
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – आधा दर्जनभन्दा बढी ब्रिकेट उद्योग सञ्चालनमा आएपछि सिन्धुपाल्चोकको अत्तरपुर गाविस–८ सिक्रेका बासिन्दाले गाउँमै रोजगारी पाएका छन्। फलामे चुलोमा प्रयोग हुने ब्रिकेट उत्पादनका लागि ८ वटा उद्योग सञ्चालनमा आएपछि ३५ जना स्थानीयलाई गाउँमै रोजगारी मिलेको हो।
‘गत वर्ष भारतले गरेको नाकाबन्दीका बेला ग्यासको चरम अभाव हुँदा यी उद्योगहरुले मनग्य आम्दानी गरे,’ स्थानीय जनक शाक्य भन्छन्– ‘स्थानीय कच्चा पदार्थमा उत्पादन गरिने ब्रिक्रेट उद्योग स्थापना भएसँगै स्थानीयबासीको दैनिकी फेरिएको छ। साथै सामुदायिक वनको आम्दानी समेत बढेको छ ।
जङ्गलमा त्यसै कुहिएर गएको झारपात संकलन गरी स्थानीयबासीले सामुदायिक वनलाई प्रतिकिलो २५ पैसा राजस्व तिर्ने गरेका छन्। ‘उद्योगले एक दिनमा एक हजार पाँच सयदेखि एक हजार सात सय थान ब्रिकेट उत्पादन गर्ने गरेको छ,’ स्थानीय शशीकुमार शाक्यले भने– ‘एक महिनामा ९ हजार किलो कच्चा पदार्थ प्रयोग हुन्छ।
ब्रिकेट उत्पादनको मुख्य समय कात्तिकदेखि वैशाखसम्म रहेकाले बाँकी महिना उद्योगहरु बन्द रहन्छन्। यो अवधिमा पहिले नै उत्पादित ब्रिकेट बिक्री हुने गरेको छ। यसका लागि २ लाख ब्रिकेट भण्डारण गरी राखिएको सिक्रे ब्रिकेट उद्योग सञ्चालक समितिका अध्यक्ष रत्न श्रेष्ठ बताउँछन्। यहाँ उत्पादन भएको ब्रिकेट सिन्धुपाल्चोकका अलावा दोलखा, काठमाडौँ तथा तराईका केही जिल्लामा समेत निर्यात गर्ने गरिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्