
- अर्थ सरोकार सम्बाददाता
अझ नेपाली कांग्रेसको सरकार रहेकै वेला २०४८ साल देखी चार तरिकावाट सुरु गरिएको निजीकरण प्रकृया उही पार्टी कै उध्योग मन्त्रीको निर्णयले अव संकटमा पर्ने हो कि पनि भन्न थालिएको छ ।निजिकरणकै बिषयमा तत्कालिन अर्थमन्त्री रामशरण महतले लिएको अडान र वर्तमान उध्योग मन्त्री नविन्द्रराज जोशीले गरेको निर्णयले नेपाली कांग्रेस पनि यस मामलामा अन्यौलमा छ कि भन्नै पर्दछ ।
यस अघी चितवन डेरी उध्योग सन्चालनको लागि राज्यले २ अर्व रुपैयाँ विनियोजन गर्न आग्रह गर्दा महतकै लिटोका कारण उध्योग पुन सन्चालनमा आउन सकेको थिएन । त्यती बेला महतले भनेका थिए ( उध्योग निजी क्षेत्रले चलाऊने हो तिनमा राज्यको कुनै भूमिका हुँदैन । तर उनै महतको राजनीतिक पार्टिका नेता जोशीले भने त्यसको विपरित त्यस्तै रुग्ण अवस्थामा रहेको उधोग सन्चालनमा राज्यको लगानिलाई प्रश्रय दिए । यही मात्रै होइन अब छिट्टै हेटौंडा कपडा उधोग लगायतका उधोग राज्यले भलार्ने प्रकृयामा मन्त्री जोशी लागेका छन् ।
नेपालमा अत्यन्तै प्रचलनमा रहेका सिटामोल र सलाइन आदी उत्पादन गर्ने औषधी उधोग सन्चालनमा रहेको सिटामोलले लादीएको एकाधिकारको अन्त्य हुनेछ । यो आँफैमा सुखद पक्ष हो । तर यस्तै एकाधिकारको अन्त्य गरेर वार्षिक २ अर्व भन्दा वढीको दुध र दुध जन्य पदार्थ आयात प्रतिस्थापन गर्ने र देसमा वढिरहेको मिल्क होलीड अन्त्य गरेर दुधमा स्वावलम्वी वनाउने आयोजना मा राज्यको ध्यान नजानु भने आँफैमा दुर्भाग्य पूर्ण मान्नै पर्छ ।
उधोग मन्त्री जोशीले औषधी उधोगलाई अनुदान उपलव्ध गराएर सन्चालन प्रकृयामा लागेसंगै रुग्ण भएका थुप्रै उधोगले यस्तै अनुदानको अपेक्षा गर्नु स्वाभाविक हो । संगसंगै नेपाली कांग्रेसको नेताको रुपमा देशलाई औधोगिकरणमा राज्यको भूमिका आवश्यक छ भन्ने सन्देस पनि यो हो यसले डा महतको मिसनमा त पक्कै अवरोध श्रीजना गर्छ । तर महतकै कोपभाजनमा पारेर वन्द गराइएका भुकुटीकागज ,कारखाना ,अस्तित्वनै नामेट भएको बाँसवारी छाला जुत्ता उधोग , सेयर बेचिएका नेपाल ल्युव ,बालाजु कपडा उधोगले पनि जोशिको तुइन समयएर गाड पार गर्ने सपना देख्न सक्छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्