
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अघिल्लो वर्ष दशैंको मुखमा भारतले नेपालीलाई दिएको कहर विर्सन नपाँउदै भारतले पुन आफ्नो मिचाहा प्रवृत्ति देखाएको छ । त्यो पनि दशैंको मुख पारेर ।
सुनौली नाका हुँदै नेपाल भित्रिन लागेका औद्योगिक र व्यापारिक मालवाहक गाडीलाई भारतीय जनपथ प्रहरीले अवरोध पुर्याउन थालेका छन् । सिमानादेखि करिब १५ किलोमिटर पर सडकमा तैनाथ भारतीय प्रहरीले नेपाल आउने गाडीलाई सहज रूपमा आउन नदिएर रोक्दै लाइनमा लगाउन थालेका हुन् ।
मालवाहक गाडीलाई १५ किमि दूरी पार गर्न ५ दिनसम्म लाग्न थालेको छ । केही दिनअघि सीमावर्ती नेपालको बेलहियामा आयोजित दुई देशका सीमावर्ती उच्च सुरक्षा अधिकारीसहितको बैठकमा नेपाली पक्षले यस बारेमा कुरा राख्दा भारत महाराजगन्ज जिल्लाका जिल्लाधिकारी ९डीएम० बिरेनकुमार सिंहले यो समस्यालाई आफूले गम्भीरतापूर्वक लिएको बताएका थिए । तर, समस्या समाधान हुन सकेको छैन ।
‘चालकले भारतीय प्रहरीलाई पैसा दिएमा गाडी चाँडो आउँछ नत्र एक सातासम्म पालो पाउँदैन,’ भैरहवा भन्सार क्लियरिङ एजेन्ट संघका पूर्वअध्यक्ष तथा थैव क्लियरिङ एजेन्टका सञ्चालक प्राचिन थैवले भने, ‘गाडीवालाले ५ सयदेखि १ हजार भारुका दरले पैसा दिँदै आउनुपर्ने बाध्यता छ ।’
भारतीय पुलिसले यस्तै अवरोध भारतको नाकाबन्दी र नेपालको मधेस आन्दोलनको बेलामा गरेका थिए । त्यसबेला दैनिक १ सय गाडी मात्र नेपाल आउने कोटा छुट्याएर उनीहरूले पैसा असुलेको व्यवसायीको आरोप छ ।
गाडी चालकका अनुसार सिमानादेखि १५ किमि पर सम्पत्तियादेखि नेपाल आउने गाडीलाई भारतीय प्रहरीले रोक्ने गरेका छन् । सम्पत्तिया, नौतनवाको वाइपास, कोतवाली थाना, सुनौलीको ट्याम्पो स्ट्यान्ड र बसपार्कमा तैनाथ प्रहरीले रोक्ने गरेका हुन् । चाँडो आउन खोज्नेले प्रत्येक ठाउँमा ५ सयदेखि १ हजार भारुसम्म दिनुपर्ने नत्र धेरै दिनसम्म लाइनमा बस्नुपर्छ ।
‘भारतीय प्रहरीको यो अवरोधले सुनौली नाकाबाट आउने गाडीले रुट परिवर्तन गरी अन्य नाकाको प्रयोग गर्न थालेका छन्,’ थैवले भने, ‘सुनौली नाकाबाट आउँदा लागत बढ्ने भएकाले आयातकर्ताले अरू नाकाको खोजी गर्न थालेका छन् ।’ उनका अनुसार प्रहरीको पैसा असुली खर्चबाहेक धेरै दिनसम्म गाडी रोकिनाले गाडीलाई विलम्ब शुल्क ९डिटेन्सन चार्ज० तिर्नुपर्दा लागत बढ्ने गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्