Skip to content
LAXMI SUNRISE BANK

दिल्लीबाट नेपाल हेर्ने ८१ बिदेशी मिसन

अर्थ सरोकार

नेपालले २९ मुलुकमा दूतावास, पाँच स्थानमा महावाणिज्य दूतावास र तीन स्थानमा संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधि कार्यालय सञ्चालन गरिरहेको छ । काठमाडौंमा विभिन्न मुलुकका २७ दूतावास सञ्चालनमा छन् भने वीरगन्जमा भारतको महावाणिज्य दूतावास छ ।
८१ मुलुकले गैरआवासीय रूपमा नेपालसँग कूटनीतिक सम्बन्ध सञ्चालन गरिरहेका छन् । यीमध्ये अधिकांश भारतको नयाँदिल्लीबाट र केही म्यानमारको पुरानो राजधानी रंगुनबाट सञ्चालित रहेको छ । अाजको नयाँ पत्रिकामा खबर छ ।
एक सय ४३ मुलुकसँग नेपालको दुईपक्षीय कूटनीतिक सम्बन्ध छ । सार्कमा भुटान, अफगानिस्तान र माल्दिभ्समा नेपाली दूतावास छैनन्, ती मुलुकले पनि दिल्लीस्थित दूतावासहरूबाट नेपालसँग कूटनीतिक सम्बन्ध सञ्चालन गरिरहेका छन् ।
दल्लीबाट नेपाल मामिला हेर्ने देशहरू
अफगानिस्तान, अल्बानिया, अल्जेरिया, अर्जेन्टिना, अर्मेनिया, अस्ट्रिया, अजरबैजान, बहराइन, बेलारुस, बेल्जियम, भुटान, बोलिभिया, बोस्निया एन्ड हर्जगोभिना, ब्रुनाई दारुसलाम, बुल्गेरिया, कम्बोडिया, क्यानडा, चिली, कोलम्बिया, क्रोटेरिया, क्युवा, साइप्रस, क्रिच रिपब्लिक, इथियोपिया, फिजी, गाबोन, ग्रिस, गुयाना, हंगेरी, आइसल्यान्ड, इन्डोनेसिया, इरान, इराक, आयरल्यान्ड, इटली, जोर्डन, केन्या, कुवेत, जनगणतन्त्र लाओस, लेबनान, लेसोथो, लिबिया, लिथुआनिया, माल्दिभ्स, माली, माल्टा, मोरिसस, मेक्सिको, माल्डोभा, मंगोलिया, मोरक्को, मोजाम्बिक, नेदरल्यान्ड, न्युजिल्यान्ड, निकारागुआ, नाइजेरिया, ओमान, पनामा, पेरू, फिलिपिन्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, सर्बिया, सिंगापुर, स्लोभाकिया, स्लोभेनिया, सोमालिया, दक्षिण अफ्रिका, स्पेन, सुडान, स्विडेन, सिरिया, ट्युनिसिया, टर्की, युक्रेन, भेनेजुएला, भियतनाम, यमन, जाम्बिया, जिम्बाबे ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK