
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – गत सोमबार अर्थसमितिले पारित गरेको बिधयेकमा उल्लेख बैंकको संस्थापक सेयर साधारणमा परिवर्तन हुने प्राबधानबारे नेपाल राष्ट्र बैंकले स्पष्ट पारेको छ। उक्त प्राबधान कार्यविधि बनाएर मात्र लागु गर्ने राष्ट्र बैंकले बुधबार लगानीकर्ता संघको टोलीसंगको भेटमा स्पष्ट पारेको हो।
बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन ९बाफिया० को संसोधन मस्यौदा संसदको अर्थ समितिबाट पारित भए पछि सेयर बजारमा बाणिज्य बैंकको शेयरको ओइरो लाग्ने भ्रम फैलाइएको थियो। जस कारण मंगलबारको कारोबारको पहिलो ३० मिनेटमा अधिकांश बाणिज्य बैंकहरुको शेयर मूल्य ओरालो लागेको थियो भने नेप्से समेत ३० अंकले घटेको थियो।
लगानीकर्तालाई विभिन्न कारण देखाउदै हतोत्साहित बनाइएको सन्दर्भमा पछिल्लो पटक बाफियालाई ुहतियारु बनाइएको प्रति चिन्तित लगानीकर्ता संघका पदाधिकारीहरु बुधबार राष्ट्र बैंकसंग यस प्राबधानबारे स्पष्टिकरण लिन पुगे। संघका पदाधिकारीहरुसंगको भेटमा राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेल तथा कानुनी प्रवक्ता रामहरी न्यौपानेले अर्थसमितिबाट पारित उक्त मस्यौदा कार्यन्वयनमा आउन लामो समय लाग्ने बताएको लगानीकर्ता संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले बिजपाटीलाई बताए ।
१० बर्ष पार गरेका बाणिज्य बैंकका संस्थापक सेयर बैंकिङ र पूँजी बजारको अबस्था अध्ययन गरी राष्ट्र बैंकको स्वीकृतिमा क्रमशस् साधारण शेयरमा रुपान्तरण हुने र यसबाट बजार प्रभावित नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छु उनले भने।
१० बर्ष पुरा गरेका बाणिज्य बैंकका संस्थापक सेयर बैंकिङ र पूँजी बजारको अबस्था अध्ययन गरी राष्ट्र बैंकको स्वीकृतिमा क्रमशस् साधारण शेयरमा रुपान्तरण हुने र यसबाट बजार प्रभावित नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
अर्थसमितिबाट पारित उक्त मस्यौदा संसदबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएर आउन समय लाग्ने छ। राष्ट्रपतीबाट प्रमाणीकरण भएर आएपछि उक्त प्राबधान नेपाल राष्ट्र बैंकले कार्यविधि बनाएर मात्र लागु गर्ने जनाएको संघका उपाध्यक्ष फुल्लेलले बताए। कार्यान्वायन गर्न विभिन्न नियम तथा कानुन बनाउनु पर्ने र निर्देशनहरु जारी गर्नु पर्ने भएकाले तत्काल यसको प्रभाब आंकलन गर्न नसकिने प्रति संघका पदाधिकारीहरुलाई राष्ट्र बैंकले बिश्वस्त पारेको छ।
बाफिया संशोधनको प्रस्तावित मस्यौदाको दफा ११ को उपदफा ४ मा , ‘ऐनको दफा ९ को उपदफा २ मा जुनसुकै कुरा लेखिएको भए पनि बैंक वा वित्तीय संस्थाले कारोबार सञ्चालन गरेको १० वर्ष पुगे पछि पूँजी बजार, बैंकिङ लगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभाव समेतलाई बिचार गरी राष्ट्र बैंकको स्वीकृतिमा संस्थापकको शेयर क्रमशः साधारण शेयरमा परिणत गर्न सक्नेछ ’ भन्ने उल्लेख छ।
पछिल्लो समय शेयर बजारमा देखिएको अवस्थाबारे लगानीकर्ता संघले नियमन निकाय लगायतका सम्बन्धित पक्षहरुसंग छलफल गरिरहेको संघका उपाध्यक्ष फुल्लेलले जानकारी दिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्