
- भुवन रोका
तर दुर्भाग्य नेपाली राजनितीमा यसको कुनै शाबदिक वा व्यवहारिक अर्थ भेटिदैन । मानौ ‘राजनिति’ शब्दको अर्थ परिवर्तन भएको छ । नेपाली राजनितीलाई हेर्ने हो भने राजनितीको परिभाषा ‘सत्तामा बसेकाहरुले आफ्नो फाईदाको निम्ती आफैले बनाउने निती’ भएको छ । त्यसैले पनि नेपालमा राजनिती शब्द र राजनिती कर्मीहरुलाई घृडा गर्दछन् । राजनितीलाई फोहोरी खेल भनिन्छ र राजनितिज्ञहरुलाई फोहोरी खेल खेल्ने महा फोहोरी खेलाडीहरु भनेर ब्याख्या गरिन्छ नेपाली समाजमा । तर स्वच्छ राजनिती गरेर अमर भएका हरु धेरै उदारणहरु छन् ।
हुनत ‘राजनिति’ त यउटा शब्द मात्र हो यसले आफै केही जादु त गर्न सक्दैन । घरमा विजुली भएरमात्र अध्यारो हट्दैन्, उज्यालो बनाउन त स्विचनै थिच्नुपर्ने हुन्छ भनेजस्तै राजनिति राम्रो कि नराम्रो भन्दापनि राजनितीकर्मीहरुले कसरी राजनिती गरेका छन् भन्ने कुराले बढी अर्थ लगाउँछ । राजनितीकर्मीहरुले बिकास र समृद्दीको स्विच थिचेका छन कि छैनन् भन्ने कुरा बढी महत्वपूर्ण कुरा हो । नेपालको सन्दर्भमा अधिकांस राजनितीकर्मीहरु संग राजनिती गर्ने ज्ञान छैन् अथवा राजनितीकर्मी नै होईनन् भन्दा पनि फरक नपर्ला। फगत आफ्नो लाभ, सत्तामोह, क्षणिक नामको निम्ति राजनितीको खोल ओडेर राजनितीकर्मी बनेको नाटक गरिरहेका छन् ।
देश दिनानुदिन बिग्रदो अबस्थामा छ, हरेक क्षेत्र अस्तब्यस्त छन्, सुधारका कुनै लक्षण देखिदैनन् आदी ईत्यदि सम्स्याहरुमा रुमलिएको छ देश । यस्तो अबस्थामा नेपालका संसदहरुले देश बिकास र निकासको निम्ती निर्णयहरु गर्नु पर्थ्यो तर आफ्नो ज्याला बृद्दि तिर ध्यान दिदा अलिकती पनी लाज लागेन माननिय सांसद ज्युहरुलाई? सारा जनताहरुले त कुरीकुरी भनिरहेका छन् नि तपाईहरु तिर फर्केर । अति भईसक्यो, अबत लजाउनोस्..।
माननीय सांसद ज्युहरु लजाउनु पर्नै केही कारणहरु:
१. राजनितीको परिभाषा नजानेकोमा :
आफ्नो फाईदाको लागी बनाईने नितीलाई राजनिती भनिदैन । नेपालको सन्दर्भमा यहाहरुले तत्काल गरेको निर्णय हेर्दा, आजसम्मको ब्यबहार नियाल्दा यस्तै परिभाषा बन्छ नि राजनितीको। के यहि हो त राजनितीको परिभाषा ? राजनितीको परिभाषा आउदैन भने तपाईलाई औल्याएर कुरीकुरी भन्न चाहन्छौ हामी सबै नेपालीहरु । परिभाषा नआउन सक्छ तर सिक्ने चाहना छ तपाईहरुसंग? अध्ययन गर्नुस्, अरु राष्टहरुलाई हेरेर सिक्नुस् राजनितीलाई कसरी अगाडी बढाउदा देश बिकास संगसंगै राजनितीको सहि परिभाषा निस्कन्छ । यति गर्दा पनि राजनितीको सहि अर्थ बुझिएन भने धुर्मुस र सुन्तलीलाई राजनितीको परिभाषा सोध्नुस् सबै छर्लगं हुन्छ। राजनितीको सही परिभाषा त त्यो हो नी: बिना स्वार्थ जनता र देश बिकासको निती निर्माण तयार गरी कार्यन्वयन गर्ने विज्ञान ।
२. बिना काम पदमा बसेकोमा :
के गर्नुहुन्छ सांसद ज्युहरु हरेक दिन ? जनताहरुको काम त प्रष्टै देखिन्छ: कोही कृषिमा ब्यस्त, कोही ब्यबसायमा, बिदेश जानेहरु जाडो र गर्मिको प्रभाव नगरी काममा खटिरहेका छन् । यति गर्दा त दैनिक उपभोगका सामानहरु परिपुर्ति गर्न गार्हो भएर नै हामी गरीब जनताको नामले परिचित छौ । तर यहाँहरुको त केही काम गरेको देखिदैन, बल्ल बल्ल बैठक बस्दा पनि कति जना अनुपस्थित नै हुन्छन् होला, उपस्थित भए पनि एक न एक पार्टीको अबरोधमा बैठक भंग गरिएका उदाहरण धेरै छन् । फेरी पनि ईच्छा शक्ति हुदा त काम गर्दारहेछन् नी, तलब भत्ता बृद्दिको बिधेएक कति चाडो पास भयो त। यसरी नै बिकासका निर्णयहरु पनि चाडै गरे कत्ति राम्रो हुन्थ्यो । यस्तो बिना काम पदमा बसेर ज्याला बृद्दि गर्नु भन्दा राजीनामा दिएर एक सच्चा राजनितिज्ञ बनेर सधै जनताको मनमा बस्ने प्रयास गरेमा कुरीकुरी त भन्दैनथे नि जनताले ।
३. जनताको पीडा नबुझेकोमा :
हरेक दिन समाचार छापिन्छन् जनताको दुख, पिडा र गरीबीको बिषयमा । अझै पनि भुकम्प प्रभावित जनताहरु बिना छानो सुत्न बाध्य छन् । आखाँ अगाडी यति धेरै सम्सायाका पहाड़पुर देखिन्छन् । रास्ट्रिय स्वाधीनता खतरामा परेको छ । यस्तो पीड़ादायी अबस्था कुनै पनि सांसदको नजरमा परेको छैन् । कसैले पनि यसलाई बिधेएकको रुपमा स्पस्ट प्रस्तुत गरेको पाईदैन् न त एका निर्णयहरु नै सहि कार्यन्वयन गरिएका छन्। जनता के चाहन्छन् भन्ने कुरा अधिकांस सांसदहरुलाई अबगत नै छ । जनता र राष्ट्रालाई केन्द्रमा राखेर निर्णय गर्नु पर्ने यो महत्वपूर्ण घडीमा आफ्नो तलब भत्ता बृद्दिको निर्णय तर्फ ध्यान दिएकोले लाग्छ यो बर्तमान सांसदहरु राष्ट्र प्रति उत्तरदायी छैनन् । कुरीकुरी सांसदज्यू ।
४. गाऊँमा नगएकोमा :
जुन गाऊँले जन्माएर, हुर्काएर सासंद सम्म पुर्यायो आज अधिकांस सांसदहरु त्यहि गाऊँ फर्केिन हिच्किचाउछन् । सांसद भए पछि कति पल्ट गाऊँमा जानु भयो सांसद ज्यु ? जनता प्रति उत्तरदायी केही सांसदहरु जनक संगै गाऊका बिकास निर्माणमा साथ पनि दिईरहेका छन् । सांसदहरुले चाहने हो भने राष्टिय एकता क़ायम गरी बिकास द्रुत गतिमा अगाडी बढ्ने रहेछ भन्ने कुरा सांसदहरुको तलब भत्ता बृद्दिको निर्णयले पनि प्रष्ट गरेको छ । यो निर्णयमा सबैको एकता देखियो, छिटो निर्णय र कार्यन्वयन गरेको देखियो । आफुलाई सांसद बनाउने गाऊँमा गएर त्यहाका जनताको निम्ति पनि यसरी नै चासो दिए बिकास हुन धेरै समय लाग्दैन । हरेक सांसदले आफ्नो गाऊँ मात्र बनाउने हो भने ६०१ वटा गाऊँहरु बन्छन् । एउटा सामान्य कलाकार धुर्मुस सुन्तलीले त नमुना गाऊँ निर्माण गर्न सक्छन् भने जुम्मेवार पदमा बसेर सांसदले किन गर्न नसक्ने आफ्नो गाऊँ बनाउन ?
५. सामाजिक दायित्व पुरा गर्न नसकेकोमा :
मानीस समाजिक प्राणी हो । तर समाजमा बस्दैमा सामाजिक बनिदैन् । सामाजिक बन्न त समाज संग आत्मीयता हुनुपर्छ । समाजका हरेक मुल्य र मान्यताको अनुसरण गर्नु पर्छ । समाजलाई चाट लाग्दा भावनाले मन दुख्नु पर्छ । अझै सामाजिक हुन आफ्नो दायित्व पुरा गर्नु पर्छ । यहाँ जनताहरु अभावले रोईरहेको बेला सांसदहरुले तलब भत्ता बृद्दिको कुरा गर्नु कत्तिको सामाजिक हो । मैले (जनताले) छानेको प्रतिनिधि ठुलो घरमा बस्नु पर्छ, महंगो गाड़ी चढ्नुपर्छ, हेलिकप्टर चढ्नुपर्छ साथै जिवन स्तर माथि हुनुपर्छ भन्ने कुरा मलाई (जनतालाई) पनि लाग्छ। तर त्यतिबेला मात्र जब बिकासका निर्णयहरु हुन्छन् ती निर्णयहरु कार्यान्वयन हुन्छन्, राष्टिय निकास र बिकासले गति पाउनेछ अनि सासंदहरु बिना लाज र संकोच समाजमा सबै संग दुख सुख बाडिरहेको हुनेछन्, संगसंगै सामाजिक दायित्व पनि त पुरा गरिरहेका हुनेछन् ।
६. ठिक बेठीक चिन्हको ज्ञान नभएकोमा :
सायद बिद्यार्थीहरुलाई कक्षा १ बाट नै ठिक र बेठीक चिन्हको प्रयोग गर्न सिकाईन्छ स्कुलमा । तर दुर्भाग्य देशको कानुन बनाउने स्थानमा बसेका सांसदहरु ठिक बेठीक छुट्याउन जान्जैनन् । कुरीकुरी सांसद ज्यु । यो तलब बृद्दिको निर्णयमा मात्र हैन बिगतमा भएका हरेक निर्णयहरुमा कसैले आफ्नो विवेक प्रयोग गरेर निर्णय गरेका छैनन् । पार्टी नेताले जता भन्यो त्यतै चिन्ह लगाउने गरेका छन् सबै सांसदहरुले । हो पार्टीको तर्फबाट सांसद भए पछि पार्टी प्रती बफादार त हुनु नै पर्छ । तर कहिल्य काही जनता र राष्ट्रको अहितमा हुने निर्णयहरुको बिरुद्दमा उभिने विवेक हुनुपर्छ । कहिल्य काही त पार्टी भन्दा माथि उठेर देश र जनताको हीतमा निर्णय गर्नु पर्छ ।
७. विना कारण तलब बृद्दि भएकोमा :
कीन बढ्यो सांसदहरुको तलब भत्ता ? जनताको पसिनाको कमाईबाट तिरीने कर र बिदेशमा दुख गरेर पठाएको रेमिट्सान्सले तलब खान्छन सांसदहरु । त्यसैले जनतालाई यो जान्ने अधिकार छ सांसदहरुको तलब बढ्नुको कारण । के सांसदका छोराछोरीको अध्ययनको लागी शुल्क तिर्न पुगेन ? के घर बनाउन नपुग भएको हो ? के नयाँ गाड़ी किन्नु पर्यो ? के सम्पत्ति बिबरण पेस गर्नु भयो ? यसको समाधान त तलब बृद्दि होईन नी । सरकारी स्कुलमा पढाउनुस् छोराछोरी, बिना छानो एकरात बिताएर महसुस गर्नुस जनताको पिडा, साईकल चढ्नुस्, किनमेलको रकम कम गर्नुस्, ज्याला मज़दूरी गर्नुस् । अनि बल्ल जनताको पिडा बोध हुन्छ । राष्ट्रियताको अर्थ थाहा हुन्छ । बिना कुनै काम पदमा बसिरहने अनि जनताको पसिनाको कमाईबाट सेवा सुबीधा थप गर्ने सम्पुर्ण सांसदहरुलाई जनताको तर्फबाट कुरीकुरी ।
८.व्यवस्थाको खिल्ली उडाएकोमा :
गणतन्त्र त त्यस्तो ब्यबस्था हो जहा जनताको प्रत्यक्ष सासन हुन्छ । जनताले देश बिकासको निम्ति निर्णयको अधिकार पाउछन् गणतन्तमा । नेपालको सन्दर्भमा पंन्चायत र गणतन्त्रको एउटा फरक भनिदिनुस न सांसद ज्यु । पंन्चायतमा पनि सत्तामा पुगेकाहरुको फलिफाप भएको थियो, अहिल्य गणतन्त्रमा पनि सत्तामा पुग्नेहरुको मात्र त संबृद्दि भएको देखिन्छ । के निजी क्षेत्रमा कार्यरत कर्मचारीहरु, ज्याला मज़दूरी गरिरहेका नेपालीहरुको सेवा सुबीधाको बिषयमा बिधेएक प्रस्तुत भएको वा गरिएको छ सांसदमा ? बास्तबमा नेपाली जनताहरुले गणतन्त्रको विस्वास बिस्वास कसरी गर्ने ? गणत्नत्रको धोती खुस्कियको छ । हरेक ब्यब्स्थाले मुठी भरका ब्यक्तीहरुलाई मात्र फाईदा पुग्ने भए, हरेक गाऊँ स्वतन्त्र राज्य बनाउँ, त्यहा बसोवास गर्ने सबै जनता सासंद अनि सबैलाई तलब भत्ता बाढौँ । गणतन्त्रको धोती खुस्केको बेला टुलुटुलु हेरीरहने सांसद ज्युलाई कुरीकुरी ।
९. बिकासको बाटो नहिडेकोमा :
हरेक बर्ष कयौँ सांसदहरु बिदेश जान्छन् बिभिन्न बहानामा । बिदेशमा भएका र देखिएका प्रगतीले थोरै मन छुदैन् ?मेरो देश पनि यस्तै बनाउन पाए हुन्थ्यो भन्ने लाग्दैन ? बिदेशमा नेपालीहरुले दुख गरेको देख्दा देश बिकास गरी आफ्नै देशमा रोजगार सहित फर्काउन पाए हुन्थ्यो भन्ने लाग्दैन ? यदि त्यस्तो भावना मात्र राख्न सके पनि देशलाई बिकासको बाटो तिर डोर्याउन सकिन्थ्यो । त्यसको लागी सम्पुर्ण सांसदहरु मात्र एक हुने हो भने असम्भव केही छैन् । ६०१ संख्या रहेको सांसद आफैमा ठुलो र सक्षम छ यसले चाह्यो भने संबृद्द देश बनाउने निर्णयहरु गर्न धेरै समय लाग्दैन । सांसद ज्यु सानो भए पनि बिकासको काम सुरु गरेर हेर्नुस, तापाईको जय जयकार गर्दै सहयोगको ओईरो लाग्छ । कम्तिमा सामान्य जनता र राष्टिय हितको सवालमा कुरा त उठाउन सकिन्छ नी ।
१०. जनता र राष्ट्रप्रति भन्दा पार्टीप्रति अन्धभक्त भएकोमा:
पार्टीको राजनिती गरेपछि पार्टी प्रती सद्भाव र समर्पण हुनु स्वभाविक हो । पारेटीहरुका केही नितीहरु राष्ट्र निर्माणको सवालमा उत्कृष्ट पनि छन् । पार्टीका राम्रा पक्षहरु अंगीकार गर्दै अगाडी बड्नु जायज पनि हो । तर जनता नहुदा त पार्टी पनि रहन्न नि त्यसैले पार्टी भन्दा माथि जनता हुन्छन् भन्ने कुरा हरेक नेताहरुले प्रष्ट बुझ्नु पर्ने हुन्छ । हरेक महिनाको तलबको निश्चित प्रतिसत रकम पार्टीलाई बुझाउने अधिकांस सांसदहरुले आफुलाई जिताएर सांसद बनाउने जनता र गाऊँ प्रति पनि त केही गर्ने दायित्व पक्कै रहन्छ । पार्टी भन्दा माथि उठेर ६०१ सांसदहरुले सामुहिक रुपमा हरेक महिनाको तलबबाट केही प्रतिसत छुट्याएर आबस्यक ठाउ हेरी बिकास निर्माणको कार्यमा खर्च गरे कत्ति राम्रो हुन्थ्यो । सम्पुर्ण नेपालीहरु आफ्ना प्रतिनिधिहरुको खुलेर प्रसंसा गर्ने वातावरण बन्थ्यो । तर अहिल्यको अबस्थामा ‘कुरीकुरी’ भन्नुको बिकल्प छैन्।
यो लेख राजनैतिक मुल्य मान्यता र नेपाली जनताको भावना अनुरूप लेखिएको हो। सबैले मिलेर नै देश बनाउने हो। त्यसमा पनि ज़िम्मेवारी पाएकाहरुको दायित्व बढी हुनु स्वभाविक नै हो । राजनितीकर्मीहरुको त झनै ठुलो दायित्व रहन्छ । यउटा सानो कामले देश त बन्छ नै स्वयम् तपाई पनि अंमर रहनुहुने छ सांसद ज्यु । त्यसैले अब पनि नेपालका राजनितीकर्मीहरु नेपाली जनताबाट आलोचित हुने दिन नआओस । नेपाली जनताको पिडा र चाहना बुझ्ने मन साथै सिंगो राष्ट्रको बिकासको निम्ती निर्णय गर्ने शक्ति सबै सासदहरुलाई प्रदान होस् भनेर प्रार्थना गर्न चाहन्छु । शुभकामना..।













