
- अर्थ सरोकार सम्वाददाता
काठमाडौँ – चीनबाट इन्टरनेट ल्याउनका लागि नेपाल टेलिकमले पूर्वाधारका सबै काम सम्पन्न गरिसकेको छ।
गएको साउनमै ब्यान्डवीथ खरिद गरेर नेपालमा चिनियाँ इन्टरनेट ल्याई भारतीय एकाधिकार अन्त्य गर्ने योजना टेलिकमले बनाएको थियो।
पूर्वाधारका सबै काम सम्पन भई परीक्षण पनि पुरा भएको छ। मंसिरभित्र चिनियाँ टेलिकम्युनिकेसनसँग व्यावसायिक सम्झौता सम्पन्न हुने टेलिकमकी प्रबन्ध निर्देशक कामिनीराज भण्डारीले जानकारी दिइन्।
सम्झौताको लागि टेलिकमले सबै काम समयमै सम्पन्न गरे पनि यसबीचमा टेलिकम प्रमुख परिवर्तन हुँदा र त्यसले प्रक्रियागत रुपमा ढिलाई भएको अधिकारीहरुको भनाई छ।
टावर, अप्टिकल फाइबर राख्ने काम भइसकेको र अब व्यावसायिक सम्झौता सम्पन्न हुनेवित्तिकै ब्यान्डवीथ आयात हुने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्। व्यावसायिक सम्झौताको लागि चाइना टेलिकमसँग लामो छलफल भएको र यही मंरिभित्र सम्झौता हुने उनले बताइन्। यद्यपी सम्झौता हुने मिति भने तय भइसकेको छैन।
टेलिकमले धादिङको गल्छीदेखि रसुवासम्म ९० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याई सकेको छ। वि।सं। २०५४ सालदेखि इन्टरनेट व्यान्डवीथमा भारतीय एकाधिर रहँदै आएको छ। यदि इन्टरनेटमा चीनसँग पनि जोडिन सकेमा गुणात्मक वृद्धि समेत हुने अपेक्षा छ।
अहिले नेपालमा भारतबाट भैरहवा, रक्सौल र वीरगञ्ज नाकामार्फत अप्टिकल फाइबर इन्टरनेट जोडिएको छ। अब चिनियाँ सरकारी स्वामित्वको ‘चाइना टेलिकम्युनिकेसन कर्पोरेसन’सँग टेलिकम जोडिएपछि रसुवाको केरुङबाट इन्टरनेट आउने छ। यसअघि नेपालले चीनको तातोपानी नाकाबाट इन्टरनेट ल्याउने प्रस्ताव गरेको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्