×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उत्ताने र घोप्टेहरुको कुरा नासुनौं, बजार यसकारण घटेको हो र यसकारण बढ्छ भन्ने बुझौं…

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

उत्ताने र घोप्टेहरुको कुरा नासुनौं, बजार यसकारण घटेको हो र यसकारण बढ्छ भन्ने बुझौं…

७ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

हिजोआज सेयर बजारमा विश्लेषकहरुको भीडमा आफुलाई पनि विश्लेषक भन्न रुचाउने तर बजारबारे खास ज्ञान नभएकाहरुको हालीमुहाली छ । कोही २५०० पुग्छ भनेर ठोकुवा गर्छन त, कोही १२०० मा आउंछ भनेर। कसैलाई बजार बढ्दा टाउको दुख्छ त कसैलाई घटदा । सामाजिक संजालको एकोहोरो रटानलाई  आधार मानी आफुलाई विश्लेषक भन्नेहरु धेरै छन् । त्यो पनि विना तर्क। 
बस्, उत्तानो र घोप्टोको कुरा गरे पुग्यो । आखिर किन दुख्छ यिनीहरुको टाउको ? यसरी बढ़ने र घट्ने सिलसिला नचल्ने भए किन किन्नू पर्यो सेयर ? बैंकमा लगेर राखे भयो । ब्याजमा लगाए हुन्छ पैसा । आखिर किन हो यस्तो रुवाबासी ! अहिलेको समाज धेरै बिकसित छ । धेरै बुझेको मान्छे बाजारमा छन् । उनीहरु मौन छन् । तर खास ज्ञान नभएकाहरु बजारमा हल्ला गर्दै हिंडेका छन् । हे भगवान, त्यस्तो धेरै ज्ञान भए किन गाइ पाल्ने ? किन खेत धीतो राखेर सेयर बजारमा लगानी गर्नु ? 
निश्चयनै अहिले बाजार घट्दो क्रममा छ । इतिहास हेर्दानै यो घटने समय हो । सबै कंपनीले लाभांस घोषणा गरीसके । यो बेला सेयर किन्नु भनेको थारो गाई किन्नू सरह नै हो । त्यसलाई दूध दिने बनाउन त समय अवश्य लाग्छ नै । त्यसै अहिले शेयर किन्नू भनेको केवल भविष्यको लागि विचार गरेर किन्ने हो । घटेको दाममा राम्रो कम्पनीको किन्ने ,जसको भविष्य उज्जवल छ,  राम्रो लाभांस दिन सक्छ, त्यहि किन्ने हो ।
बाजार सधै भरी घटिरहन्छ भन्नेनै हुन्न र बढ़िरहन्छ भन्नेनि हुन्न । केहि समय पश्च्चात बाजारले फेरी उक्लिने क्रमको सुरावत गर्ने छ । यो समय भनेको राम्रो कंपनीको शेयर आफ्नो दाममा किन्ने हो ताकि भविष्यमा मा त्यसको प्रतिफल प्राप्त होस् । 
अर्को कुरा के बुझ्न आवश्यक छ भने सेयर बाजार एउटा मान्छेको मनोबिज्ञान हो जो माग र पूर्तिमा निर्भर रहन्छ । अहिले बाध्यकारी बोनस र राईटले बजारमा सेयरको आपूर्ति बढाएको छ तर माग उहिनै छ । जसले गर्दा बाजार घटीरहेको छ । 
साथै मानिसको मनोविज्ञान अहिले कमजोर छ ।  यसलाई राम्रो बनाउन केहि समय लाग्छ नै । त्यसैले यो समय राम्रो राम्रो कम्पनीको थोरै-थोरै सेयर किन्नेनै हो । समग्रमा भन्दा अहिले बाजार घट्नु को कारण निम्न हुन् :
१- अधिकांस कंपनीले लाभांस घोषणा गरिसकेको अवस्था ।
२ बजारमा  तरलताको कमी ।
३ सरकारले पूंजीगत खर्च  गर्न नसक्नु ।
४ बैंक ब्याजदर बढ्नु ।
५ राजनीतिक अस्थिरता ।
६ र लगानीकर्ताको कमजोरर मानसिकता ।
तर यो समस्या बिस्तारै हल हुदै जानेछ।  यो घट्दो बाजार केहि समय पस्चात पुरानै लयमा फरकाने निश्चित छ । निम्न कुराले बाजार पुरानै लयमा फर्कन्छ भन्ने आधार प्रस्तुत गर्न सकिन्छ –
१ पौषबाट अधिकांस कंपनीले दोस्रो त्रैमासिकको रिपोर्ट प्रस्तुत गर्न सुरुवात गर्नेछन जसले गर्दा आगामी वर्षको लाभांस अनुमान लाउन सुरुवात हुनेछ ।
२ सरकारले चैतभित्र स्थानीय निकायको निर्बाचन सम्पन्न गर्नुपर्ने बाध्यताले राजनीतिक वातावरण हुनेछ ।
३ बिस्तारै सरकारले पूंजीगत खर्च बढाउनेछ जसले गर्दा बाजारमा तरलताको समस्या हल हुनेछ ।
४ तरलताको समस्या समाधानसँगै बैंक ब्याज घट्ने छ ।
५ धितोपत्र बोर्डले अस्वा लागू गरेसँगै आईपिओको शेयर बाँडफाँड चाडो हुनेछ जसले बजारलाइ चलायमान बनाउनेछ  ।
६ देशको आर्थिक सुचक राम्रै हुनेछ समग्र आर्थिक बिकास ५.५ भन्दा माथिनै हुनेछ । 
७ अनलाइन ट्रेडिंङको ्यव्यवस्था विस्तारै हुनेछ । 
८ बैंकलाई  ब्रोकरको लाइसेंस दिइनेछ । ब्रोकरको दायरा फराकिलो हुनेछ ।  जसले मागको सृजना गर्ने छ । 
समग्रमा भन्दा नेपाली पूँजी बजारको भविष्य राम्रै छ । तर लगानी गर्न जन्नु पर्यो राम्रो कम्पनीमा लगानी गर्नु पर्यो । जोखिम के मा हुन्न र  बस सकरत्मक सोचाइ हुनुपर्यो । 
उत्ताने र घोप्टेहरुको कुरा नासुनौं । बुझेर लागानी गरौँ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: