×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामाजिक सञ्जालको दुरुपयोग हुने क्रम बढ्दो ।

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सामाजिक सञ्जालको दुरुपयोग हुने क्रम बढ्दो ।

१२ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • प्रनिश थापा /अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ – मित्रता बढाउने सामाजिक सञ्जालको सहि उपोभोग गर्न नसक्दा अहिले प्रहरी कार्यालयहरुको चक्कर लगाउने क्रम बढ्दो छ । बिशेषतस् युवर्तीहरु न्यायका लागी प्रहरीको शरणमा पुग्ने गरेका छन् । चितवनकी एक महिला सांसदले साइबर अपराध भएको भन्दै जिल्ला प्रहरी कार्यालय भरतपुरमा न्यायका लागि निवेदन दर्ता गरेकी हुन् । 
सामाजिक सञ्जाल फेसबुकको प्रयोगबाट एक स्टाटसमार्फत आफ्नो प्रतिष्ठामा आंच पुर्‍याएको भन्दै आफ्नै पार्टी सम्वद्ध एक नेता विरुद्ध उनले जाहेरी दिएकी छिन् । त्यसैगरी , १९ वर्षीय अर्कि एक युवती पनि फेसबुकको दुरूपयोगबाट आजित भएको भन्दै अहिले न्यायका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा धाउँदै छिन् । 
विदेशमा रहेका एक युवकले आफ्नो नाम र फोटो राखी नक्कली फेसबुक आईडी बनाएर परिवार र आफन्तहरु लाई आफ्नो बारेमा नकारात्मक एवं तुच्छ टीका टिप्पणी गरेको भन्दै उनी उजुरी नै लिएर प्रहरीको शरणमा पुगेकी हुन् । अति नै भएपछि उनले केही दिन अधि आत्महत्या गर्ने सम्मको योजना बनाएको तर, त्यो असफल भएको प्रहरीले जनाएको छ ।
 त्यस्तै, अर्कि २४ वर्षीय एक युवती पनि आफ्नु फेसबुक आईडी ह्याक गरी एक युवकले अश्लील फोटो राखीदिएपछि ती युवती पनि न्यायका लागिप्रहरीमा धाएकी छिन् । त्यस्तै, सामाजिक सञ्जाल फेसबुकबाट शिकार व्यक्ति मात्र नभएर पछिल्लो समय पार्टी , संघसंस्था पनि हुने गरेका छन् । जिल्लाकै एउटा पार्टीको नाम दिएर फेसबुक आईडी बनाइ युवतीको प्रोफाइल फोटो राखेर राष्ट्रपति, प्रधानमन्त्री, अन्य नेताको समेत मानहानी भएपछि दोषीको खोज गरी कारबाहीका लागि पार्टीको अध्यक्षको नामबाट जिल्ला प्रहरी कार्यालय भरतपुरमा निवेदन समेत परेको छ ।
 उल्लेखित घटनाहरु चितवनमा पछिल्लो एक महिनाको अवधिमा परेका फेसबुक दुरूपयोग अर्थात साइबर अपराध सम्बन्धी कानुन आकर्षित गर्ने घटना हुन् । समाजमा पछिल्लो समय विद्युतीय अपराध सम्बन्धी मुद्दा देखिन थालेका छन् । युवा पुस्ता यस्ता घटनामा बढी मुछिने गरेका छन् । फेसबुकको प्रयोग व्यापक भएसँगै यसको दुरूपयोग पनि बढेको छ । फेसबुकमार्फत हुने नकारात्मक घटनाले व्यक्तिको जीवन नै लिइरहेको छ । त्यस्तै कतिपयको सामाजिक, राजनीतिक प्रतिष्ठामा दूरगामी असर पुर्‍याईरहेको छ ।
पछिल्लो समय विद्युतीय अपराध बढिरहेको छ, यसले थप चुनौती पनि दिएको छ, तर दोषी लाई पक्राउ गरी कारबाही गर्न हामी निरन्तर अनुसन्धनात्मक काममा लागिरहेका छौं,’चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले भने । साथै उनले फेसबुक लगायतका सामाजिक सञ्जालको प्रयोग गर्दा अत्यधिक सावधानी अपनाउन पनि सबैलाई आग्रह गरेका छन् । इन्टरनेटको विकास र पहुँचले सकारात्मक सोच भएकाहरुलाई राम्रो परिणाम दिए पनि नकारात्मक सोच भएकाहरुले भने यसको दुरूपयोग गर्दा समाजमा अपराध मौलाइ रहेको छ ।
 विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्न कानुनले निषेध गरेको छ । विद्युतीय ऐन २०६३ का अनुसार कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका, सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन गर्न निषेध गरिएको छ । 
प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्ति लाई एक लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्ष सम्म कैद वा दुबै सजाय हुने कानुनमा उल्लेख छ । त्यस्तै, पटक पटक गल्ती गरेको खण्डमा भने, अघिल्लो पटक भएको सजायको डेढ बर्ष थप सजाय हुने कानुनी प्रावधान रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: