×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘मजबुतिको भ्रम’ फैल्याउँदै स्ट्याण्डर्ड चाटर्ड बैंक !

नेपालको अर्थतन्त्र कमजोर भएपनि यहाँको बैंकिङ क्षेत्र निकै सुदृढ मानिन्छ । त्यसैले पनि बैंकिङ क्षेत्रबाट मुलुकले ठूलै भूमिका तथा योगदानको अपेक्षा गरेको छ । नेपालमा हाल २८ वटा वाणिज्य बैंक, ६५ वटा विकास बैंक, तीन दर्जनभन्दा बढी लघुवित्त संस्था र त्यतिनै संख्यामा वित्त कम्पनीहरु छन् । नेपाल राष्ट्र बैंकले यी बैंक तथा वित्तीय संस्थालाई मुलुकको विकासमा सहभागी गराउन विभिन्न नीतिहरु ल्याइरहेको छ । स्वदेशी पुँजीमा संचालित बैंकहरुले त राष्ट्र बैंकको योजना ढिलो–चाँडो पालना गरिरहेका छन् । तर विदेशी लगानीमा संचालित केही बैंकले भने राष्ट्र बैंकलाई समेत अटेर गर्ने गरेको देखिन्छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंकको वास्तविकता
अहिले कुरा गरौँ, स्ट्याण्डर्ड चाटर्ड बैंकबाट । यो बैंकको नाम स्ट्याण्डर्ड भएपनि नेपालको विकासमा यसको भूमिका एकदमै कमजोर र फिक्काप्राय छ । व्यवसायीक उद्देश्यले संचालित हरेक संस्थाले फाइदामूलक काम गर्नु अस्वभाविक होइन । तर फाइदासंगै मुलुकको विकासमा योगदान पनि हुनु जरुरी छ । स्ट्याण्डर्ड चाटर्ड बैंकको अधिकांश लगानी व्यापारमै छ । त्यो पनि बैंकलाई फाइदा हुने क्षेत्रमा ।
चुक्ता पुँजीमा कमजोर
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मतबुतिका लागि वाणिज्य बैंकहरुको चुक्ता पुँजी ८ अर्ब पुर्याउने नीति ल्याउँदा सबैभन्दा पहिला आपत्ति जनाउने बैंक पनि स्ट्याण्डर्ड चाटर्ड बैंक नै हो । बहुराष्ट्रिय कम्पनी स्ट्यान्डर्ड चाटर्ड समूहको लगानी रहेको स्ट्यान्डर्ड चाटर्ड बैंकको चुक्ता पुँजी ०७३ असार मसान्तसम्ममा दुई अर्ब ८१ करोड २४ लाख २६ हजार रुपैयाँ देखिन्छ । 
मौद्रिक नीतिको व्यवस्थाअनुसार अबको ९ महिनामा यो बैंकले ८ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्नेछ । तर स्ट्याण्डर्ड चाटर्ड बैंकले अहिलेसम्म ठोस रुपमा पुँजी वृद्धिको योजना पेस नगरेको र कुनै संस्थालाई मर्जर वा एक्वायर गर्नेतर्फ ध्यान नदिएको बुझिएको छ । बरु राष्ट्र बैंकलाई चुक्ता पुँजी सम्बन्धी व्यवस्थामा उदार बन्न दबाब दिन स्ट्यान्डर्ड चाटर्डले बैंक अर्थ मन्त्रालय गुहार्न भ्याएको श्रोतको दाबी छ । यसर्थ यस बैंकले राष्ट्र बैंकलाई समेत अटेर गरिरहेको छ । राष्ट्र बैंक श्रोतका अनुसार चुक्ता पुँजी पुर्याउने विषयमा कुनै ठोस योजना नल्याएपछि केही हप्ताअघि राष्ट्र बैकले स्ट्याण्डर्ड चाटर्ड बैंकलाई कारबाही गर्ने चेतावनी समेत दिएको थियो ।

उत्पादनमूलक क्षेत्रमा न्युन लगानी
उत्पादनमूलक क्षेत्रमा सबै बैंक तथा वित्तीय संस्थाले क्रमशः लगानी बढाउँदै लगेका छन् । तर यो बैंक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने विषयमा निकै अनुदार देखिन्छ । अन्य वाणिज्य बैंकको तुलनामा यस बैंकले उत्पादनमूलक क्षेत्रमा निकै कम लगानी गरेको छ । त्यस्तै हाइड्रोमा सबैभन्दा कम लगानी भएको बैंक पनि स्ट्यान्डर्ड चाटर्ड बैंक नै हो ।
मजुबुतिको भ्रम
सबै त नभनौँ, विदेशी लगानीमा संचालित केही बैंकहरु नेपालको विकासमा खासै गम्भीर देखिदैनन् । ती बैंकहरु फाइदाका लागि मात्रै संचालित देखिन्छन् । स्ट्याण्डर्ड चाटर्ड बैंक बाहिरी रुपमा जति मजबुत र बलियो देखिन्छ, लगानी र मुलुक विकासमा योगदानका हिसाबले त्यतिनै कमजोर र कम भूमिकामा छ । त्यसैले पनि यस बैंकले मजबुतिको भ्रम फैल्याउँदैछ भन्दा अतिशयुक्ति नहोला ।

विपन्नमा लगानी गर्न आलटाल
राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको व्यवस्थाअनुरुप विपन्न वर्गमा सिधै २ प्रतिशत प्रत्यक्ष लगानी गर्ने विषयमा स्वदेशी लगानीमा संचालित बैंकहरु त्यति धेरै नकारात्मक देखिदैनन् । ती बैंकका सीइओहरु क्रमशः लगानी बढाउँदै लैजाने कुरामा सकारात्मक नै देखिन्छन् तर स्ट्याण्डर्ड चाटर्ड बैंकसहितका केही बैंकले भने मौद्रिक नीतिको सो व्यवस्थालाई ठाडै अस्वीकार गरेका थिए । यसले पनि यो बैंक नेपालको ग्रामिण विकासमा उदार छैन भन्ने पुष्टि गर्छ ।
  • बैंकिङ खबर  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: