×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शेयर शिक्षा : ‘हल्लाका भरमा सेयर किन्नुहुँदैन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शेयर शिक्षा : ‘हल्लाका भरमा सेयर किन्नुहुँदैन’

२६ कार्तिक २०७३, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

इन्भेस्टिङ सर्कल प्रालिका अध्यक्ष तथा सिइओ सुनील श्रेष्ठ
सेयर लगानी गर्दा प्राविधिक विश्लेषणको कुरा आउँछ । यो भनेको के हो ? 
विगतमा एकपटक एउटा चरण पूरा गरिसकेको बजारलाई अहिले केलाएर भविष्यमा कसरी के गर्न सकिन्छ भनेर निर्णय लिनुलाई नै प्राविधिक विश्लेषण भनिन्छ । उदाहरणका लागि ०७२ वैशाखमा गएको भूकम्पलाई नै लिन सकिन्छ । १२ वैशाखपछिको भूकम्पका झट्का आउँदा पनि मानिस डराए । तर, विज्ञ यसलाई ठूलो त्रासका रूपमा लिनुनपर्ने बताइरहेका थिए । उनीहरू सानो परकम्पले ठूलो आउने सम्भावना न्यूनीकरण गर्छ भन्ने गर्थे । त्यो भनेको उहाँहरूले विगतमा भएका घटनाको अध्ययन र विश्लेषण गरी भनेका हुन् । सेयर बजारमा पनि बितेको घटना केलाएर यो प्रवृत्तिमा बजार टिकेको छ । त्यसैले बितेका घटनाका आधारमा अब आउने दिनमा कुन कम्पनीको सेयरमा के गर्न सकिन्छ भन्ने कुरो केलाउनु नै प्राविधिक विश्लेषण हो । 
सेयरको प्राविधिक विश्लेषणमा के–के कुरामा ध्यान दिनुपर्छ ? 
यसमा दुई–चारवटा कुरा हुन्छन्, त्यो ध्यान दिनैपर्ने हुन्छ । नम्बरअनुसार टिपेर केलाउने हो भने एकछिन भनेर वा एक दिन सुनाएर यो पार लाग्दैन । यसमा मुख्य कुरो लगानी प्रवृत्ति पनि हुन्छ । तपाईं कुन प्रकारको लगानीकर्ता हो ? कस्तो हिसाबले सेयर कारोबार गर्न चाहनुहुन्छ ? सेयर बजारमा कुन हिसाबले प्रवेश गर्न खोज्दै हुनुहुन्छ वा गरिरहनुभएको छ भन्नेजस्ता कुरा महत्वपूर्ण हुन्छन् । कोही आज लगानी गरेर केही वर्ष कुर्ने सोचमा हुन्छन् । कोही दुुई महिनामै बिक्री गरी नाफा कमाउने सोचमा हुन्छन् । यसको विविधताअनुसार ध्यान दिनुपर्ने कुरा फरक हुन्छन् ।

प्राविधिक विश्लेषण नगरी लगानी गर्दा घाटा हुने सम्भावना कत्तिको रहन्छ ? 
यो भनेको साइकल चलाउन नजान्नेले मोटरसाइकल चलाउन खोजेजस्तै हो । सफलता हात लाग्न पनि सक्छ । तर, साइकलबाट लड्दा सानो घाउचोट लाग्ने र मोटरसाइकलबाट लडे ठूलो चोट लाग्नेजस्तै हो । कुनै कुराको ज्ञान भएर सेयर कारोबार गर्नु र ज्ञानविना नै कारोबार गर्नुमा आकाश–जमिनकै फरक हुन्छ । जुनसुकै व्यवसाय गर्दा ज्ञान भएर गर्नु र नभई गर्नुमा जुन फरक हुन्छ, सेयर बजारमा प्राविधिक विश्लेषणको ज्ञान पनि त्यस्तै हो । त्यसैले प्राविधिक विश्लेषण नगरी लगानी गर्दा जोखिम बढ्ने सम्भावना धेरै हुन्छ । त्यसले घाटाको सम्भावना पनि बढाउँछ ।
प्राविधिक विश्लेषण गरी लगानी गर्दा नाफा हुने ग्यारेन्टी लिन सकिन्छ ?
यसमा ग्यारेन्टीभन्दा पनि घाटा न्यूनीकरण गर्न सकिन्छ । घाटा न्यूनीकरण गर्नु भनेकै कमाउनु हो । कसैको कुरा सुनेर हल्लाका भरमा सेयर किन्दा वा बेच्दा घाटाको सम्भावना हुन्छ । नेपालमा हल्लाकै भरमा सेयर किन्ने र कति पुग्दा बेच्ने, कहिले बेच्नेजस्ता कुराको योजना हुँंदैन । तर, प्रावधिक विश्लेषणले यो ज्ञान दिन्छ । त्यसैले नाफाको ग्यारेन्टीभन्दा पनि जोखिम न्यूनीकरण भने पक्कै हुन्छ । 
प्राविधिक विश्लेषणको ज्ञान लिने कसरी ? 
सेयर कारोबारका बारेमा प्राविधिक ज्ञान दिने इन्स्टिच्युटमा गएर तालिम लिन सकिन्छ । पहिले तालिम लिएका साथीसँग यस्ता स्थानको बारेमा जान्न सकिन्छ । त्यस्तै तालिम दिने व्यक्ति कस्तो भनेर ती इन्स्टिच्युटमा गएर बुभ्mन सकिन्छ । तलिम लिँदा पनि यस्ता कुरामा ध्यान दिनुपर्छ । थोरै पुँजीलाई कसरी सेयर कारोबारबाट बढी कमाउने भन्ने कुरा थाहा पाउन ज्ञान त चाहिन्छ नै ।

सामान्यतः सेयर कारोबारीले कति समयमा बेच्छन् ? 
यति समय भन्ने हुँदैन । तर, प्राविधिक ज्ञान लिएपछि बढीमा ३ महिनामा सेयर बेच्ने आधार बन्छ । सेयर किनेर वर्षौँ राख्नेले तालिम लिन त्यति जरुरी नभए पनि छिटो–छिटो किनबेच गरेर पैसा कमाउने हो भने बढीमा ३ महिनाको लक्ष्य राख्ने गरिन्छ । 
संस्थागत लगानीकर्तासँग भन्दा व्यक्तिगत लगानीकर्तासँग पुँजी कम हुन्छ । त्यसैले संस्थागत लगानीकर्ताका कारण व्यक्तिगत लगानीकर्तालाई असर पर्छ कि पर्दैन ? 
यसमा असर पर्दैन । किनकि, नेपालमा संस्थागत लगानी गर्दा पनि हजारौँ कित्ता पाइँदैन । १–२ सय कित्ताका दरले किन्नुपर्छ । त्यसैले व्यक्तिगत लगानीकर्तालाई पनि त्यत्तिकै अवसर छ ।

-नयाँ पत्रिका 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी