×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल निर्माणका निम्ति अन्तिम १० विकल्प…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल निर्माणका निम्ति अन्तिम १० विकल्प…!

Artha Sarokar

४ मंसिर २०७३, शनिबार

पढ्न लाग्ने समय: १० मिनेटभन्दा कम


  • भुवन रोका 

के तपाई संमृद्द नेपाल बनाउने अभियानमा जुट्नुहुन्छ ? के तपाईले आ-आफ्नो क्षेत्रबाट जानेको सिप, दक्षता क्षमताको लगानी गर्न चाहनुहुन्छ ? के तपाई राष्ट्र निर्माणमा आबस्यक पर्यो भने आफ्नो गाँउमा कुटो, कोदालो र हलो चलाउनुहुन्छ? आदि । यीबाहेक यस्ता लाखौ प्रश्नहरु छन्, जुन आम जनतालाई सोध्ने हो भने एकछिन सोचेर भावुक हुदै सम्बृद्द नेपाल निर्माणमा सिंगो जिवन दिन तयार रहने उत्तर आउँछ । संमृद्द नेपाल निर्माणको निम्ति आफ्नो सम्पुर्ण जिवन दिन तयार यसकारण मात्र छन्की आफ्ना सन्ततिहरुले संमृद्द नेपालका नागरिक भएर बाच्न पाउन् । तर आम जनताले यी प्रश्न गर्ने ब्यक्तिलाईनै ‘तपाई संमृद्द नेपाल कसरी बनाउनुहुन्छ? योजनाहरु के के छन् ? कहाँहाट सुरु गर्नुहुन्छ ? हाम्रो सिप र क्षमताको कसरी उपयोग गर्नुहुन्छ?’ जस्ता प्रश्नहरु तेर्स्याईदिएको अवस्थामा जिल्ल हुनुको विकल्प छैन । 


सम्पूर्ण पाली आ-आफ्नो ठाउबाट योगदान गर्न तयार हुँदापनि किन बिकास नभएको नेपालको ? हामीसँग  बिकास गर्ने केही विकल्पहरु नभएकै हो त ? हो हामी धेरै ठाउमा बिकल्प बिहीन भएर बाँचीरहेका छौँ । लाचार अनि अशक्त प्राणी जस्तो टुलुटुलु हेर्नुको बिकल्प छैन्। ईतिहासको हरेक कालखण्डमा राजनितीक अभ्यास र राजनैतिक परिबर्तनलाई अन्तिम बिकल्पको रुपमा प्रयोग गरिएको पाईन्छ। तर राष्ट्र निर्माणको सवाललाई कसैले पनि बिकल्पको रुपमा सोचेको पाईदैन्।

के राजनैतिक पार्टीहरु राष्ट्रप्रति उत्तरदायी नभएकानै हुन् त ? के बर्तमान नेताहरुले राजनैतिक स्थिरता क़ायम गर्न सक्छन् त ? के हामी असफल राष्ट्रका नागरीक बन्न लागेका छौ त ?  के अव हामी सधै अविसकित राष्ट्रको नागरिक भएर बस्नु पर्ने हो त ? यस्ता हजारौ लाखौ प्रश्न हुन्छन् हरेक नेपालीको मनमा । हामी २/४ जना भेट हुदा देश बिकासको बिषयमा चिन्ता अनि बहस गर्छौ। फेरी पनि देश उस्तै छ। कुराभन्दा पनि अब सबैले आ-आफ्नो क्षेत्रबाट गर्न सक्ने कार्यहरु गरौ ।

हामीले जति नै संमृद्दिका कुरा गरी जिम्मेवार भएर कार्य गरेपनि राजनितीक स्थिरता नभई बिकास संभव नहुने कुरा स्पष्ट छ । हरेक क्षेत्रहरु राजनिती सग प्रत्यक्ष सरोकार राख्ने भएको हुनाले पनि राजनितीक स्थिरता आबस्यक छ। कृषि, पर्यटन, जल-बिधुत, उध्योग, कल कारख़ाना, यातायात, स्वास्थ्य, शिक्षा तगाएत अन्य क्षेत्रको बिकासले नै समृद्दीको ढोका खेल्ने हो तर राजनितीक स्थिरता हुने कुनै ठोस पहल कदमीहरु भएको देखिदैन । त्यसैले यी क्षेत्रको बिकास हुने सम्भावना कम छ । यसर्थ देश पछि परिरहेको छ । के हामी सग समग्र क्षेत्रको बिकासको निम्ति राजनैतिक  स्थिरता र बिकासका आधारको निम्ति बिकल्पहरु छैनन् त?

पक्कै छन् । अब यो बिकल्पबीहिन अबस्थामा जिम्मेवार नागरीकहरु मिलेर बिकास भन्दा पनि बिकासका आधारहरु खोज्नुको बिकल्प छैन् । केही सार्है सरल र जनताको तहबाट गर्न सकिने कार्यहरु पनि छन् जसले बिकासको निम्ती आधार तयार गर्दछ। त्योभन्दा ज़िम्मेवार पदमा बसेकाहरुले कर्तव्यको पालना गर्ने हो भने झनै सजिलो हुन्छ । 


आउनोस् सबैले बिकल्पहरु खोजौँ:-

१. वाद र ब्यबस्थाहरुलाई एकछिन गोजीमा राखौँ:
नेपालमा धेरै राजनैतिक परिबर्तनहरु भए । राणा शासन, पजातन्त्र २००७, पंन्चायती व्यवस्था, प्रजातन्त्र २०४६, लोकतन्त्र अनि गणतन्त्र तर कुनैपनि राजनैतिक व्यवस्थाहरुले देश बिकासको कार्यमा गति दिन सकेनन् । हरेक व्यवस्थाहरुले आ-आफ्नो वादहरु लागु गर्न खोजे, फरक राजनैतिक दलहरुले फरकफरक वादहरु अंगालेका छन् । सबैका बादहरु केबल कुर्सीसम्म पुग्ने झटारो मात्र बनेको छ । त्यसैले सबै नेपालीहरुले केही बर्ष राजनैतिक व्यवस्था र वादहरुलाई बिर्सिएर सिंगो देश बिकासमा बिचार केन्द्रित गर्नुपर्ने बाहेक अन्य बिकल्प छैन् । परापूर्व कालमा बिकास भएका बादहरुले आधुनिक नेपाल बन्दैन । नेपालको माटोमा सुहाउने बिकासका सिद्धान्तहरु लागु गरी आधुनिक बादको निर्माण गरी विश्वलाई उदारण दिन सक्छौ । अहिलेका नेपालका पार्टीहरुले जुन बादको नाममा राजनिती गरेका भएपनि पार्टीलेनै त्यसको पूर्ण पालना गर्न नसकेको अवस्थामा त्यहि बादको प्रयोगले देश बिकास गर्छु भन्नु र आकासमा आलु फलाउछु भन्नु उस्तै उस्तै हो । अब नेपालवाद र नेपालीतन्त्रले मात्र संमृद्द नेपालको निर्माण गर्नेछ।

२. एक मुद्दा: संमृद्ध नेपाल बनाऔँ:
अब हरेक पार्टीभित्र बहस हुनु जरुरी छ के र कसका लागी राजनिती गर्ने भन्ने कुराको । राजनिती साच्चै राष्ट्र र जनताको लागिनै गरिएको हो भने सबै पार्टीहरुमा राष्ट्र निर्माणको निम्ती हरेक जिम्मेवार नेता तथा कार्यकर्ताहरुले आफ्ना धारणाहरु स्पष्ट राख्नु पर्दछ। त्यसपछि मात्र थाहा हुन्छ कि पार्टी राष्ट्रिय हितको निम्ती कति जिम्मेवार छ भन्ने कुरा । यदि कुनै पार्टिले राष्ट्र निर्माणको निम्ती बहस र छलफल गरी खाका पनि बनाउन सक्दैन भने उक्त पार्टीका नेता तथा कार्यकर्ताहरुले पार्टी बिघटन वा परित्याग गर्नुको विकल्प छैन् किनकी अबपनि जनतालाई झुक्याएर धेरै समय राजनिती गर्छु भन्ने कसैले पनि नसोचे हुन्छ । अब सबै पार्टीहरुले संमृद्ध नेपाल निर्माणको निम्ती प्रतिस्पर्धा गर्नु पर्छ। ईतिहास देखि पटक पटक राजनैतिक परिबर्तनमा केन्द्रित नेपालका दलहरु र संमृद्दिको आसै आसमा बसेका नेपाली जनाहरुले अब कुनै राजनैतिक परिबर्तन हेर्न बाकी छैन होला र चाहदैनन् पनि । अब सबै दलहरु एक ठाउमा बसेर संमृद्द नेपालको निम्ती उत्कृष्ट र सरल नमुना प्रस्तुत गर्दै राजनिती गर्ने संस्कार बिकास गरौं ।

३. राष्ट्रिय एकता कायम गरौँ:

यहाँ हरेक पार्टीका कार्यकर्ताहरु देश बिकास हुनुपर्छ तर अर्को पार्टिले गर्न दिएन वा गरेन भन्नेहरु धेरै छन् । साच्चै राष्ट्र निर्माण गर्ने हो भने संमृद्ध नेपाल निर्माणको एउटा मुद्दामा सहकार्य मात्र होईन एकता हुनुको बिकल्प छैन्। तीन करोड जनसंख्या भएको देश यति धेरै बिभाजीत छ कि यसरी नै राष्ट्र बिना लक्ष्य अगाडी बड्ने हो भने धेरैको अस्तित्व हराउने निश्चित छ। दलिय, जातिय, भौगोलिक, लैंगिक, भाषिक, सांस्कृतिक आदी सबै कुराहरुको एकता हुनुको बिकल्प छैन्। यो बिबिधता हुनु सकारात्मक पक्ष हो, यसले हाम्रो परिचयलाई फराकिलो बनाउछ यदी यो बिबिधता बिच एकता हुन सक्यो भने तर यहि बिबिधता बिध्वंस पनि बन्न सक्छ यदि एक अर्कामा सम्मान गर्ने संस्कारको बिकास गर्न सकिएन भने । हामी विचारले जुन पार्टीमा भएपनि समृद्ध नेपाल निर्माण गर्ने सवालमा बहस र छलफल गरी उत्कृष्ट पार्टीको समर्थनमा एकता हुनु आजको आबस्यक्ता हो । हाम्रो परिचय ‘नेपाली’ बाहेक अरु केही नहोस्।

४. सिमानामा पर्खाल लगाऔँ:

हामी त्यति आत्मनिर्भर भईसकेका छैनौ कि छिमेकी राष्टहरुलाई गाली गरेर राष्ट्रीयता देखाउन सुहाओस्। हामीले हाम्रो सिमानाको रक्षा गर्नु पर्दछ। कम्तिमा राष्ट्रियताको सवालमा हामी आत्मनिर्भर हुनुको बिकल्प छैन्। बिकास गर्न देश चाहिन्छ, देश हुन सिमाना चाहीन्छ, सिमानाको लागी आफ्नो जमिनमा पर्खाल लगाउनुपर्छ। हामी त बिना सिमानाको देशको नागरिक अनि छिमेकीले कहिल्य सिमाना मिच्ने हो र त्यस बिषयमा राजनिती गर्न पर्खिरहेका नेता भएको देशको नागरिक अब पनि नजाग्ने हो भने देश सधै यसरी नै सुतिरहनेछ। त्यसैले सिमानामा पर्खाल लगाएर प्रबेश गर्न राहदानीको ब्यबस्था गर्नुको बिकल्प छैन्। यसो गर्नाले क्षणिक अभाव जन्माउछ, अभावले काम गर्न सिकाउछ र कामले आत्मनिर्भर बन्न मद्दत पुग्छ । जबसम्म हामी आत्मनिर्भर बन्नतर्फ अग्रसर हुदैनौँ, हामी कुनै न कुनै हिसाबले अरु राष्टको कोलोनी भन्दा फरक परिचय बनाउन सक्दैनौ । हामी गर्व गर्छौ हाम्रा वीर पुर्खाहरुले कठोर युद्धबाट बचाएको सिमाना भनेर । यदि हामीले यो सिमानाको रक्षाको निम्ती पर्खाल लगाउन सकेनौ भने हाम्रा सन्ततीहरुले हामीलाई धिकार्ने छन् । सिमानामा पर्खाल र प्रबेसमा भिजा लागु गर्ने कुरा सामान्य बिषय हैन र सामान्य नागरीकको तहबाट गरिन सकियेस् यो त सरकारी तहबाट संमन्धित पक्षले पहल गर्नु पर्ने हुन्छ र त्यसको लागी सम्पुर्ण नेपालीहरु एक भएर निर्णय गर्न सहज बनाउनु पर्छ ।

५. भ्रष्ट नेताहरुलाई बहिस्कार गरौँ:

हामी नेताहरुको गल्तिहरु मात्र औल्याईरहेका हुन्छौँ । तर नेताहरुले गरेको गल्तीमा कुनै पनि ठोस कदम जनताको तहबाट चालेको देखिदैन । फलस्वरूप नेताहरु पटक पटक गल्तिहरु दोहोर्याईरहेका हुन्छन् । अबत जे गरे पनि हुन्छ भन्ने बानी नै परिसकेका छन् अधिकांस नेताहरु। यस्ता खराब र भ्रष्ट आचरण भएका नेताहरु बहिस्कार गर्ने संस्कार बिकास हुनु पर्दछ । खराब नेता चाहे आफ्नो पार्टीको होस् वा अरु कुनै पार्टीको होस् बहिस्कार जनताको एकजुट बाट मात्र संभव छ । भ्रष्ट नेताहरुलाई सार्बजानिक साथै सामाजिक कार्यक्रमहरुमा समावेश नगराउने र निर्बाचनको बेलामा समेत जनताहरुले विवेक प्रयोग गर्ने बेला आएको छ । हुनत नेता पनि कसै न कसैको संमन्धित ब्यक्ति न हो, उसको पनि परिवार, साथिभाई, समाज, नाता आदी पक्कै हुन्छन् । नेताले देश लुटिरहदा उस्तलाई प्रत्यक्ष देख्ने नजीकको ब्यक्तिले के भनिरहेको हुन्छ? यो गहन बिषय हो, आफ्नो नाताको नेताले भ्रष्टचार गरेको भए पनि त्यसलाई सार्बजानिक गर्ने प्रबृति र संस्कार बिकास गर्नु पर्दछ सबैले।

६. राष्ट्रिय उत्पादनको प्रयोग गरौँ:

हामी राष्ट्रिय स्तर बाटै निती तयार गरी आफ्नो देशको उत्पादनको प्रयोगलाई अनिवार्य बनाउन सक्छौ। नाकाबन्दीको बेलामा तत्कालीन प्रधानमन्त्रीले जुन नियतले भए पनि साइकल चढेको कुरा हामी कति छिट्टै बिर्सिन्छौँ । अब हरेक सरकारी कर्मचारीहरुले साईकलबाट कार्यालय जाने आउने गर्ने नियम बनाउन सक्छौँ कि सक्दैनौ? यसले एक हाम्रो निर्यात सस्तो बन्छ साथै ट्राफिक सरल र वातावरण स्वच्छ बन्न मद्दत पुर्याउँछ । हामीले निर्यातलाई सस्तो बनाउने र नेपालमा उत्पादन भएका बस्तुहरुको प्रयोगलाई प्रोत्साहन गर्ने हो भने अझै बढी राष्ट्रियताको भावना जन्मन सक्छ हरेकको मनमा। सम्पुर्ण नेपालीहरुको आबस्यक्ताका बस्तुहरु नेपालमा नै उत्पादन भएका छैनन् तर जती उत्पादन छन् त्यसको अनिवार्य प्रयोग गरौ सबैले। हाम्रै देशमा फल्ने स्याउ कुहिएर जान्छ अनि महगोमा निर्यात गरी खान्छौँ। यो एउटा सानो उदारण हो यस्ता धेरै कुराहरु छन जुन प्रयोग नगरी बिदेशबाट निर्यात गरिरहेका हुन्छौ। निर्यातलाई कम गर्न वा सस्तो बनाउन नेपालमा उत्पादित सामानहरुको प्रचार प्रसार गरी त्यसको प्रयोगलाई प्रोत्साहन गर्न सम्न्धित पक्षले ध्यान दिनु पर्छ।

७. बिदेशिएका नागरिकहरुको सीपको प्रयोग गर्ने उपाय खोजौँ:

बिदेश जानुका धेरै कारणहरु हुन्छन्। म यो लेख बिदेशमा बसेर लेखिरहदा पाठकहरुले बिदेशमा बसेर राष्ट्रियताको कुरा गर्छ भनेर सोच्न पनि सक्नु हुन्छ तर बिदेशिनुका कारणहरु आदर्णीय पाठकज्युहरुलाई अबगत नै छ। आ-आफ्नो क्षेत्रमा केही जिम्मेवारी सहित नेपालमै केहि गर्ने वातावरण बनेमा धेरै नेपालीहरु देश फर्कन आतुर छन्। यहाँ जिज्ञासा रहन सक्छ कि देश बिग्रिएको अबस्थामा बिदेशिने अनि देश बनेपछि फर्कने? भनेर तर बिदेशीनु आफैमा नराम्रो हैन। बिकसित देशका नागरिकहरु पनि बिदेश जान्छन् मात्र हाम्रो र बिकसित देशका नागरीकहरुको उदेश्य फरक हुन्छ। अब बिदेशमा बसेर सिकेका सिपहरुलाई नेपालमा प्रयोग गर्ने निती बनाउनु जरुरी छ। बिदेशमा बस्ने नेपालीहरुले पठएको रेमिट्यान्स साथै अन्य बिभिन्न योगदानले नेपालको बिकासका सहयोग गर्दै आएको छ। तर बिदेशमा सिकेका सिपहरुलाई देशमा प्रयोग गर्ने वातावरण मिलाउने हो भने दिगो बिकासमा सहयोग पुग्ने कुरामा दुई मत नहोला।

८. राम्रो पक्षको प्रचार गरौँ:

हामी हरेक पक्षबाट सवल छौ मात्र देखाउन सकेका छैनौ। हरेक दिन समाचारमा नराम्रो खबरको हेडलाईन पढेर दीन सुरु हुन्छ। दिनभरी सामाजिक संजालमा एक अर्कोलाई गाली गरेको देखेर हाम्रो समाज कता गईरहेको छ भन्ने कुरा स्पस्ट हुन्छ। हामीले साना साना भएपनि बिकासको कुरा, कृषि, पर्यटन तगाएत अन्य क्षेत्रमा भएका राम्रा पक्षहरुको प्रचार गर्ने हो भने यसले राम्रो गर्नेहरुलाई त प्रोत्साहन त गर्ने नै भयो अरुलाई पनि सकारात्मक बनाउछ। हरेक दिन नकारात्मक कुराहरुको बढी प्रचार भएको देखिन्छ यसले सिंगो नेपालीलाई नकारात्मक र निराशा तिर धकेलिरहेको छ। हरेक नागरीकहरुले आफ्नो छर छिमेकमा थाहा भएका राम्रा कुराहरु सामाजिक संजालमा प्रचार गरौ चाहे एउटा यात्रुले अर्को असक्त यात्रुलाई बस्न ठाउ दिदै आफु उठेको कुरा कीन नहोस्। पत्रकारहरुले खोजमुलक सकारात्मक समाचारहरु छाप्ने, रेडियो र टेलिभिजनमा सफलताका कथाहरु प्रसारण गर्ने निती बनाउनु पर्छ। यद्यपी नराम्रा खबरहरुलाई कम गर्ने हिसाबले राख्नु पर्दछ।

९. जिम्मेवार बनौ:

हामी नेताहरुलाई जति गाली गरेपनी सुध्रीने अबस्था देखिदैन। केही नेताहरुको भ्रष्ट प्रबृतिले कतै हामी परी गैरजिम्मेवार बन्दै त छैनौ? नागरिकको तहबाट गर्नुपर्ने कर्तब्यहरुमा चुकेका त छैनौ? यी केही सार्है दुख लाग्दा प्रस्नहरु हुन्। हामी कति ठाउमा जिम्मेवार नागरीक भएर बाचेका छौँ? आफैले मनन गरौँ त। के हामी निश्चित ठाउमा मात्र फोहोर फाल्छौँ त? के हामी निश्चित ठाउबाट मात्र बाटो क्रस गर्छौँ त? के हामी सार्बजानिक सम्पत्तिको संरक्षणमा जुटेका छौँ त? यस्ता धेरै कर्तब्यहरु छन् हाम्रो तहबाट गर्नु पर्ने। यदि हामीले घुस नदिने हो भने कसले घुस खान्छ। गलत गर्नेलाई सभ्य तरिकाले सार्बजानिक गरी बहिस्कार गर्ने निती तयार गर्नु जरुरी छ जनताको तहबाट। हरेक नागरीकले सामाजिक मुल्य मान्यताको पालना गर्ने र संबिधानले पालना गरौँ। हरेक क्षेत्रका जिम्मेवार पदमा बसेका ब्यक्तित्वहरुले देशको संबिधानमा रहेर पदिय दायित्व पुरा गरौँ। मात्र एक दिन हामी सबै ज़िम्मेवार बन्यौ भने यसले समाजलाई सभ्यतातीर डोर्याउन मद्दत पुर्याउछ।

९. बन्द गर्न बन्द गरौँ:

अब त सबैले बुझिसकेका छौँ कि बन्दले फाईदा हुदैन भन्ने कुरा। अब बन्द गर्नेको पछाडी केही अन्धभक्त कार्यकर्ताहरु मात्र हुनेछन् तर सारा जनता बन्दको बिरोधमा हुन्छन्। हो कहिलेकाही आफ्ना मागहरुको लागी आवाज उठाउन पाउनु पर्छ तर आफ्नो अधिकार खोज्दै गर्दा अरुको अधिकार खोस्ने अधिकार कसैलाई छैन्। आफ्नो अस्तित्व खोज्दै गर्दा अरुको अस्तित्व मेटाउने अधिकार कसैलाई छैन्। माँग राख्दा अरुको अधिकार नखोसिने उपाएहरु अपनाउनु पर्दछ तर अाफ्नो माँग पुरा गराउन गरिने बन्द सधैको लागी सबैले बन्द गर्नु पर्छ। अब यो वा त्यो नाममा बन्द गरिनु हुन्न। यदि हामी हाम्रो देश बन्द गर्न पाउछौ भने छिमेकी राष्ट्रले नाका बन्द गरेको कुराको बिरोध गर्नुमा कुनै अर्थ छैन्। बन्द गर्ने पद्दती बिस्तारी नेपालमा संस्कारको रुपमा बिकास भईरहेको छ, यो सबैभन्दा नकारात्मक पक्ष हो।

१०. राष्ट्रिय सरकारको गठन गरौँ:

माथि उल्लेखित सम्पुर्ण बिकासका आधारहरु तयार गर्न यो सबैभन्दा महत्वपूर्ण पक्ष हो। एकातिर चुनाव गराउनु पर्ने प्रावधान छ। हुनत चुनावबाट चुनिएका हरुले नै राष्ट्र चलाउदा उचित हुन्छ भन्ने मान्यता छ। तर नेपालको सन्दर्भमा अब हुने निर्बाचन पछि देशको अबस्था कस्तो हुने हो कसैले बिश्लेषण गरेको पाईदैन। अब पनि अरबौ रुपैया खर्च गरेर निर्बाचन गरिनेछ अनी कसैको पनि बहुमत नआएपछि मिलीजुलीको सरकार बन्छ र राजनैतिक अस्थिरताले निरन्तरता पाउनेछ। यसले कुनै बिकास र निकास दिदैन । राष्ट्र र जनता प्रति उत्तरदायी, संमन्धित क्षेत्रको ज्ञान भएका ब्यक्तिहरु समाबेस गरी सानो र सस्तो राष्ट्रिय एकताको सरकार सम्पुर्ण दलहरुको सहमतीमा १० बर्षको लागी गठन गर्न सकियो भने माथि उल्लेखित बिकासका आधारहरु तयार बनि देश संमृद्दिको बाटोमा लम्किनेछ। ईतिहासमा धेरै पल्ट पार्टीहरुले राजनैतिक निकासको नाममा गठबन्धन गरेका थिय भने राष्ट्र निर्माणमा यति गर्न संबिधानले रोक्दैन। किनकी अब नेपाली जनता बिना समृद्दी चुनावी खर्चको भार खेप्न सक्दैनन् साथै राजनैतिक अस्थिरता टुलुटुलु हेरेर बस्न सक्दैनन्।

हामी सबैको एउटै उदेश्य संबृद्द नेपाल निर्माण नै हो। जसरी बिना जगको घर बन्दैन त्यसरीनै बिना आधार संबृद्द नेपाल बन्दैन। त्यसैले बिकासका आधारहरु खोजी गर्नु जरुरी छ। ईतिहासमा नेपाली जनताले नेताहरुलाई परिबर्तनका धेरै लड़ाईमा साथ दिएका थिय। केही सफलता केही असफलतामा उभिएको आजको नेपालको राजनैतिक अबस्थामा नेपाली जनताहरुले बिश्लेषण गरिरहेका छन्। निष्कर्ष: अब उप्रान्त नेपाली जनताहरुले राजनैतिक पार्टिहरुलाई देश बिकासको मुद्दामा बाहेक अरु कुनै मुद्दामा साथ दिने छैनन्, यो नै देश निर्माणको अन्तिम विकल्प हो।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी