
- अर्थ सरोकार सम्बाददाता
त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने विभिन्न परिक्षामा नक्कली परीक्षार्थीको बिगबिगी बढेको छ । पटक-पटक अनुतीर्ण भएका वा परिक्षा दिन विविध कारणले नभ्याएकाहरुले पैसा तिरेर अरुलाई परिक्षा दिलाउने क्रम बढेको छ भने अर्कोतर्फ यसरी अरुको परिक्षा दिएर मोटो रकम लिने परीक्षार्थीहरु समेत बढेका छन् । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार टियुले सञ्चालन गरिरहेको कानुनशाश्त्र अन्तर्गतको एलएलबी प्रथम वर्षको परिक्षा, र स्नातकोत्तर प्रथम बर्षको परिक्षामा पनि यस्ता नक्काली परीक्षार्थीहरुले एलएलबी र एमबीएसको परिक्षामा केहि दिनयता निरन्तर विभिन्न परिक्षा केन्द्रमा परिक्षा दिए पनि उनीहरुलाई कसैले पनि छुन सकेन ।
प्रति परिक्षा १० हजार देखि ५० हजारसम्मको ‘डिल’ :
स्रोतका अनुसार यसरी अरुको परिक्षा दिंदा १० हजारदेखि ५० हजारसम्मको ‘डिल’ हुने गरेको छ । ‘व्यवस्थापन संकाय अन्तर्गत बिबिएस र एमबिएसको रेट महँगो छ भने एलएलबी, बिए र बी एडको रेट केहि सस्तो छ ।’ स्रोत अगाडी भन्छ, ‘बिबिएसको परिक्षा दिनेले एकाउन्ट्स. फाइनान्स, जस्ता विषयको परिक्षा दिंदा प्रति परिक्षा ३० हजारदेखि ५० हजारसम्म लिने गरेका छन् । यता बिए तर्फको परिक्षा दिंदा भने प्रति परिक्षा १० हजारदेखि २० हजारसम्मको ‘डिल’ हुने गरेको छ ।
क्याम्पसकै विद्यार्थीले गर्छन् दलाली, फेल भए पुन: परिक्षा दिनेसम्मको अफर
‘यसरी अरुको परिक्षा दिने र दिलाउने दलाली क्याम्पसकै विद्यार्थीहरुले गर्ने गरेका छन् ।’ स्रोत अगाडी भन्छ, ‘विशेषगरी काठमाडौँको आरआर, मिनभवन क्याम्पस, शंकरदेव क्याम्पस, र नेपाल ल क्याम्पसमा यस्ता दलालीहरु भेटिने गरेका छन् । दलालीहरुले केहि रकम लिएर परिक्षा दिने र दिलाउनेबीच संयोजन गरिदिने स्रोतको दावी छ । ‘ दलालले दुवैतर्फबाट कमिसन लिने गरेका छन् । परिक्षा दिएर पैसा लिनेसँगपनि कमिसन लिने र परिक्षा दिलाएर पैसा दिन लगाउनेसँग पनि यसरी कमिसनको खेल हुने गरेको छ ।
सोझा तर ट्यालेन्टको प्रयोग, नक्कली परीक्षार्थीमा महिला बढी
यसरी नक्कली परीक्षार्थीमा देख्दा सोझा देखिने र ट्यालेन्ट विद्यार्थीहरु प्रयोग हुने स्रोतको दावी छ । ‘देख्दा सोझो देखिनेहरुलाई यसरी परिक्षामा प्रयोग गरिन्छ । उनीहरु पनि पहिलो पटक डराएपनि केहि नभएपछि दोश्रो पटकदेखि निस्फिक्री यस्तो धन्दा गर्ने गरेका छन् ।’ स्रोत अगाडी भन्छ, ‘आरआरमा पढ्ने एक सोझी विद्यार्थीले अर्को संकायको परिक्षा दिन थालेको ३ वर्षजति भयो होला । उनलाई अझै पनि कुनै पनि निकायले छुन सकेको छैन । झट्ट हेर्दा उनले अरुको परिक्षा दिन्छिन् भन्ने पत्याउन नै गाह्रो छ ।’
सीआइबीको लाचारीका कारण यस्तो बिगबिगी
स्रोत भन्छ, ‘यसरी परिक्षामा खेताला बनेर अरुको परिक्षा दिनेहरु बढ्नुमा मुख्य दोषीनै सीआइबी छ। सीआइबीमा स-प्रमाण अरुको नक्कली परिक्षा दिएको जानकारी गराउँदा पनि आफुहरुले व्यक्तिवादी मुद्धा हेर्न नमिल्ने भन्दै सीआइबीले लाचारी देखाएपछि नक्कली परीक्षार्थीको बिगबिगी बढेको हो । स्रोत भन्छ, ‘हाम्रा केहि साथीहरुले कसले कुन मितिमा कसको, कुन बिषयको कुन सेन्टरमा बसेर परिक्षा दिएको भन्ने सम्पूर्ण जानकारी सीआइबीमा दिंदापनि एक जनाको मुद्धा हेर्न नमिल्ने भन्दै टारियो ।’ अझैपनि उनले दिएको परीक्षाको सबै प्रमाण सीआइबीलाई दिन सकिन्छ । एक जनालाई समातेर सोधपुछ गर्ने हो भने, ठूलो जालो समात्न सकिन्छ । तर सीआइबीले आफ्नो क्षेत्राधिकारबारे बुझ्नुपर्ने भन्दै त्यस्ता नक्कली परीक्षार्थी र दलालहरुलाई संरक्षण गरेपछि स्थिति झन् भयावय भएको हो ।’ यता सीआइबीले भने दलाल र नक्कली परीक्षार्थीको संरक्षण गरेको भन्ने कुरा १०० % गलत भएको दावी गरेको छ । अर्थ सरोकार डटकम सँग कुराकानी गर्दै सीआइबीका इन्स्पेक्टर प्रकाश दाहालले यो आरोप जसले लगाएको भएपनि त्यो निराधार रहेको दावी गरेका छन् ।
प्रमाणनै दिंदा पनि कारवाही गर्दैन सीआइबी, टियु मौन
यसरी नक्कली परीक्षार्थी बारे स-प्रमाण जानकारी गराउँदा पनि सीआइबीले कारवाही गर्न सकेको छैन । केहि महिना अघि सञ्चालित टियुको परिक्षामा नक्कली परिक्षा दिने, दिलाउने, दिएको मिति, दिएको सेन्टर, दिएको विषयसमेत जानकारी गराउंदा समेत सीआइबीले बुझ्ने भन्दै केहि गरेको थिएन । पछी केके बुझियो त भनी पुन: सीआइबीका इन्स्पेक्टर प्रकाश दाहाललाई सोध्दा ‘एक जनाको केस रहेछ, मुद्धा व्यक्तिवादी भयो, हामीले गर्ने ठाउँ कम भयो’ भन्ने उत्तर आयो । स्रोत अगाडी भन्छ, ‘त्यहि व्यक्तिको सर्कलका अरु ३ जनाले केहि दिन अगाडीमात्र अरुको परिक्षा दिए तर कसैले पनि उनीहरुलाई पक्रन सकेन । उनलाई त्यतिबेलानै केरकार गरेको भए अहिले उनीहरु यस्तो काममा लाग्दैनथे । दलाली गर्नेहरुको फेसबुक च्याट समेत एकाध बाहिरिएको छ । दिएको परिक्षा फेल भएपछि कयौं झगडा पनि परेको छ । अपराध झन् झाँगिएको छ, तर पनि सीआइबी लाचार छ, टियु मौन छ ।’ स्रोतले भन्यो ।
यस्तो सजिलोसँग दिइन्छ नक्कली परिक्षा ! दलालहरु भन्छन्, ‘यो त बर्षौंदेखिको चलन हो !’
‘नक्कली परिक्षा दिन एकदमै सजिलो छ । केटाको परिक्षा भए केटा नै नक्कली परीक्षार्थी छानिन्छ भने केटिको परिक्षा भए केटि नै नक्कली परीक्षार्थी छानिने गरेको छ ।’ स्रोत अगाडी भन्छ, ‘ फोटोमा मिलाएर होलोग्राम उक्काउने र त्यसमा आफ्नो फोटो टाँसेर परिक्षा हलमा बस्ने । त्यसो भएपछि कसैले पनि केहि गर्न सक्दैन । खुरुखुरु परिक्षा दिने, बाहिर आउने । पैसा पहिला नै लिइसकेको हुन्छ । ‘ यसरी आफ्नो फोटो राख्न, होलोग्राम उक्काउन लगायतका किर्ते काम गर्न अरुको परिक्षा दिइरहेकाहरुलाई गाह्रो पनि छैन । ‘ यता यस्तो परिक्षा ददाली गर्नेहरुले भने यस्तो काम धेरै अघिदेखि हुने गरेको बताएका छन् । ‘अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै यस्ता एक दालालले आफ्नो नाम नबताउने सर्तमा भने, ‘फसेपनि परिक्षा दिने र दिलाउने फस्ने हो । हामेलीई कुनै मतलव हुन्न व बस कमिसन लियो, काम गर्यो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्