×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेर्नुस विश्वका पाँच सबैभन्दा महंगा शहरहरु

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

हेर्नुस विश्वका पाँच सबैभन्दा महंगा शहरहरु

१६ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – पैसा कमाउने र सानदार शहरमा बस्ने सपना त जो कोहीको पनि हुन्छ । त्यसमध्ये पनि युरोप तथा अमेरिका जस्ता देशका मख्य शहरहरु अर्थात  कुनै शहरहरु मानिसको  रोजाइमा पर्न सक्छ । तर तपार्इ अनुमान गर्न सक्नुहुन्छ रु कुन होला विश्वको सबैभन्दा महंगो शहर जहाँ घर वा अपार्टमेन्ट किन्नु दिवास्वप्न मात्र  पनि हुन सक्छ ।
यूरोप वा अमेरिकाका शहरहरु महंगा भन्ने मान्यतालार्इ हालै अक्सफोर्ड इकोनोमिक्सले गरेको एक अध्ययनले गलत सावित गरिदिएको छ ।
अध्ययनलार्इ आधार मान्दै फोर्ब्सले सार्वजनिक गरेको ५ महंगा शहरका सूचिमा चारवटा त यशियामा परेको छ । यि शहरहरुमा ९७० वर्गफूटको एउटा अपार्टमेन्ट किन्नकालागि एक ब्यक्तिको ३० वर्षको औसत आय भन्दा बढि रकम आवश्यक पर्ने अध्ययनले देखाएको छ ।
५ लन्डन
लन्डनको रियल स्टेट सेक्टर सोच्नै नसक्ने गरी महंगिएको छ। बर्सेनी प्रोपर्टीको भाउ डबल डिजिटमा बढिरहेको छ। यहाँका घरहरु एकदम महंगा हुँदै गएका छन्। सन् २००६ मा २ लाख ५७ हजार पाउण्डमा पाइने घर अहिले ४ लाख ७४ हजार पाउण्ड पर्छ। घरहरुको भाउमा ८४ प्रतिशतसम्मको बृद्धि देखिएको छ। यसैबाट बुझ्न सकिन्छ लन्डन शहर कति महंगो सावित भएको छ।
सामान्य मानिसले कल्पना नै गर्न नसक्ने गरी यहाँका घरहरु महंगिएको छ। सामान्य मानिसले चिताउनै नसक्ने गरी बढिरहेको भाउलार्इ घटाउन सरकारी प्रयास नभएको पनि होइन। तर रियल स्टेटको भाउ घटाउन भएको सरकारी प्रयास केही काम लागेन। सरकारले लग्जरी प्रोपर्टीका लागि लगाइने दरहरुमा परिवर्तन ल्याउने प्रयास समेत गरेको छ। यहि कारण यो वर्ष हाउजिङको भाउ केही घट्न सक्ने संकेत अध्ययनले गरेको छ।
४ सांघाइ
महंगा शहरहरुको चौथो नम्बरमा छ सांघाइ । सांघाइ चीनको सबैभन्दा ठूलो प्रोपर्टी मार्केटको रुपमा विकसित भैरहेको छ । यो सालमात्रै सांघाइमा गत वर्षभन्दा ४० प्रतिशतले रियल स्टेटको भाउ बढेको छ । गत अगस्ट एकै महिनामा मात्रै ५ प्रतिशतले बढेको हाउजिङ रेट बढेको सांघाइमा यो दर घट्ने कुनै छाँटकाँट देखिदैँन।
सन् २०१५ मा घरेलु स्टक मार्केटमा आएको मन्दीले धेरै लगानीकर्ता प्रोपर्टी तिर आकर्षित भए । हाउजिङ ब्यवसायमा लगानी बढाएका ब्यवसायीहरु यतिखेर हौसिएका छन् । परिणाम आज सांघाइ विश्वको महंगा शहरहरुको सूचिमा चौथो नम्बरमा छ । हाउजिङ ब्यबसायलार्इ कुल डाउन गर्नका लागि सरकारले खरिद सिमा तथा मोर्ट्गेजको सिमा नै तोकेर  नयाँ प्रावधान ल्याएको छ ।
३ बेइजिङ
चीनको राजधानी शहर बेइजिङ पनि महंगा शहरहरुको सूचिमा तेस्रो नम्बरमा छ । बेइजिङमा प्रोपर्टी जोड्न कति पैसा लाग्ला अन्दाज गर्नसक्नुहुन्छ । बेइजिङमा हाउजिङको लागि प्रति वर्ग मिटर ५ हजार ८ सय २० डलर तिर्नुपर्छ। गत सेप्टेम्बरमा मात्रै हाउजिङ रेट ३० प्रतिशतले बढेको छ । चीनका अरु ठूला शहरहरुमा ११ प्रतिशतले मात्र हाउजिङको भाउ बढ्दा बेइजिङमा भने ३० प्रतिशतले बढेको छ बेइजिङ कति महंगो छ भनेर बुझ्नका लागि यति नै काफी छ ।
२ मुम्बइ
अचम्म मान्नुपर्ने केही छैन । सबैभन्दा ठूलो सुकुम्बासी बस्ती भएको  भारतको साँघुरो शहर मुम्बइ अहिले विश्वकै महंगो रियल स्टेट को शहरका रुपमा चिनिएको छ । मुम्बइको प्रोपर्टी मार्केटको विकासको गति यति तीब्र छ कि यहाँ रियल स्टेट ब्यापारीहरु धमाधम हाउजिङ ठड्याइरहेका छन् । सामान्य मानिसले कल्पनै गर्न नसक्ने गरी यहाँका हाउजिङहरु महंगा छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक हजार र पाँचसयका नोटमा लगाएको प्रतिबन्धका कारण केही सुस्ताएको छ । ट्याक्स छल्नका लागि नगदमा कारोबार हुने गरेको रियल स्टेट सेक्टरमा यो नोटबन्दीको प्रभाव स्पष्ट देखिएको छ । यो सेक्टरको मूल्य सन् २०१७ मा ३० प्रतिशतसम्मले घट्ने अनुमान अध्ययनले गरेको छ ।
१ हङकङ
विश्वकै सबैभन्दा महंगो शहर हो हङकङ । महंगा शहरहरुको सूचीको टप लिस्टमा विगत सात वर्षदेखि हङकङ नै रहेको छ । हङकङलार्इ अझैपनि निकै महंगो र घर किन्नै नसकिने ठाँउका रुपमा लिइन्छ ।
कम ब्याज दर र धनाढ्य चिनियाँ खरिदकर्ताहरुको चापका कारण हङकङको रियल स्टेट मार्केट सामान्य मानिसको कल्पनामा पर्नै सकेको छैन । यहाँ मध्यमबर्गका सामान्य मानिसले घर वा प्रोपर्टी किन्ने सपना देख्नु मूर्खता सिवाय अरु केही हुन सक्दैन । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: