
ब्रिक्स सम्मेलनका अवसरमा भारतको गोवामा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिन पिङबीच त्रिपक्षीय भेटवार्ता गरी त्रिदेशीय साझेदारीमा सहमति जनाएका छन् ।
ब्रिक्स र बिम्स्टेक विस्तारित सम्मेलनका अवसरमा शनिबार राति तीन देशका कार्यकारी प्रमुखबीच भएको सो भेटमा चिनियाँ राष्ट्रपति सि र भारतीय प्रधानमन्त्री मोदीले नेपालले प्रस्ताव गरेको त्रिदेशीय साझेदारीको प्रस्तावमा सकारात्मक रहेको जानकारी दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
पूर्वनिर्धारित कार्यतालिकाबिना नै तीन देशका कार्यकारी प्रमुखबीच आपसी हित र त्रिपक्षीय चासोबारे अनौपचारिक कुराकानी भएको थियो । प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सिबीच २० मिनेट ‘वान टु वान’ वार्तापछि उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटवार्तामा प्रधानमन्त्री दाहालले आफूले अघिल्लो कार्यकालमै नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक साझेदारीको आवश्यकतामा जोड दिएकोबारे बैठकमा स्मरण गराएका थिए। नेपाल, भारत र चीनबीच रणनीतिक साझेदारी आवश्यक रहेको विषयमा मैले स्मरण गराएँ, प्रधानमन्त्री दाहालले भने, हामी विशाल छिमेकी भारत र चीनको बीचमा छौँ, हामी दुई देशबीच डाइनामिक ब्रिज बनेर लाभ उठाउन चाहन्छौं । मैले भेटमा रणनीतिक साझेदारीबारेको विषय महत्व दिएर राखेँ, भारतका प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिले रणनीतिक साझेदारीबारे नेपालले राखेको प्रस्ताव महत्वपूर्ण छ, हामी यसमा सहमत छौं भन्नुभयो।
भेटमा प्रधानमन्त्री दाहालले गौतम बुद्ध, पशुपतिनाथ र जानकीले नेपाल, भारत र चीनलाई जोडेको स्मरण गराउँदै आधुनिक इतिहासमा नेपालले भारत र चीनबीच सुमधुर सम्बन्ध बनाउन पुलको काम गर्न सक्ने बताए।
प्रधानमन्त्रीले नेपालले आफ्नै मौलिक आयामसहित विकासको लक्ष्य पछ्याइरहेको छ भन्दै त्यसका लागि दुवै छिमेकीसँग सन्तुलित, मैत्रीपूर्ण र रणनीतिक सम्बन्ध स्थापित गर्न चाहेको बताए।
भेटका अवसरमा चिनियाँ राष्ट्रपति सिले देशको भूगोल सानो र ठूलो हुनाले निर्णायक अर्थ राख्दैन भन्दै नेपालले भारत र चीनबीच पुलको काम गर्नसक्ने बताए। सिले चीन र भारतबीचको सम्बन्ध समदूरीमा राख्न नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा तीन देशको सम्बन्ध थप मजबूत हुने विश्वास व्यक्त गरे।
त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपति सिको गाउँका दार्शनिक हान सुयान आफ्नो गाउँ गुजरात आएर चीनको ऐतिहासिक विशेषताको प्रचार गरेको तथा चीन फर्केपछि गुजरातको संस्कृति र रहनसहनबारे चीनमा प्रचार गरेको स्मरण गराउँदै नेपाल, भारत र चीनबीच भौगोलिक, भावनात्मक र सांस्कृतिक मित्रता रहेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्