×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्जा प्रवाह रोकियो, मुलुक गम्भीर वित्तीय संकटमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कर्जा प्रवाह रोकियो, मुलुक गम्भीर वित्तीय संकटमा

Artha Sarokar

१२ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – वित्तीय क्षेत्र यतिबेला गम्भीर संकटमा पर्न थालेको छ । लगानीयोग्य रकम अभावका कारण बैंकहरुले कर्जा प्रवाह ठप्प पारेका छन् । लगानीका लागि बैंकबाट कर्जा नपाउँदा वित्तीय क्षेत्र संकटतर्फ गएको हो ।
नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाह पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकबाहेक अन्य बैंकसँग कर्जा प्रवाहको लागि चाहिने रकम नभएको बताउँछन् । हामीले कर्जा प्रवाह पूर्ण रुपमा रोकिसकेका छौं, उनले भने अर्थतन्त्रमा कर्जा प्रवाह नहुँदा आउने असर गम्भीर हुन्छ यसमा सरकार र केन्द्रीय बैंकले ध्यान दिनु जरीरु छ ।
नेपाल राष्ट्र बैंकले कुल निक्षेप र पूँजी जोडेर आउने रकम ९सीसीडी रेसियो०मा ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न अनुमति दिन्छ । बैकर्स संघका अनुसार पुस मसान्तमा २८ वाणिज्य बैंकको औसत सीसीडी रेसियो ७८ प्रतिशत छ ।
जसमा सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकको ६७ प्रतिशत छ । तीन बैंकको सीसीडी रेसियो ७६ प्रतिशत छ । तीन बैंकको सीसीडी रेसियो ७६ प्रतिशतभन्दा बढी छ । यस्तै, चार बैंकको सीसीडी ७७ प्रतिशत, आठ वटाको ७८ प्रतिशत भन्दा बढी तथा ११ बैंकको ७९ प्रतिशतभन्दा बढी छ । एउटा बैंकको सीसीडी रेसियो ८० प्रतिशतभन्दा माथि पुगेको छ ।
पुस मसान्तसम्ममा वाणिज्य बैंकसँग १८ खर्ब रुपैयाँ निक्षेप छ भने १५ खर्ब ८० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । यो अवधिमा बैंकसँग पुँजी २ खर्ब १८ अर्ब रुपैयाँ रहेको छ । बैकिङ क्षेत्रमा तरलता अभावको कारण निक्षेपको ब्याजलर १२ प्रतिशत पुगेको छ । २०६६ सालमा तरलता अभाव हुँदा अधिकतमा ब्याजदर १४ प्रतिशत पुगेको थियो ।
सर्वसाधारणलाई १२ प्रतिश ब्याजदरमा निक्षेप तान्ने स्किम आउनुको मतलब कर्पोरेट डिपोजिटको ब्याजदर अझै बढ्नु संकेत गर्छ  यस्तै, मंगलबार अन्तर बैंकमा १० प्रतिशत ब्याजदरसम्म कारोबार भएको छ । दुईसाता अगाडिसम्म औसतमा चार प्रतिशत हाराहारीमा रहेको अन्तर बैंकदर अहिले ६ दशमलव ६८ प्रतिशतमा पुगेको छ ।
निक्षेपको तुलनामा कर्जा प्रवाह बढी गराएका कारण अहिलेको संकट निम्तिएको राष्ट्र बैंकको भनाइ छ । आजको कारोबार दैनिकबाट ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी