक्षा पढेर वा इन्जिनियरिङ सकेर पनि बेरोजगार बस्नु परेको छ भन्ने सुनिन्छ नि?
सुरुमा ‘फ्रेसर’ लाइ केहि गाह्रो पक्कै छ । यो सुचना प्रविधि क्षेत्रमा मात्र होइन, सबैतिर त्यस्तै हो । पढाइ र काम गराई बीचको खाल्डो ठूलो भएकाले यस्तो समस्या आउँछ । पाठ्यक्रममा सुधार्नुपर्ने धेरै पक्षहरु छन् । तर प्राविधिक शिक्षा पढेर वा इन्जिनियरिङ सकेर बेरोजगारनै बस्नु पर्नेचाहिं होइन । त्यसमाथि रोजगारी भनेको मानिसको क्षमतामा पनि निर्भर गर्छ । योग्यता भनेको त ढोकामात्र हो । ढोकाभित्र छिरेपछि कसरि अगाडी बढ्ने भन्ने कुरा आफ्नो क्षमतामा निर्भर गर्छ ।               
३. नेपालको सन्दर्भमा यो क्षेत्रका मुख्य समस्याहरु केके हुन् ?
नेपालको सन्दर्भमा त लोडसेडीङ नै हो मुख्य समस्या । आम नेपालीले भोगेको यो समस्याबाट नेपालमा प्रविधि क्षेत्रमा काम गर्नेहरु पनि अछुतो रहने कुरै भएन । लोडसेडीङका कारण समयमा काम नहुँदा धेरै अफ्ट्यारो परेको छ । इन्टरनेट एकदम ‘स्लो’ छ।  अरु देशको तुलनामा इन्टरनेट एकदम महँगो पनि छ ।
४. यो क्षेत्रमा काम गर्नेहरुको कमाइ कस्तो छ ?
कमाइ राम्रै छ । अझ विज्ञहरुले त निकै राम्रो पैसा कमाउँछन् । थोरै मात्र दु:ख गर्ने हो भनेपनि यो क्षेत्रमा पैसा कमाउन गाह्रो छैन । तर लगनशील भएर लाग्नुपर्छ । फ्रेसरहरुलाई केहि समस्या पर्छ नै । तर काम जानेपछि केहि समस्या हुँदैन ।
५. यो क्षेत्रमा लाग्नेहरुको भविष्य कस्तो छ ?
सुचना प्रविधिको क्षेत्रमा काम गर्नेहरुको भविष्य म त निकै राम्रो देख्छु । देशविदेशमा सुचना प्रविधिमा काम गर्ने दक्ष प्राविधिकहरुको ठुलो माग छ ।
६. यो क्षेत्रमा त घरमै बसी बसी पनि लाखौँ कमाउन सकिन्छ भन्ने कुरा कतिसम्म साँचो हो ?
सोर्है आना साँचो हो । काम गर्न सक्ने दक्ष प्राविधिकले घरमै बसेर लाखौँ कमाउन सक्छ । यो एउटामात्र यस्तो क्षेत्र हो जसमा घरमै बसेर पनि काम गर्न सकिन्छ ।  त्यो पनिस संसारका कुनै पनि कुनाका कामहरु ।  

७. सरकारले यो क्षेत्रमा के गर्नुपर्छ जस्तो लाग्छ ?
सरकारले आर्थिक क्रान्तिको कुरा गरीरहेको छ । सुचना प्रविधिको विकास बिना आर्थिक क्रान्ति सम्भव छैन । आर्थिक क्रान्ति गर्न पहिला सुचना प्रविधिमा लगानी बढाईनुपर्छ । अहिले पनि दक्ष प्राविधिकहरुको कमी छ देशमा । सरकारले यसतर्फ ध्यान दिनु जरुरी छ । प्राविधिक शिक्षाका पाठयक्रममा समय अनुसारको परिमार्जन गर्न आवश्यक छ ।      
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: