
- सेयर बजारको पछिल्लो अवस्था र बजार गुरु रोहन शर्माको विचार
चाडपर्व अगाडी हरियाली छाउँदै बन्द हुने अनि चाड पर्वपछी लगातार केहि समय ओरालो लाग्ने बजारको प्रवृती योपालीको मात्र हैन । बिगतका बर्षहरुमा पनि यस्तै थियो । फरक झट्काको मात्र हो । अर्थात् भुकम्पलाई मापन गरिने रेक्टर स्केल जस्तै यता पनि सानो तिनो भुकम्प गईनैरहन्छ । मात्र फरक रेक्टरस्केलको हो ।
बजार निरन्तर बढ्दा आफ्नै धुनमा क्ल्याकुलेटरमा हिसाब गरेर रमाउने अधिकाँश लगानिकर्ता मित्रहरु बजार निरन्तर घट्दा भने आत्तीनने गरेको पाईन्छ । मलाईपनि यस्तै बेलामा अन्य समय भन्दा बढी ईन्क्वाईरीहरु आउने गरेको छ ।
सबैको जिज्ञासालाई यहिं मार्फत समाधान गर्ने प्रयास गरेको छु ।
- बजारका दुई पाटाहरु छन्, उतार अनि चढाव्, आर्थत् बढ्नुमात्र पनि बजार होइन, अनि घट्नुमात्र पनि बजार होइन । बजार चल्न घट्नु र बढ्नु दुबै आवश्यक छ ।
- बिना कुनै ठोस कारण चाडपर्व अगाडी बजार बढ्नुको मुख्य कारण भुक्तानीनै हो । लगानिकर्ताले दशैं तिहार अगाडी किनेको सेयरको भुक्तानी चाढ पर्व पछी मात्र गरे हुने हुँदा उनिहरु यो समय लामो छुट्टी हुने र पछी बजार बढ्ने आशामा लगानी बढाउँछन्। चाड पर्व पछी छोटो समयको लागी लगानी गरेकाहरुले आफुले सोचे जस्तो नहुने र सेयर खरिद रकम भुक्तानी पनि गर्नुपर्ने हुँदा बजारमा बिक्री चाप पर्नु स्वभाबिकनै हो । चाड पर्व अगाडी बढ्ने अनि पछाडी घट्ने मुख्य कारण यहीनै हो ।
- असार श्रावणको समयमा यो सालको लाभांशलाई लक्षित गरेर लगानी गरेकाहरुले बोनस तथा हकप्रद खाएर बिक्री गर्ने मनस्थिती बनाएका हुन्छन्। हुन पनि पछिल्लो समयमा दिन दुगुना रात चौगुनाका दरले लगानीकर्ताको सेयर सँख्या बढ्दै गएको छ । बोनस -राईट अनि फेरी बोनस! सेयर सँख्या यसरि बढ्दा लगानीकर्ता बजारबाट आफ्नो लगानी सुरक्षित गर्ने केहि बिक्री गरी बाँकी सेयर फ्री गराउने तर्फ लाग्दछन्, फलत पुर्तीलाई मागले धान्न गाह्रो परेकोले बजारले लाल सलाम गर्दछ।
अहिले बजारका नकारात्मक तथा सकारात्मक पाटोहरु:
नकारात्मक पक्षहरु:
- राष्ट्र बैंकको पछिल्लो नितीले बैंक हरुलाई लगानी योग्य रकम बढाउनु पर्ने भएकोले गर्दा डिपोजिट आकार्षित गर्न ब्याज बढाएका छन्। यसलाई पनि एउटा हाउगुजीनै बनाईएको छ कि बजारमा तरलता अभाव भयो भनेर ।
- अर्को हल्ला सेयर बजारको पैसा बाहिरियो भनेर मिडियामा चर्चा चल्ने गर्दछ । सेयर बजारको पैसा मुख्य घर जग्गामा मोडियो भन्ने कुरा बेला बेलामा चल्ने गर्दछ। अहिले पनि यदाकदा यस्तै हल्ला चल्ने र चलाईने गरेको पाईन्छ ।
- सामाजिक सँजालमा पनि अहिले प्राय सबै लगानीकर्ताको पहुँच पुगेको छ। कतिपयले त सार्बजनिक फोरममा गरिएको कुरालाईनै आधार मानेर लगानी गर्ने गर्दछन् । बजार बढ्दा झन् बढ्ने र घट्दा झन् घट्ने अवस्थाको लागी यस्ता फोरमहरुले पनि केहि मात्रामा देन दिने गरेका छन् ।
- रेमिटान्सको बृद्धिदर खुम्चिएर गत बर्षहरु भन्दा ओरालो लागेको छ ।
- बजारको आकार र सेयर सँख्या बढे अनुरुप बजारको बिस्तार हुन सकेको छैन। सँस्थागत लगानिकर्ताको उपस्थिती पनि त्यती प्रभावकारी हुनसकेको छैन। उनिहरु अहिले पनि सिकारु अवस्थामै छन्।
बजारका सबल पक्षहरु:
- बैंक ब्याजदर बढे पनि अहिलेको अवस्थामा सेयरबाट पाउने प्रतिफलको दाँजोमा यो एकदमै न्युन हो । १/२% ब्याज बढ्दैमा आत्तीनु वा घट्दैमा मात्तीनु जरुरी छैन। नियामक राष्ट्र बैंकले समय समयमा चाल्ने यस्ता कदमहरुको उदेश्य बिगार्ने हिसाबले नभई सन्तुलन मिलाउननै हो ।
- सेयर बजारको पैसा घर जग्गामा गए पनि पछी फेरी आउने सेयर बजारमै हो । सानो तिनो रकमले घर जग्गा पाईंदैन । अहिले बजार चलाउने पनि साना र मध्यमस्तरका लगानीकर्तानै हुन् ।
- सामाजिक सँजालका हल्ला लाईनै सत् प्रतिशत आधार मानेर लगानी गर्नेलाई राम राम मात्र भन्न सकिन्छ काँध थाप्न सकिन्न। तसर्थ सँजालहरु भनेको प्राय हावाको बहावमा चल्ने गरेको पाईन्छ। सही गलत छुट्टाउने जिम्मा आफ्नै ।
- बाहिरबाट आउने रेमिटान्स घट्नुको अर्थ युवा शक्तीको फिर्ती र नयाँ जनाशअक्तीको खाडी जान कमी भन्ने बुझ्नु पर्दछ। यसको अर्थ अब अवसर नेपालमै छ र यही बहिर भन्दा धेरै गर्न सकिन्छ भन्ने हो। बिभिन्न निकायबाट रेमिटान्स घट्यो भनेर गरिएको रोदनको कुनै अर्थ छैन । के देश सँधै रेमिटान्सबाट मात्र चलाउने ? युबाहरु सँधै अरुको गुलाम बनेर खाडीमा आफ्नो जवानी अर्पण गर्ने? अब त्यो युवा जोश स्वदेशमै प्रयोग हुन्छ। अनी हुन्छ देशको अर्थतन्त्रमा कायापलट ।
- राजनितिक माहौल त्यस्तो नराम्रो छैन । दिन प्रतिदिन सुध्रदो छ ।
- गत बर्ष अहिले सम्मकै न्युन रहेको आर्थीक बृद्धिदर यो बर्ष अहिले सम्मकै उच्च हुने प्रक्षेपणहरु पनि आउन थालेका छन् ।
- नियामकबाट एनआरएनलाई लगानी गर्ने बातावरणको लागी प्रयास हुनु , लगानीकर्ता मैत्री नितीनियमहरुले प्राथमिकता पाउनु , बजारको समग्र बिकासका कुराहरुले प्राथमिकता पाउनु जस्ता कुराहरु बजारका लागी अत्यन्त सकारात्मक पक्षहरु हुन् ।
- हालै प्रकाशित हुन सुरु भएको कम्पनीहरुको पहिलो त्रैमाशिक रिपोर्टले ” Morning shows the day” भने जस्तै छनक देखाई सकेको छ । कम्पनीहरुले गत बर्ष लगानिकर्तालाई बितरण गरेको लाभाँशको तुलनामा कमाइको बृद्धीदर निकैनै बढी रहेको छ। यसबाट आगामी दिनमा लगानिकर्ताले प्राप्त गर्ने प्रतिफल झन् बढ्ने अपेक्षा गर्न सकिन्छ।
अन्त्यमा,
एउटा सानो थ्योरी , सुझबुझका साथ लगानी गरौं, बढ्दा बिक्री गरी नाफा सुरक्षित गरौं, घट्दा छानी छानी राम्रा सेयर किनौं, धेरै बढ्दा हौसिएर नकीनौं अनि धेरै घट्दा आत्तिएर नबेचौं। घट्नु र बढ्नु बजारको चक्रनै हो। बढ्नु जस्तै घट्नु पनि एउटा अवसरनै हो। लगानी गर्दा दिर्धकाललाई सम्झेर गरौं। अल्पकालमा तनाव रहित जिवन जिउँ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्