- रोहन शर्मा
कर तिरौं !
नाम नै “कर” तिर्न करनै लाग्छ, नतिरी सुखै छैन !
सेयर बजारमा लगानीबाट भएको आम्दानीमा ब्याक्तिगत ५% र सँस्थागत १०% लाभकर कट्टा भई सरकारको खातामा जान्छ । अन्य क्षेत्रमा जस्तो सेयर बजारबाट उठाईने कर त्यती ब्यवस्थित हुन सकेको छैन ।
सेयरमा कर तिर्ने आधार भनेको बिक्रीकर्ताले ब्रोकरलाई उपलब्ध गराएको कारोबार नम्बर र खरिद मुल्यनै हो । यसलाईनै आधार मानेर कर निर्धारण हुन्छ । यसो हेर्दा अर्बौको कारोबार हुने सेयर बजारमा कर तिर्न मन लागे तिर, मन नलागे नतिर भनेर छोडिदिएको जस्तो देखिन्छ ।
खरिद र बिक्री एउटै ब्रोकरबाट भएको अवस्थामा यो समस्या नआएता पनि दुई फरक ब्रोकरबाट खरिद र बिक्री हुने अवस्थामा भने समस्या आउने हुन्छ। कतिपय लगानिकर्ताले कर छल्न आफुले बिक्री गरेको सेयरको महँगोमा किनेको कारोबार नं दिने, बोनस वा राईट भनेर जानकारी दिने गरेको पाईन्छ ।
कर छली ठुलो अपराध
कतिपय मुलुकहरुमा कर छलीलाई ठुलो अपराधको रुपमा लिईन्छ जसमा मृत्युदण्ड सम्मको सजायँ हुने गरेको पाईन्छ । हुन त जनताबाट कर लिए बापत राज्यले सेवा र सुबिधा पनि दिने गर्दछन् ।
कर छली गर्नेले मैले कर छाली गरेर दिन प्रतिदिन म धनी बन्दै गएको छुँ भन्ने सोच्छ तर बास्तबिक रुपमा उ भित्र भित्रै खोक्रो हुँदै गएको हुन्छ । यदी कुनै दिन उसले छलेको कर राज्यले फेला पार्यो भने त्यसको सावाँ र ब्याज तिर्न उसको सम्पुर्ण सम्पतीले पनि पुग्दैन । राज्यसँग कसैको केहि लाग्दैन । जुन कुरालाई चाणक्यले पनि आफ्नो नितीमा उल्लेख गरेका छन् ।
तसर्थ आफै पुरिने खाल्टो खन्ने काम नगरौं । स्पष्ट कारोबार गरौं । राज्यलाई आफुले गरेको आयमा कर तिरौं। देश सँधै सँक्रमणकालमा रहँदैन। सरकारको निती नियम कुनै पनि बेला परिवर्तन हुनसक्छ ।
दैनिक अर्ब बढी कारोबार हुन थाकेको सेयर बजारको कर असुली प्रकृयालाई अझै बढी प्रभावकारी बनाउन अहिलेको प्रकृयालाई हटाई कारोबार कर लगाउँदा राज्य र लगानिकर्ता दुबैको लागी उपयुक्त देखिन्छ । सम्बन्धित निकायको ध्यान जाओस् ।