×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भरतपुर नारायणगढ शहर अस्तव्यस्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भरतपुर नारायणगढ शहर अस्तव्यस्त

१३ माघ २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • प्रनिश थापा /अर्थ सरोकार डटकम 

काठमाण्डौ – चितवनकै अत्ति ब्यस्त शहरका रूपमा परिचित नारायणगढ र भरतपुर क्षेत्र अहिले अत्यन्तै कुरुप बन्ने गरेको छ । गुड्नका लागि बनाएका सडकहरुमा अधिकांश समय गाडी पार्किङले भरिभराउ हुने गरेको छ । भने, पैदल यात्रुलाई हिड्न सहज होस् भनी बनाइएको फुटपाथमा व्यपार र पार्किङ दुबै भइरहेको हुन्छ । भद्रगोल बजार अवस्था सुधारका लागि पटक पटक जिम्मेवार निकायहरु छलफलमा जुटे पनि ठोस निर्णय लिन नसक्दा नारायणगढ बजार र भरतपुरका केही ठाउँ पार्किङ अस्तव्यवस्तताका कारण कुरूप देखिने गरेको हो ।
 मुख्य व्यपारिक क्षेत्र भएकाले अत्यधिक सवारी साधनका कारण बजार कुरूप बन्ने गरेको छ । सहज रूपमा  सवारी आवागमन हुन सकिरहेको छैन । बैंक, व्यापारिक मल र अन्य पसल तथा संस्थाका पनि आफ्नै पार्किङ स्थान नहुँदा सडक र फुटपाथ अतिक्रमण भइरहेको छ । 
साना सवारीको अत्यधिक चापले पनि बजार अव्यवस्थित भइरहेको छ । ट्राफिक नियमको पनि पालना नहुँदा थप समस्या भएको छ भने, पार्किङ निषेध भनिए कै ठाउँमा पार्किङ हुने गरेको पाइएको छ ।
भरतपुर र नारायणगढ सहरमा कुरुप बन्नुपर्नेमा पार्किङ, जथाभावी सवारी रोकिनु, फुटपाथ व्यापारलगायत रहेकाले तुरून्तै यसको विकल्प खोजिनु पर्ने अवस्था आएको छ । 
उता,उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले कुरुप बनेको बजार सुधारका लागि आवश्यक सहयोग गर्न आफूहरु सधै तयार रहेको बताए । उद्योग संघ चितवनका उपाध्यक्ष राजु पौडेलले पार्किङ र फुटपाथ नै अहिलेको प्रमुख समस्या रहेको भन्दै यसको व्यवस्थापन चुनौतीको विषय भएको बताएका छन् ।
पाँच सदस्यीय टोली गठन :-
बजार व्यवस्थापन र फुटपाथको विषयमा एक हप्ताभित्र अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रनि सन्तोष पन्तको संयोजकत्वमा पाँच सदस्यीय टोली गठन गरिएको छ । सदस्यहरुमा भरतपुर उपमहानगर पालिका, उद्योग वाणिज्य संघ चितवन, टोल प्रतिनिधि, सडक विभाग रहेका छन् ।
के,भन्छन् चितवनका प्रमुख :-
 चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले, ‘अपुरो भएकाले पुनः व्यापक छलफल गरी प्रतिवेदनलाई पूर्णता दिइने बताउनु भयो ।’ साथै उनले बजार व्यवस्थापन सम्बन्धी रणनीतिले कम्तीमा पनि पाँच वर्षका लागि काम गर्ने हुनुपर्ने बताए । ‘अब आउने प्रतिवेदनले कम्तीमा पनि यहाँको बजार व्यवस्थापनका लागि उत्कृष्ट उपाय ल्याउने विश्वास छ, भट्टले भने ।
यस्तै,चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले कुरूप बनेको नारायणगढ बजार व्यवस्थानका लागि सरोकारवाला निकाय सबै एक भई अघि बढ्नुपर्ने बताए । त्यस्तै ट्राफिक प्रहरी निरीक्षक सन्तोष पन्तले हाल बजारमा देखिएको यातायात अस्तव्यस्तता हटाउनका लागि आफूहरुले केही पहल गरिरहेको र यसका लागि निजीस्तरको पनि उत्तिकै साथ सहयोग रहनुपर्ने बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: