×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

म ईतिहास मान्दिन

PRIME CA
GLOBAL IME BANK

म ईतिहास मान्दिन

२८ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: < ३ मिनेट

  • भुवन रोका
ईतिहास सधै जित्नेको पक्षमा लेखिएको हुन्छ । बर्तमानमा आफ्नै आँखा अगाडी घटेका घटनाहरु भोली ईतिहास बन्छन् । तर एउटै घटनालाई सकारात्मक र नकारात्मक दुबै तरिकाले ब्याख्या गरिएको पाईन्छ । सत्तामा हुनेहरुले आफ्नो अनुकुलता अनुसार ब्याख्या गरेको पाईन्छ । जसको पक्षमा शक्ति हुन्छ उसैको ईतिहास बनाईन्छ र पढाईन्छ । यसरी एउटै घटनाको बिभिन्न ब्याख्या गर्ने बर्तमानले कस्तो ईतिहास बनाउछ ? अब कुनचाही विस्वास गर्ने सर्बसाधारणहरुले ?

मदन भण्डारी हत्याको बिषय कहिल्य खुल्न सकेन । दरबार हत्याकाण्ड सम्बन्धि धेरै ब्याख्याहरु गरिए तर सत्य कुरो बाहिर आएको छैन् । यति ठुला ठुला घटनाहरु जसबाट महत्वपूर्ण ब्यक्तीहरुले ज्यान गुमाउनु पर्यो यसको सत्य तथ्य बाहिर आउन सकेन । यसको ईतिहास कस्तो बन्छ ? यति धेरै उपकरणहरु हुदाहुदै पनि हाम्रै आखा अगाडी भएका घटनाहरुको स्पष्टतामा संका लागिरहेको छ भने ईतिहास सत्य हो भनेर म चाही मान्दिन् ।ईतिहासकारहरुलाई मेरो प्रस्न गर्न चाहन्छु की यि र यस्ता बर्तमानमा घटेका घटनाहरुलाई कसरी ईतिहास बनाएर हाम्रा सन्ततीहरुलाई पढ्न बाध्य गराउनु हुन्छ ?

प्राचिन र मध्यकालीन ईतिहासलाई नियाल्दा:
नेपालका प्रथम राजाहरू गोपालवंशी थिए । गोपाल बंस भन्नाले गाईपालक समुदाय भन्ने बुझिन्छ । काठमाडौँको पानी बाहिर फ्याँकेपछि उपत्यका बसोबास योग्य भयो । त्यसपछि दक्षिणतर्फका नीप जातिका गोपालहरू उपत्यकाप्रति आकर्षित भए । टेकु दोभानमा तपस्या गरी बस्ने ‘ने’ मुनीले गोपालवंशका भुक्तमान (भूमिगुप्त) लाई राजा बनाए । यिनी गोपालवंशका संस्थापक मात्र नभई नेपालका प्रथम राजा पनि भए । संस्थापक राजालाई सम्झिने कि नसम्झिने ? के उनि तराईबाट आएका भएर बिर्सिएको हो ?

द्वापरयुगको अन्त्य वा कलियुगको प्रारम्भतिर छैठौं शताब्दीमा आभिरवंशका अन्तिम राजा भुवनसिंहलाई युद्धमा पराजित गरी किरातवंशी राजा यलुङ वा यलम्बरले शासनमा नियन्त्रण कायम गरेका थिए । नेपालमा ऐतिहासिक घटनाक्रमको सुरूवात किराती राजाहरूबाटै भएको मानिन्छ । किरातवंशका २९ पुस्ताका ३२ राजाहरूले झण्डै १५०० वर्ष जति शासन चलाएको मानिन्छ । नेपालको ईतिहास सुरु गर्ने महान राजा यसम्बरको योगदान सम्झिने कि नसम्झिने ? किन यलम्बरलाई किरातहरुले मात्र सम्झन्छन् ? किनकी उनी किराती भएर हो ? किन राष्ट्रले सम्मान दिन सक्दैन ?

नेपालमा प्रचलित नेपाल संबत एक लुनार क्यालेन्डरमा आधारित साल हो । नेपाल संवतका प्रवर्तक शंकधर साख्वा हुन्। उनले नेपालका सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्बत थालिएको हो। नेवार समुदायले मान्ने यो संवत नेपालको मौलिक संवत हो। यस्तो महान कार्य गर्ने ब्यक्तिलाई नेवारहरुले मात्र मान्नुपर्ने किन ? नेपाल संबतलाई किन राष्ट्रिय संबत बनाएर शंकधर साख्वालाई सम्मान गरेको खै ? किनकी उनी नेवार थिए ?

कौटिल्यको अर्थशास्त्र अनुसार तथा चिनियाँ यात्री हुएन साङ्गको यात्रा वृत्तान्त अनुसार वैशालीबाट भागेर आएका केही वीर पुरुषले किराँतहरूलाई खेदेर लिच्छवी वंशको स्थापना गरे । पाइएका शिलालेख, मुद्रा र चाँगुनारायण मन्दिरका अभिलेखहरूबाट मानदेव लिच्छवी वंशका प्रथम ऐतिहासिक राजा थिए । नेपालको ईतिहासमा स्वर्णिम युग भनेर चिनिने लिच्छवि राज्यहरुको योगदानलाई खासै सम्झिएको पाईदैन ।

तेह्रौँ शताब्दीको आरम्भदेखि नेपाल उपत्यकामा मल्लहरूको शासन व्यवस्था कायम भएको मानिन्छ । साथै, यस वंशका पहिलो शासक भनेर अरिमल्लको नाम लिने चलन छ । मल्ल काललाई नेपाल ईलिहासको मध्य युग भनेर चिनिन्छ । मल्ल राजाहरुको योगदान नेपालमा पुरातात्विक मन्दिरहरुको रुपमा मात्र ठडिएका छन् तर अहिल्य मल्लराजाहरुको योगदानको कुनै चर्चा गरिदैन।प्रजाको धुरीबाट धुँवा ननिस्कुन्जले भोजन नगर्ने राजा महेन्द्र मल्ल लोकसेवाको प्रस्नमा सिमीत छन् किनकी मल्ल सासन हारेको ईतिहास छ ।

पृथ्वी नारायण शाह र जंगबहादुलाई नियाल्दा 
पृथ्वी नारायण शाह (वि.सं.१७७९-१८३१) शाहबंशीय राजा थिए। स-साना राज्य रजौटामा बाँडिएको बाईसे तथा चौबिसे राज्यहरुलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा ईतिहासले ब्याख्या गरेको पाईन्छ यद्यपी पृथिवीनारायण शाहले राज्य बिस्तारको समय गरेका अन्याय अत्याचारका कुराहरु पनि पढ्न पाईन्छ । पृथिवीनारायण शासको साहस, चतुर बुद्दि र निरन्तरको मेहनतले नेपालमा छरिएर रहेका राज्यहरुको एकीकरण गरेको कुरालाई सम्मान गर्नुपर्छ ।

नोभेम्वर १, १८१४ मा ईस्ट ईन्डिया क्मपनीले नेपाल विरुद्ध विधिवत युद्धको घोषणा गरेपछि यस युद्धमा नालापानी खलङ्गामा वलभद्र कुँवर देउथलमा सरदार भक्ति थापा पश्चिमी सीमान्त क्षेत्रमा अमरसिंह थापा र अन्य विभिन्न क्षेत्रमा नेपाली फौजले आफनो विरताको परिचय दिएका थिए । यसको सम्मान कसरी गर्ने हो?

नेपालको एकिकरण संगै सुरु भएको राजनैतिक अस्थिरता बिस्तारी बढ्दै गईरहेको बेला १९०३ मा जंगबहादुर राणाले कोतपर्बमा आफ्ना बिरोधीहरुको बिनास गरी शक्तिशाली प्रधानमन्त्रीको रुपमा आफुलाई स्थापित मात्र गरेनन् नेपालको अस्थिर राजनितीलाई पुर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएर स्थिर बनाएका थिय । जंगबहादुरको भुमिकालाई पनि सकारात्मक र नकारात्मक दुबै रुपले ब्याख्या गरेको पाईन्छ । कुन चाही बिस्वास गर्ने ?

वर्तमानलाई नियाल्दा
ईतिहसमा सासन गरिसकेका किरातहरु र मल्लहरु (नेवारहरु) आज किन आफ्नो अधिकार र परिचय रक्षाको लागी लड्नु पर्ने अबस्था सृजना भयो ? ईतिहास मौन छ कसले यति धेरै अन्याय गर्यो र नेपालको ठुलो हिस्सा अधिकार भन्दा बाहिर छ ? प्राचिन काल र मध्यकालीन समय सम्म सम्पन्न नेपालीहरु कसरी र कुन समय देखि बर्ग बिभाजीत हुदै गयो ? कसले शक्ति र बिकासलाई केन्द्रीकृत गरे? कसको सासनबाट सामन्तबादको सुरुवात भयो ?

यी र यस्ता धेरै प्रस्नहरुको उत्तर सहित ईतिहासमा योगदान गर्ने सबै महान ब्यक्तिहरुको समान सम्मान गर्नुपर्छ राष्ट्रले । बिभिन्न तरीकाले ब्याख्या गरिएको ईतिहास पढ्दा साथै आप्नै समयमा घटेका घटनाहरुको चित्त बुझ्दो विवरण आउन नसकेको र यो नै भोलीको लागी गलत ईतिहास बन्ने भएकोले म ईतिहास मान्दिन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: