×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिद्युत प्राधिकरण भरतपुर लथालिङ्ग, बक्यौता उठाउन नसके देखी खुद्रा पैसा गोजी सम्म ।

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बिद्युत प्राधिकरण भरतपुर लथालिङ्ग, बक्यौता उठाउन नसके देखी खुद्रा पैसा गोजी सम्म ।

१० माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता /प्रनिश थापा

काठमाडौँ –  नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बिक्री गरिएको विद्युतमा हालसम्मको कूल २९ करोड १९ लाख रूपैयाँ बक्यौता रहेको जनाएको छ । रकम तिर्ने दायित्व प्राधिकरण स्वयंम वा स्थानीय निकायको रहने भन्नेमा स्पष्ट नहुँदा बक्यौता वार्षिक बढ्दो क्रममा रहेको छ । तर, समस्या समाधानका लागि स्थानीय तथा केन्द्रीय तहबाट प्रयास भएको पाइदैन । स्थानीय निकायतर्फ भरतपुर उपमहानगरपालिकाले सडक बत्तीको दायित्व लिनुपर्ने कर्मचारीहरु बताउँछन् । 
यस वितरण केन्द्रले हरेक महिनाको १२ करोडको बिजुली बिक्री गर्दै आएको छ । सरकार ले गत, भदौमा चुहावट नियन्त्रण तथा बक्यौता असुली उपर विशेष अभियान चलाएपछि चितवन मा पनि केही बक्यौता उठेको तर, सडक बत्तीको हकमा भने कुनै प्रगति नदेखिएको  वितरण केन्द्का इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।
क- कस्ले बुझाएनन् महशुल ?
१) सडक बत्तीबाट मात्रै १७ करोड  ।
२) जिल्लाका विभिन्न सरकारी कार्यालयहरु बाट एक करोड २७ लाख ।

अन्य बक्यौता तर्फ 
३) घरायसी बिक्रीको ७ करोड , 
४) व्यापारिक बिक्रीको ५० लाख ,
५) उद्योग कलकारखानाको एक करोड ४१ लाख 
६) सिंचाइको  ९१ लाख 
७) मन्दिरको दुई लाख बक्यौता उठाउन अझै  प्राधिकरण असफल भएका छन् ।
महशुल बुझाउन उत्तिकै सास्ती ।
यसैबीच , बिद्युत प्राधिकरण भरतपुरमा सास्तीको अर्को नाम छ महशुल । सोमबार भरतपुर गोन्द्राङ घर भएकी संगिता थापा एक दुधे बच्चा बोकेर महशुल बुझाउन करिब तीन घण्टा लाइनमा बसिन् तर, उनलेे महशुल भने बुझाउन पाईनन् । आफ्नु शिशु बोकेर लाइनमा बसेकी थापाले  ‘बिजुलीको महशुल बुझाउन धेरै गाह्रो भएको बताइन् । उनलेे भनिन् , पहिले पहिले कुपन प्रणाली थियो । त्यस बखत अल्लि सजिलो भएको थियो । अहिले त त्यो पनि छैन । घण्टौँ लाइनमा बस्दा पनि पालो आएन’ ‘सुविधा त देखाउने दाँतमात्रको भएको छ । त्यस्तै, ’३ घण्टा देखि लाइनमै बसेकी अकी नारायणगढकी अनु राउतले पनि महशुल बुझाउन थापाले जस्तै उत्तिकै सास्ती भोग्नुपर्‍यो। बिजुली को महसुल बुझाउने कुपन प्रणाली नहुँदा खुब सास्ती पाइयो, पहिला त यसरी लाइनमा बस्नु त पर्दैनथ्यो’ उनले भनिन्  । सोमबार कार्यालयको महशुल काउन्टर कक्षमा पुग्दा थापा र राउतले मात्र होइन, महसुल बुझाउन आएका अधिकांश ग्राहकहरुले यस्तै सास्ती भोग्नपर्‍यो । यी दुई त प्रतिनिधि उदाहरण मात्रै हुन् । ग्राहकहरु लाइनमा बस्दा धकला धकल गरेका थिए । कोही बाजा बाज पनि गरेको पाइयो । ग्राहकहरुको भीडभाड देख्दा यहाँ कुनै भव्य सांस्कृतिक कार्यक्रम अथवा मेला लागे जस्तो देखिन्थ्यो । अर्थात लाइन व्यवस्थित थिएन ।

कुपन प्रणाली अलपत्र ।
यसैबीच , महशुल बुझाउन सहज होस् भनेर सञ्चालनमा ल्याएको ‘कुपन प्रणालीको मेशिन बिग्रेको करिब  ३ वर्ष बितिसकेको छ । सामान्य मर्मत गरेर चलाउन सकिने मेशिन अझै मर्मत नगरी थन्क्याएर राखेका छन्।प्राधिकरणका इन्जिनियर राजेन्द्र पौडेल भन्छन्- प्राधिकरणसँग अहिलेसम्म ६ वटा कुपन प्रणालीका मेशिन छन् । तर, अहिले सबै बिग्रेर थन्केका छन् । इन्जिनियर पौडेलका अनुसार एउटै ग्राहकले ३/४ वटा कुपन लाने परिपाटी भएकाले कुपन प्रणाली त्यति धेरै व्यावहारिक नदेखिएकोले सेवा बन्द गरिएको बताए ।  ‘यसलाई व्यवहारिक बनाएर लैजान सकिन्छ, हामी यस बिषयमा सोच्दै छौँ’ पौडेलले भने ।
खुद्रा पैसा खल्तीमा !
यस्तै, प्राधिकरणको अर्को समस्या हो । खुद्रा पैसा । गोन्द्राङकी संगिता थापाले पटकै पिच्छे विद्युत् महसुल बुझाउन आउँदा ३/४ रूपैयाँ छोडेका हुन्छन् । ‘खुद्रा छैन भनेर २/४ रूपैयाँ पाइन्न’ के गर्ने ? आफूसँग पनि खुद्रा हुँदैन, झगडा पनि कति गर्नु अन्त: केही सीप नलागेपछि छोडेरै जानुपर्छ’ थापाले भनिन् । यस्तो सास्ती पाउनेमा थापाले मात्र होइन, महसुल बुझाउन आएका धेरै ग्राहकले खुद्रा छैन भनेर केही रकम नपाउने गरेको गुनासो गर्छन् । ‘पटकै पिच्छे महसुल बुझाउन आउँदा २/४ रूपैयाँ छोडिन्छ । खुद्रा छैन भन्छन्’ अनु राउतले भनिन्, ‘यो समस्या पनि कहिल्यै हट्ने भएन ।’
के भन्छन् प्रशासन प्रमुख बिष्ट ? 
विद्युत् प्राधिकरणका प्रशासन प्रमुख अच्युतराज विष्टले ग्राहकहरुले घरैबाट खुद्रा पैसा बोकेर आउनु नपर्ने बताए । उनले भने, ‘खुद्रा पैसा छोडेमा त्यो कर्मचारीको गोजीमा जान्छ । त्यसैले ग्राहकहरुले घरबाटै खुद्रा पैसा लिएर आएमा यो समस्या हट्छ ।’ विष्टको भनाइ अनुसार ग्राहक चनाखो भए कर्मचारीको गोजीमा बढी पैसा जाँदैन ।‘यदी बिजुली महसुलभन्दा बढी पैसा बुझाएमा वा २/४ रूपैयाँ खुद्रा नभएमा मेरो खातामा राखि दिनु भनेमा कर्मचारीले खातामा राख्छन् । पछि महसुल बुझाउँदा सिस्टमले त्यो पैसा काट्छ’ प्रशासन प्रमुख विष्टले भने, खुद्रा पैसा भएन भनेर छोड्दा त्यो फाइदा कर्मचारीलाई हुन्छ । ग्राहकले कि खुद्रा ल्याउनपर्छ कि बढी भएको रकम खाता मा राख्नु पर्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: