
देशभरि महान् राष्ट्रवादी नेताको छवि बनाउनुहुने एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू भारतको विरोधी कहिल्यै नभएको र भविष्यमा पनि भारतलाई दुख्ने व्यवहार नगर्ने कसम एक भारतीय नेतासमक्ष खानुभएको छ । गत साता काठमाडौंमा आयोजित एक उच्चस्तरीय गोष्ठीमा सहभागिता जनाउन आउनुभएका भारतीय जनता पार्टीका नेता राम माधवसमक्ष ओलीले त्यस्तो कसम खानुभएको हो ।
भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले होटेल सोल्टीमा दिनुभएको एक रात्रिभोजका क्रममा ओलीले डिनरटेबुलमै लामो स्पष्टीकरण दिँदै आफू भारतको हितैषीका रूपमा रहिरहन वचनबद्ध रहेको बताउनुभएको थियो । तर, यसरी भारतसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउन चाहेको बताइरहँदा ओलीले त्यसनिम्ति भारतले आफ्नो एउटा सर्त मानिदिनुपर्ने स्पष्ट गर्नुभएको थियो । लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखबाट हटाउन भारतले सहयोग गरे आफू भारतका हरेक चाहना पूरा गर्न तत्पर रहने भनाइ ओलीको थियो ।
ओलीको कुरा सुनेर भारतीय नेता राम माधव स्तब्ध भएका थिए । दुई देशबीच सम्बन्ध सुमधुर बनाउन ओलीले कुनै ठूलो राष्ट्रिय महत्वका सर्त राख्न सक्ने अपेक्षा राम माधवले गरेका थिए । उनको अपेक्षाविपरीत लोकमानसिंहलाई अख्तियारबाट हटाउनेजस्तो नितान्त आन्तरिक र सामान्य विषयमा सहयोग मागेका कारण उनी आश्चर्यचकित भएका हुन् । नेपालको आन्तरिक मामिलामा भारत हस्तक्षेप गर्न चाहँदैन भनी राम माधवले पटक–पटक भन्दा पनि ओलीको जिद्दी नरोकिएपछि राम माधव ‘म कुरा गर्छु’ भनेर ओलीसँग उम्किएका थिए ।
‘लोकमानलाई हटाउन सहयोग गरिदिए आफू भारतका हरेक सर्त मान्न तयार हुने’ भनी केपी ओलीले भन्नुभएको कुरालाई गम्भीरतापूर्वक लिएका राम माधवले कार्कीलाई हटाउने कुरा ओलीको उच्च प्राथमिकतामा पर्नुको कारणबारे नेपाली मित्रहरूसँग जानकारी लिन चाहेका र त्यसक्रममा ‘राज्यलक्ष्मी गोल्छा घुस प्रकरणलाई अख्तियारले अनुसन्धानको दायरामा ल्याएका कारण ओली क्रूद्ध भएको’ जानकारी पाएपछि राम माधव छक्क परेको बताइन्छ । एकातिर भारतको हस्तक्षेप भयो भन्दै कोकोहोलो मच्चाउने, अर्कातिर हस्तक्षेपका लागि निम्ता दिने एमाले अध्यक्ष ओलीको व्यवहारलाई राम माधवलगायत भारतीय नेताहरूले एमालेको दोहोरो चरित्रका रूपमा ग्रहण गरेको बुझिएको छ ।
- घटना र विचार साप्ताहिकबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्