
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – हाल नेपाल र नेपालीका विभिन्न स्वाभिमान राष्ट्रियताको विषमा बहस चलिरहेको सन्दर्भमा चौथो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्यता पुर्वक मनाउन सफल भएकोमा संस्थापकद्वय डा लेखनाथ काफ्ले र शंकर बन्जाडेले प्रेस बिज्ञप्ति निकाली दिवस भव्य बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । साथै बिज्ञप्तिमा लेखिएको छ नेपालभरी जस्ता किसिमका टोपीको प्रयोग भए पनि वा त्यसलाई जे नामाकरण गरेपनि त्यो नेपालीको सान र नेपाललीको मान हुने समेत उल्लेख गरिएको छ । हेर्नुस प्रेस बिज्ञप्ति
चौंथो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस सफलतापुर्वक संपन्न भएकोमा धन्यवाद
प्रेस चौंथो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस व्यापक जनसहभागिता सहित देश र देश बाहिर नेपाली समुदायहरुको बसोबास भएका सम्पूर्ण स्थान र देशहरुमा भव्यताकासाथ संपन्न भएको छ । जनवरी १ लाई नेपालीपन दिन ५ वर्ष अगाडी गरिएको प्रयास अहिले आएर पूर्णत सफल भएको छ । यो अभियानमा बिभिन्न किसिमले सरिक हुनु भएका संसारभरका नेपाली समुदाय र नेपाली समुदायलाई माया गर्ने सम्पूर्ण व्यक्ति, संस्था र समुदायहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।
नेपालभरी लगाइने सबै प्रकारका टोपीहरू नेपाली टोपी नै हुन् । नेपाली टोपी भनेको ढाका टोपी मात्रै होइन । नेपालमा प्रयोग हुने अन्य टोपीहरू जस्तै भादगाउँले टोपी, परम्परागत नेपाली टोपी, आदिकवि भानुभक्तले लगाउने बिर्के टोपी, मैथली आदिकवि विद्यापतिले लगाउने विद्यापति टोपी लगायत नेपालका विभिन्न जातजातिले प्रयोग गर्दै आएका टोपीहरु सबै नेपाली टोपी नै हुन् ।
अन्तरराष्ट्रिय नेपाली टोपी दिवसमा बिभिन्न क्षेत्र, जाति जनजाति, समुदायहरुले आफ्नै टोपी वा टाउकोमा लगाउने आ(आफ्नो मौलिक पोशाक लगाएर मनाउन सकिने खुकुलो दिवस हो । हाम्रो अनुरोधचाहिँ, जीउमा जे लगाउनुस् तर टाउकोमा भने आफ्नो अनुकुलको टोपी लगाउनुस् भन्ने मात्रै हो । अनुरोध स्वीकार गर्ने नगर्ने त सम्बन्धित व्यक्तिमा भर पर्ने कुरा हो । हाम्रो जस्तो खुला ब्यबस्था भएको समाजमा व्यक्तिहरु आफ्नो छनौटमा पूर्णत स्वतन्त्र छन् ।
नेपाल बहु विचार, जाति, भाषा, धर्म, संस्कृति र रहनसहनले भरिपूर्ण एक सुन्दर फूलबारी हो । यस फूलबारीमा सबै फूलहरुले फुल्ने र फैलने अवसर पाउनु पर्छ । कसैले आफ्नोपनको प्रचारप्रसार गर्छ भने उसलाई कुनैपनि बहाना र आक्षेप लगाएर अपमान र विकृत बनाउनु हुदैन । प्रजान्त्रको यो सामान्य प्रयोग हो, यसबाट कसैले तर्सनु वा आत्तिनु हुदैन बरु जनस्तरबाट स्वस्फूर्तरुपमा उठेका विविध अभियान, प्रयास, विचार र क्रियाहरुलाई खुल्ला मनले स्वीकार गर्नु पर्दछ ।
हामीले सन् २०१४ पहिलो अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन आह्वान गरे पश्चात बिभिन्न समुहले नेपाली टोपी दिवस, नेपाली पोशाक दिवस वा ढाका टोपी दिवस भनेर समेत मनाउने गरेका छन् । उदाहरणको लागि हामीले पहिलो अन्तर्राष्ट्रिय टोपी दिवस मनाएको तीन महिनापछि झापा, बिर्तामोडमा भारतीय अध्यात्मिक गुरु रबिशंकर उपस्थित भएको एक कार्यक्रममा समेत नेपाली टोपी दिवस पनि मनाइएको थियो । तर हामीले गर्ने गरेको अभियानमा कुनै पनि राजनीतिक वा धार्मिक व्यक्तिको कुनै पनि प्रकारको संलग्नता छैन । हामी विशुद्ध नेपाली टोपीलाई नेपालीको पहिचानको चिह्नकोरुपमा प्रबर्द्धन गरिरहेका छौँ ।
चौंथो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका सन्दर्भमा अत्यन्तै धेरै सकारात्मक र केहि नकरात्मक प्रतिक्रियाहरु सामाजिक संजाल वा पत्रपत्रिकाहरु मार्फत सम्प्रेषण गर्ने सम्पूर्ण पक्षहरुलाई पनि धन्यवाद दिन चाहन्छौं ।
ति क्रिया(प्रतिक्रियाहरुले हाम्रो अभियानलाई झनै बलियो र सुन्दर बनाएका छन् । साथै यो अभियान झनै व्यापक भएको छ भन्ने समेत प्रमाणित गरेका छन् । अर्को तर्फ नेपालीपनलाई मास्दै जाने वा कमजोर बनाउदै जाने योजना अन्तर्गत लागेका केहि मानिसहरुको लागि भने यो अभियान टाउको टुखाई बन्न पुगेको छ भन्ने महशुस पनि भएको छ ।
त्यस्ता काम, व्यक्ति र प्रयासहरुलाई जनताले अवस्य पनि आफ्नो मतद्वारा उचित फैसला दिने नै छन् । नेपाली राजनीति र समाजमा स्थापित केहि व्यक्तिहरुले यो अभियानको सफलता पश्चात व्यक्त गरेका नकरात्मक आक्रोशहरु तत् तत् व्यक्तिहरुका आफूभन्दा बाहेक अरुका विचार र प्रयासहरुलाई निषेध गर्ने प्रवृतिको असली रूप हो भन्ने हामीलाई लागेको छ ।
साथै हामीहरुबाट पनि कुनै कमीकमजोरी भएकोखण्डमा आगामी वर्षहरुमा त्यसलाई सच्चाउने नै छौं । र अन्त्यमा नेपाली समुदायको पहिचान दिने बस्तुहरु मध्येको एक नेपाली टोपीको प्रबर्धनको लागि स्वस्फुर्तरुपमा आफ्नो समय, उर्जा र प्रयास प्रयोग गरी यो अभियानलाई बिगतका वर्षहरु देखि नै सफल बनाउन योगदान गर्नु हुने संसारभरका सम्पूर्ण नेपाली समुदायहरुमा पुनः हार्दिक धन्यवाद दिन चाहन्छौं ।
संस्थापकद्वय
डा लेखनाथ काफ्ले र शंकर बन्जाडे
अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस
पौष १९, २०७३
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्