×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकको सरुवामा पांडेपजनी !

अर्थ सरोकार

प्रकाशित मिति : ३ पुष २०७३, आईतवार

PRIME CA

राष्ट्र बैंकको सरुवामा पांडेपजनी !

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूमध्ये हालैमात्र ४ जनाको जिम्मेवारी बाडफाट गरिएको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक शिवनाथ पाण्डे अनिवार्य अवकाशको निम्ति बिदामा बसेपछि रिक्त रहेको पद र अर्का कार्यकारी निर्देशक डा. मीनबहादुर श्रेष्ठले योजना आयोगको उपाध्यक्षमा नियुक्त भएपछि दिएको राजीनामापश्चात् खाली हुन आएको पदमा दुई जना निर्देशकलाई कायम मुकायम दिइएको छ । साथै, रिक्त हुन आएका विभागहरूमा कार्यकारी निर्देशकलाई जिम्मेवारी फेरबदल गरिएको हो ।
पाण्डेले सम्हाल्दैआएको नियमन विभागमा यसअघि बैंक सुपरीवेक्षण विभागमा रहेका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेललाई लगिएको छ भने पौडेल रहेका बैंक सुपरीवेक्षण विभागमा कार्यकारी निर्देशक महश्वरलाल श्रेष्ठलाई खिएको छ । श्रेष्ठ यसअघि आन्तरिक लेखा–परीक्षण विभागमा थिए । त्यसअघि उनी केही समय बैंक सुपरीवेक्षण विभागमा निर्देशक थिए भने, त्यसअघि झन्डै ५ वर्ष नेपाल बैंकको व्यवस्थापनको
जिम्मेवारीमा गएका थिए ।
पुस ३ गतेदेखि सेवा निवृत्त हुन लागेका शिवनाथ पाण्डेलाई चाहि कागजीरुपमा बैंकको जनशक्ति व्यवस्थापन विभागको जिम्मेवारीमा राखिएको छ । तर, उनी अनिवार्य बिदामा बसेका कारण निर्देशक गोपालप्रसाद भट्ट झण्डै दुई महिनादखि जनशक्ति व्यवस्थापन विभागको कार्यकारी निर्देशकमा कायम–मुकायम व्यहोरिरहेका छन् । 
सबैभन्दा वरिष्ठ कार्यकारी निर्देशकले सम्हाल्नुपर्ने जनशक्ति व्यवस्थापन विभागमा विभागीय कायम–मुकायम दिइएका निर्देशकलाई राख्नुले बैंकको आन्तरिक प्रशासन चुस्त रहेको सन्देश जान सकेको छैन । गभर्नर चिरञ्जीवी नेपालले आफु राष्ट्र बैंक गएपछि सबैभन्दा धेरै चलाएको विभाग नै जनशक्ति हो । उनले सुरुमा आफु जानासाथ नारायणप्रसाद पौडेललाई त्यस विभागको प्रमुख बनाए भनेपछि उनलाई सुपरिवेक्षणमा ल्याएर शिवराज श्रेष्ठलाई लगे । शिवराज श्रेष्ठ डेपुटी गभर्नर भएपछि त्रिलोचन पंगेनी सो विभागको प्रमुख बने । पंगेनीले  गभर्नरसँग  पङ्गा लिएर भनेअनुसार काम नगरेपछि उनलाई सो बिभाग र प्रवक्ताको जिम्मवारीबाट समेत  हटाएर अहिले अवकाशका लागि विदामा बसेका शिवनाथ पाण्डेलाई लगिएको हो । 
अब गभर्नरको योजनाअनुसार डा. भट्टलाई नै सो विभागको प्रमुख बनाउने तयारी छ । त्यसैगरी, निर्देशकहरू डा. वामदेव सिग्देललाई कायम–मुकायमसहित वित्त व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ भने, वासुदेव अधिकारीलाई आन्तरिक लेखा–परीक्षण विभागको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ । सिग्देल यसअघि मुद्रा व्यवस्थापन विभागको निर्देशक र अधिकारी विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागको निर्देशकमा कार्यरत थिए । 
१७ जना कार्यकारी निर्देशकमध्ये झन्डै आधाजसो विभागीय जिम्मेवारी सम्हाल्ने क्षमताको नभएका र त्यसमध्ये पनि ३ जनाले चाही“ अहिले नै विभागीय जिम्मेवारी नलिन हात उठाइसकेकाले उनीहरूलाई आगामी केही वर्ष कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता उच्च व्यवस्थापनलाई रहेको स्रोतले बताएको छ । एक जनालाई गभर्नरको कार्यालयमा हाजिर गर्ने व्यवस्था मिलाइने र अर्को एकजनालाई तालिम केन्द्रलाई अपग्रेड गरेर त्यहाँ राख्न सकिने बताइएको छ । 
जबकी तालिम केन्द्रलाई भूकम्पपछि डाउन साइजिङ्ग गरिएको हो । गभर्नर, डेपुटी गभर्नर र सञ्चालकहरूलाई नियमित विदेश जानुपरेकोले फुर्सद नभएका कारण एक महिना अघि बढुवा भएका निर्देशकहरूको पदस्थापन र केहीको सरुवा आजसम्म हुन सकेको छैन । बढुवा भएकामध्ये पूर्व गभर्नरको कार्यकालभरी गभर्नरको कार्यालयमा बसेका र सञ्चालक समितिको सचिवसमेत रहिसकेका अशोककुमार पौडेललाई हालको बैंक सुपरीवेक्षण विभागबाट धनगढीको मेनेजर बनाइने लगभग पक्का भएको छ । 
धनगढीका मेनेजेर विश्रुत थापालाईचाहि नयाँ खुलेको पेमन्ट एण्ड सेटलमेन्ट नामक विभागमा ल्याउने र उक्त विभागका निर्देशक रामबहादुर मानन्धरलाई विदेशी विनिमय विभागमा सरुवा गर्ने योजना बनिसकेको छ । थापा यसअघि धनगढी सरुवा हुँदा ेआफुलाई पेलेको भन्दै निकै असन्तुष्टी जनाएका थिए । यसपटक उनलाई काठमाडौं तानेर महत्वपूर्ण जिम्मेवारी दिने बताइएको थियो । पेमेन्ट एण्ड सेटलमेन्ट विभाग नया खुलेपनि अधिकारको हिसावले बलियो र मालदार मानिएको छ । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी मातहतका विदेशी विनिमय विभागमा  अर्का डेपुटी शिवराज श्रेष्ठ निकट मानिएका मानन्धरलाइ लैजाने तयारी भएकामा शिवाकोटी भने रुष्ट छन्  । 
यस्तैमा शिवाकाटीले आफुलाई नशक्ति विभागका  निणयर्का  बलमा पेल्न  खोजेको बताउंदै गभर्नर डा. नपालसँग असन्तुष्टी पोखिसकेका छन् ।  बढवा भएकामध्ये निर्देशक रविन्द्र महर्जन वित्त व्यवस्थापन विभाग, विमलराज खनाललाई नियमन विभाग, विनादराज आचार्यलाई कम्पनी सुपरीवेक्षण विभाग, प्रेमनाथ गातमलाइ  सामान्य र्स  वा विभाग र रामप्रसाद गौतमलाई जनशक्ति व्यवस्थापन विभागमा राखिने तयारी गरिएको जनशक्ति व्यवस्थापन विभाग सा्रतले जनाएका े छ ।

साना तहमा झनै मारामार 
अघिल्लो साता राष्ट बैंकमा भएको सरुवाको निर्णयमा त्यहाका कर्मचारी युनियनका ठूला पदाधिकारीले नै टेबुल ठोकेर आफ्ना लागि सिट सुरक्षित तुल्याएका थिए । विशेषगरी एमाले निकट र कांग्रेस निकट ठूला युनियनहरूले मुड्की बजारेर आफ्नोअनुकूलको सरुवा गराएका थिए । यो दौडमा सबैभन्दा अगाडि कर्मचारी संघका अध्यक्ष वसन्तराज पाण्डे देखिए ।
 पूर्व गभर्नर युवराज खतिवडाको नियुक्तिसँगै  बैंक सुपरीवेक्षण विभागमा सरुवा भएर रजगज गरेका पाण्डे यतिखेर स“धैजसो काजमा हि“ड्न पाइने लघुवित्त प्रवद्र्धन तथा सुपरीवेक्षण विभागमा पुगेका छन् । बैंकिङ सुपरिवेक्षणपछि लघुवित्त सुपरिवेक्षणलाई मालदार विभागको रुपमा लिइन्छ । त्यस्तै, एमाले युनियनकै केन्द्रीय समितिका श्यामराज त्रिपाठी नियमन विभाग, कृष्णप्रसाद गौतम रिजोलुसन महाशाखा, दण्डप्रसाद खरेल सस्थागत योजना  विभाग, सुमनकुमार नेपाल विदेशी विनिमय विभाग, शिवप्रसाद पहारी लघुवित्त, इमबहादुर क्षेत्री बैंक सुपरीवेक्षण विभागमा जाने तय भएका मुख्य व्यक्तिमा पर्छन् । 
उता कांग्रेस युनियनका ठूलाबडाहरूले पनि आफूलाई गतिलो ठाउमा सरुवा गराउन हैसियतअनुसारको कसर बाँकी राखेनन् । यसरी आकर्षक ठाउ“मा पुग्ने भाग्यमानीहरूमा पिताम्बर पोखरेल बैंक सुपरीवेक्षण विभाग, मिना अधिकारी विदेशी विनिमय विभाग, प्रल्हाद खड्का विदेशी विनिमय बिभाग, रविन्द्र भट्टराई वित्तीय जानकारी इकाई, शर्मिला श्रेष्ठ लघुवित्त सुपरिवेक्षण विभाग छन् । 
त्यसैगरी, माओवादी केन्द्र निकट संगठनका सचिव राजेश सुवेदी विदेशी विनिमय व्यवस्थापन र आशबहादुर थापाले बैंक सुपरीवेक्षण विभागमा छलाङ्ग मारेका छन् । बैंकभित्र संगठनको अस्तित्व लगभग लोप भइसकेको वैद्य माओवादीनिकट संगठनका अध्यक्ष दिलबहादर सुब्बा आङ्गदम्बेले पनि निकै आकर्षक मानिने वित्तीय जानकारी इकाइमा अग्रगमन भन्दै आफ्नो सरुवा गराएका छन् । लामो समय एउटै विभागमा बसेका कतिपय कर्मचारीलाई अझै सरुवा नगरिएको भन्दै कर्मचारी संघका केही अगुवाले हालै जनशक्ति व्यवस्थापन विभागमा घेराउको प्रयास पनि गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: