
- रोहन शर्मा
प्राथमिक निश्काशनका क्रममा म्युचुअल फण्डलाई ५% सेयर छुट्टाईन्छ। कारोबामा पुँजिगत लाभकर छुट छ। करोबार कमिसन दर मा कमिसन डिस्काउण्ट लिने गर्दछन्। यस्ता अन्य धेरै सुबिधाहरु पाए बापत उनिहरुको पनि त बजारप्रती केहि उत्तरदाईत्व हुनुपर्ने हैन?
आजै मात्र एउटा म्युचुअल फण्डका सिईओले भने कि “घट्दो बजारमा हामी जोखिम लिन सक्दैनौं।” ईण्डेक्स १८०० माथी पुग्दा सेयर बिक्री गर्ने अनि १६०० मुनी आउँदा पनि नकिनेर अझै झरोस् भनेर रमिता हेरेर बस्ने ? कम्पनीहरुको भित्री सुचना लिएर सेयर कारोबार गर्ने ? नियम अनुसार कुल रकमको २०% भन्दा बढी रकम लामो समयसम्म बैंकमा राख्न नपाउने हुँदा हुँदै पनि सेयर बिक्री गरेको ठुलो रकम लामो समयसम्म बैंक खातामा राखीरहने ? एउटा मार्केट मेकरको हैसियतमा काम गर्नुपर्नेमा मार्केट डिस्ट्रोयरको काम गर्ने?
नियमक निकायबाट सबै म्युचुअल फण्डको गत ६ महिनायताको बैंक स्टेटमेन्टका साथै कारोबारको पनि छानबिन होस्।
यदि आम लगानीकर्ता जस्तै बजारमा कारोबारीको भूमिकामा रहने हो भने माथी उल्लेखित आरक्षणहरु खारेज गरियोस् र एउटा साधारण लगानिकर्ता सरह उसलाई ब्यवहार गरियोस्।
म्युचुअल फण्ड म्युचुअल फण्डकै भूमिकामा रहने हो भने पुँजिबजारमा ज्वाईं सरह सुबिधा पाएका म्युचुअल फण्डलाई बजारमा सेयर खरिद र बिक्री गर्ने सम्बन्धमा एउटा प्राबधान बनाईयोस् जसले बजारमा कुनै अस्वभाबिक प्रभाव नपारोस्।
अन्त्यमा,
म्युचुअल फण्डलाई आफ्नो नियम र परिधीभित्र रहेर पालना गर्नुपर्ने काम कर्तब्यको बोध होस्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्