×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सशस्त्र प्रहरी महानिरीक्षकको यस्तो बदमासी, के प्रधानमन्त्री र गृहमन्त्रीलाई थाहा छ ?

PRIME CA
GLOBAL IME BANK

सशस्त्र प्रहरी महानिरीक्षकको यस्तो बदमासी, के प्रधानमन्त्री र गृहमन्त्रीलाई थाहा छ ?

२१ कार्तिक २०७३, आईतवार

पढ्न लाग्ने समय: < ४ मिनेट

काठमाडौँ –  सशस्त्र प्रहरीमा नेतृत्वको असक्षमताले डिआईजी र एसएसपीको बढुवा दुई वर्षदेखि रोकिएको खुल्न आएको छ । वरियतामा पछि रहेका आफू निकटका अधिकृतहरुलाई बढुवा गर्न संगठन प्रमुखले नै डिआईजी र एसएसपीको बढुवा पाउन योग्यहरुको बढुवा रोकिदिएका हुन् ।
कतिसम्म भने बढुवा नपाएको गुनासो सशस्त्रका केही उच्च अधिकारीहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेरै पोखेका छन् । संगठन प्रमुखले नै संगठनभन्दा पनि ब्यक्तिगत लाभका लागि बदनियत राखेको र त्यसले कतिपय सक्षम अधिकृतहरु अवकास पाउने खतरा बढेपछि उनीहरुले मन्त्री निधिलाई भेटेर गुनासो गरेका हुन् । मन्त्री निधिले यसबारेमा चासो समेत राखेको वुझिएको छ । सशस्त्रमा हाल तीन डिआईजी र पाँच एसएसपीको दरबन्दी खाली   छ । नेतृत्वले नरुचाएको र राजनितीक पहुच नभएका बढुवाका लागि योग्य अफिसरहरुको पनि बढुवामा ढिलाइ भएको हो ।
संगठन प्रमुख दुर्ज राईले आफू निकट केही व्यक्तिलाई बढुवा गर्न बढुवामा ढिलाई गरेको आरोप पनि संगठनभित्र उनिमाथि लागेको छ । राईले बढुवा गर्न चाहेका अधिकृतहरु वरियतामा पछि रहेको र सिनियरहरुले अवकास पाएपछि मात्र उनीहरु बढुवा हुने भएकाले चासो नदिएको सशस्त्र निकट स्रोतको दाबी छ । सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी दिवाकर केसीले सशस्त्रको नया नियमावलीअनुसार तालिम गर्नुपर्ने भएकाले बढुवा रोकिएको भएपनि प्रक्रिया छिट्टै अघि बढ्ने बताए । “नियमावलीका कारण केही आवश्यक तालिम गर्नुपर्ने भएकाले बढुवा रोकिएको हो,अन्य कारणले होईन” डिआईजी केसीले भने ।
सशस्त्रमा डिआईजी दुर्गा कुवरले व्यक्तिगत कारण देखाउदैं २०७२ असारमा राजीनामा गरेपनि उनको ठाउ“मा हालसम्म कसैलाई पनि बढुवा गरिएको छैन् । कुवरमात्र होइन २०७३ जेठमा एआईजीमा जितबहादुर पुन र शैलेन्द्र खनाल बढुवा भएको ६ महिना बित्दा पनि हालसम्म रिक्त डिआईजीमा बढुवाको लागि न त बढुवा समिति बसेको छ न त यसको कुनै सुरसार नै छ । ‘आईजीपी राईको असक्षमताले हाम्रो करियर खतम हुने भयो । आफू बढुवाका लागि नेताको घरदैलो धाउने संगठन प्रमुखले नै वास्ता नगरेपछि हामी कहा धाउने ?,’ बढुवाको लाइनमा रहेका सशस्त्रका एक जना उच्च अधिकारीले भने ।
सशस्त्र प्रहरीमा डिआईजी बढुवाको लाइनमा बरियताअनुसार एक नम्बरमा एसएसपी खड्कबहादुर राई, दुई नम्बरमा वसन्त बानिया“ (कामु वाहिनीपति मध्यपश्चिम क्षेत्र), तीन नम्बरमा मन्दीप श्रेष्ठ (हाल चाइनामा एनडिसी कोर्स गर्दै) र चार नम्बरमा प्राविधिक प्रजा श्रेष्ठ र पाँच नम्बरमा राजु सुवाल (कमाण्डडेण्ट विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटार) छन् । बढुवामा अघि रहेका राई ०४९ सालमा प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेका हुन् । उनी विभागीय कारवाही भोगिसकेका अधिकृत हुन् । अर्का एसएसपी बानिया ०५१ सालमा इन्सपेक्टरमा भर्ना भएका हुन् । उनलाई डिआईजीमा बढुवा गर्ने भनेर नै अहिले सुर्खेतको कामु वाहिनीपतिको जिम्मेवारी दिइएको छ । वरियतामा तेस्रो नम्बरमा रहेका श्रेष्ठ पनि २०५१ चैतमा इन्सपेक्टरमा भर्ना भएका हुन । उनी कङकालिनी गणमा हु“दा तत्कालीन डिआईजी ठाकुर मोहन श्रेष्ठले उनलाई कार्वाही गरेका थिए ।
सशस्त्रमा वरियता र कार्यक्षमता दुवैलाई आधार बनाएर बढुवा गर्नुपर्ने माग छ । उसो त वढुवामा पछि परेपनि सेनामा सेवा प्रवेशका हिसाबले हाल सशस्त्रमा एआईजीभन्दा सिनियर रहेका अधिृकतहरु पनि आफूहरुलाई अन्याय गरिएको भन्दै बढुवा पाउनुपर्ने भन्दै लविङमा छन् । उनीहरुले कार्यदक्षता र वरियतालाई आधार मानेर बढुवा गरिनुपर्ने बताउ“दै आएका छन् ।  सेनाबाट सशस्त्रमा आएका एसएसपीहरु कविन्द्रमान श्रेष्ठ, संजय राणा र चिरिन्जीवी अधिकारी पनि डिआईजी बढुवाको लाइनमा छन् ।
डिआईजीको प्रतिस्पर्धामा रहेका राणा र अधिकारी सेनामा अधिकृतका रुपमा २०४६ सालमा भर्ना भएका हुन् । राणासँग आईए पास मात्र गरेको शैक्षिक योग्यताको प्रमाणपत्र छ । सशस्त्रको पुरानो नियमावलीअनुसार उनी बढुवा हुन योग्य भएपनि संशोधित नियमावलीमा डिआईजी हुन डिप्लोमा पास भएको हुनुपर्ने प्रावधानले उनी बढुवावाट वञ्चित हुनेछन् । बढुवाका लागि प्रतिस्पर्धामा रहेका अर्का एसएसपी अधिकारीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अहिले पनि मुद्धा चलिरहेको छ । अख्तियारमा मुद्धा रहेकाले उनको पनि बढुवा हुने सम्भावना कम छ । सेनामा २०४७ सालमा अधिकृतमा भर्ना भएका एसएसपी श्रेष्ठ हाल पोखराको लामापाटनमा रहेको तालिमकेन्द्रमा कमाण्डडेण्ट छन् । उनी कार्यक्षमताका हिसावले अघि भएपनि वरियतामा उनलाई पछि पारिएको  छ ।
सेनाबाट आएका समूहरुलाई समेट्दा श्रेष्ठ बढुवामा पर्ने सम्भावना वलियो छ । सशस्त्र प्रहरी वल गठन हुदा २०५८ फागुनमा सेना र प्रहरीबाट सशस्त्रमा आउदा प्रहरीबाट प्रहरी निरीक्षक र सेनाबाट क्याप्टेनका रुपमा एकै दिन आएपनि सशस्त्रको नेतृत्वमा प्रहरीबाट आएकाहरु पुगेका हु“दा त्यतिबेला प्रहरी अधिकृतलाई नै वरियतामा अघि राखेको आरोप सेनाबाट आएका अधिकृतहरुको छ । त्यही वरियताअनुसार आफूहरु दर्जा र ओहोदामा माथि भएपनि नियतवस आफूहरुलाई पछि पारिएको उनीहरुको आरोप छ । वरियतामा पछि पारिएको र कार्यदक्षतालाई मुल्याङकन नगरिएकोले आफूहरु बढुवामा पछि परिएको तर्क आफैमा बलियो छ । सशस्त्रमा दुई जना एसएसपीको दरबन्दी खाली भएको दुई वर्ष पुगिसकेको छ भने अरु तीन जना एसएसपीको दरवन्दी पनि तिन महिनादेखि खाली  छ ।
एसएसपी दिलबहादुर थापा र नवराज थापाले २०७१ चैतमा अवकास पाएपनि एसएसपी थापाद्वयको ठाउमा हालसम्म पनि बढुवा गरिएको छैन् । तत्कालीन आईजीपी कोषराज वन्तले मन नपराएका अधिकृतहरु वरियताअनुसार वढुवाको लाइनमा भएपछि उनले बढुवामा चासो दिएनन् । वरियताअनुसार एसपी राजु शाक्य एक नम्बरमा र शम्भु सुवेदी दुई नम्वरमा छन् । शाक्य र सुवेदीले चैतसम्म पनि बढुवा नपाए एसपीको १० वर्षे सेवाअवधीले अवकास पाउने छन् । वरियताअनुसार हाल शाक्य र सुवेदीपछि एसपीहरु अभि खत्री, राजेन्द्र अधिकारी, दुर्गा भट्टराई, कमल गिरी, कुलबहादुर नेम्वाङ र अन्तिममा गणेश ठाडा रहेका छन् । हालका आईजीपी दुर्ज राईले नेम्वाङ र थाडालाई बढुवा गर्ने रुची देखाएपनि वरियतामा उनिहरु निकै पछि छन् ।
जनजाति र पूर्वकै भएकाले पनि उनीहरु आईजीपी राईको रोजाइमा छन् । आइजीपी दुर्जकुमार राई आगामी फागुनमा अवकास पाउने भएकाले धेरै विवादमा नआउने मुडमा छन् । बढुवामा सेना र प्रहरीबाट आएकाहरु मध्येबाट आएका कसलाई गर्ने भन्नेमा उनी निष्कर्षमा पुगि नसकेको उनी निकट स्रोतको दावी छ । बढुवामा राजनीतिक दवाव थेग्न नसकेकाले पनि आईजिपी मौन बसेको बताइन्छ । सशस्त्रमा सिनियर अधिकृतहरुको नै बढुवा रोकिदा धेरै अधिकृतहरुको वृद्धि विकासमा असर परेको छ । बढुवा पारदर्शीताको माग पनि चर्को रुपमा उठ्ने गरेको छ ।
  • काठमाडौँ टुडे 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: