
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा आकर्षक प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा बैंकको खुद मुनाफा १६२ प्रतिशतले बढेको छ भने प्रति शेयर आम्दानी ७१ दशमलव ७६ रुपैयाँ पुगेको छ।
यस अवधिमा नेपाल बैंकले ८६ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरि ६६ अर्ब ३ करोड रुपैयाँ लगानी गरेको छ । यस अवधिमा बैंकले १७ करोड रुपैयाँ प्रोभीजनमा राखेको छ भने ६ करोड ९५ लाख रुपैंया खराब कर्जाबाट उठाएको छ। त्यस्तै खराब कर्जा अनुपात ३ दशमलब १० प्रतिशत रहेको छ।
यस अवधिमा बैंकले संचालन मुनाफा र खुद ब्याज आम्दानीमा उल्लेख्य प्रगति गर्दा बैंकको खुद मुनाफा लोभलाग्दो देखिएको छ। गत आर्थिक बर्ष आफुसंग भएको सम्पती बेचेपछि बैंकको जगेडा कोष धनात्मक बनाई स्वस्थ हुन सफल बनेको बैंकले यस अवधिमा आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ३ लाख ४० हजार संस्थापक शेयर बेच्दा त्यसको प्रत्यक्ष प्रभाब खुद मुनाफामा देखिएको छ।
यस अवधिमा १ अर्ब १७ करोड खुद ब्याज आम्दानी गरेको छ बहने ४७ करोड ९० लाख रुपैयाँ संचालन नाफा गरेको छ। जुन खुद ब्याज आम्दानी तर्फ ६७ प्रतिशतले बढी हो भने संचालन मुनाफा २५२ प्रतिशतले बढी हो ।
हाल ६ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पुंजी रहेको बैंकले यस अवधिमा जगेडा कोष रकम १ अर्ब ५३ करोड रुपैयाँ पुर्याएको छ। त्यस्तै पुंजी कोष ७ प्रतिशतले बढेर १२२ दशमलब १२ प्रतिशतमा पुग्नुले पनि बैंकको वित्तीय अवस्था मजबुत हुँदै गएको देखाउछ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ७१ दशमलव ७६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ७ दशमलव २९ गुणा, प्रतिशेयर नेटवथ १ सय २३ दशमलव ६१ रुपैयाँ रहेको छ।
बैंकले गत आर्थिक बर्ष ३ अर्ब १ करोड ८७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेपनि लगानिकर्तालाई लाभांश बाड्न सक्ने अवस्था छैन। यद्दपी बैंकले चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजना अन्तर्गत १० बराबर २।३०८६ अर्थात २३ दशमलब ७४ प्रतिशत हकप्रद जारि गर्ने प्रक्रियामा रहेको छ।
खरिदकर्ताका लागि कम मूल्य आम्दानी अनुपात भएका कम्पनी राम्रो मानिन्छ। बैंकको मूल्य आम्दानी अनुपात ७ गुणा रहेको छ। यता बैंकले चुक्ता पुंजी ८ अर्ब पुर्याउन २३ दशमलब ७४ प्रतिशत हकप्रद जारि गर्ने प्रक्रियामा रहेको छ भने कारोबार बिस्तार गर्ने क्रममा बैंकले निक्षेप र कर्जा परिचालनमा उस्तै प्रगति गरेको छ। तसर्थ महँगोमा उचालिएर शेयर उठाउनु भन्दा सोच बिचार र गहन अध्ययन गरेर लगानी गर्ने निर्णय लिंदा दिर्घकालमा बैंकमा लगानी बढी प्रतिफलमुलक देखिन्छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्