×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

FPO र IPO प्रिमियम मूल्यमा निष्कासन गर्न दिनुनै नीतिगत त्रुटी ! (रामु खनालको विश्लेषण)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

FPO र IPO प्रिमियम मूल्यमा निष्कासन गर्न दिनुनै नीतिगत त्रुटी ! (रामु खनालको विश्लेषण)

२८ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • रामु खनाल / सेयर  विश्लेषक  
FPO र IPO  प्रिमियम मूल्यमा निष्कासन गर्न सक्ने कानुनी आधार :
नीतिगतरुपमा कम्पनी ऐन २०६३ को परिच्छेद -४ , दफा २९ मा कम्पनीहरुले प्रिमियम मुल्यमा सेयर जारी गर्न सक्ने स्पष्ट आधार तय गरेको छ । उक्त ऐनको  दफा २९ उपदफा  १,   ( क ) अनुसार लगातार तीन बर्ष सम्म कम्पनीमुनाफा संचालन भइ लाभाश वितरण गरेको,  (ख)  कम्पनीको सम्पूर्ण दायित्व भन्दा खुद सम्पति (नेटवर्थ) बढि भएको , (ग)  कम्पनीको साधारण सभाले प्रिमियम मूल्यका सेयर जारि गर्ने निर्णय गरेको ।  यो त भयो प्रिमियम मुल्यमा सेयर जारि गर्न सक्ने आधार ।  

उक्त उक्त ऐनको  दफा २९ उपदफा २, मा प्राप्त  रकम कसरी व्यवस्थित गर्ने भन्ने कुरा उल्लेख गरिएको छ । जस अनुसार यसरी प्रिमियम मुल्यमा सेयरबिक्रिबाट प्राप्त भएको रकममध्ये अंकित मूल्यभन्दा बढि रकम प्रिमियम खाता खोली राख्नुपर्छ । यो दफा त ठिकै छ किनकि यहाँ रकम कसरी व्यवस्थित गर्ने भन्ने कुरा उल्लेख गरिएको छ। 
  
उक्त उक्त ऐनको दफा २९ उपदफा ३ मा यसरी प्राप्त रकम कसरी प्रयोग गर्ने भन्ने उल्लेख गरिएको छ । जस अनुसार (क) जारि नगरिएको सेयरपुजी मध्ये बाट शेयरधनीहरुलाई पूर्ण मुल्य चुक्ता भएको बोनश सेयरबाडफाड गरी जारि गर्न , (ख) फिर्ता हुने कुनै अग्राधिकार सेयरफिर्ता गर्दा तिर्नु पर्ने प्रिमियमको सम्बन्धमा रकम व्यवस्था गर्न , (ग)  कम्पनीले गरेको प्रारम्भिक खर्च मिनाहा गर्न , (घ) कम्पनीको सेयर जारि गर्ने सम्बन्धमा भएको खर्च वा भुक्तानी गरिएको कमिशन वा डिस्काउन्ट रकम बेहोर्न वा शोधभर्ना गर्न ।

साथै FPO निष्काशनको लागि  नीतिगत रुपमा धितोपत्र निष्काशन निर्देशिका २०६५ परिच्छेद २ दफा ९ र दफा ११ साथै अन्य ऐन नियमहरुमा केहि प्राबधानको व्यवस्था गरिएको छ ।  जसमा  (क) बिगत ५ बर्षमा कम्तिमा पछिल्लो २ बर्षमा खुद  मुनाफा संचालन भइ प्रति सेयरनेटवर्थ प्रति सेयरचुक्ता पुजी भन्दा बढि भएको , (ख) FPO निष्काशनको लागि साधारण सभाबाट पारित भएको , (ग) अंकित मुल्य बढि मुल्य  तोकी निष्कासन गर्ने भएमा मुल्य निर्धारणको बिधि र सोको औचित्य पुष्टि गर्ने आधार साथै प्रिमियम मुल्यको निर्धारण Net worth Per Share ,  Average Closing Price of 180 days लगायतको आधारमा गर्ने व्यवस्था गरिएको छ ।   

उक्त कानुनी आधारको प्रभाव :-   
उपरोक्त कानुनि प्रावधानहरु सरसर्ती हेर्दा प्रिमियम मुल्यमा सेयर जारि गर्ने , रकम जम्मा गर्ने, कोषमा जम्मा गर्ने , अनि त्यही रकम लगानीकर्ताहरुलाई बोनसको रुपमा फिर्ता गर्ने ।  कुनैपनि कम्पनीले लगानीकर्ताहरुलाई लाभाश दिने भनेको उसको ब्यवासाहिक गतिबिधिबाट आर्जित मुनाफा बाट दिनुपर्छ । जसको लागि ब्यवासाहिक गतिबिधिहरु बढाउनुपर्छ, नाफा जन्य ब्यवासाहिक गतिबिधि संचालन गरिनुपर्छ अनि आय आर्जनबाट  मुनाफा गरि लगानीकर्ताहरुलाई लाभाश वितरण गरिनुपर्छ ।    

अहिले नेपालको पुजी बजारमा FPO , IPO  प्रिमियम मूल्यमा निष्कासन गर्ने एउटा विकृतिको रुपमा नै देखापर्दैछ । अहिले बजारमा जसले जति  महँगो प्रिमियम मुल्यमा सेयरनिश्कासन गर्न सक्यो त्यो त्यतिनै अब्बल कम्पनी हुने , अरुभन्दा राम्रो हुने कम्पनीहरु बीच अघोषित प्रतिस्पर्धानै चलिरहेको छ। प्रचलित कानुनको अधिनमा रहि किन  FPO , IPO हरु धमाधम प्रिमियम मुल्यमा निस्कासन हुदैछन् । यदि ती कम्पनिहरुले साच्चैनै लगानीकर्ताको हित चाहान्थे भने अन्किंत मुल्यमा नै सेयर निस्कासन गर्ने थिए ।  कम्पनी संचालन भएको बर्षौ बर्ष भइ सक्यो , कम्पनी निरन्तर नाफामा छ, जगेडा कोषमा प्रशस्त रकम जम्मा भएको छ तर पनि सर्वसाधारणलाई थप शूल्कमा सेयर बिक्रि गरिरहेका छन् ।  यो भनेको सर्वसाधारण लगानी कर्ताको हित विपरीत छ ।  यहाँ नीतिगत त्रुटी छ। कम्पनीलाइ पैसा चाहिए मात्र लगानीकर्तासंग पैसा उठाउनुपर्छ । होइन भने किन लगानीकर्ताहरुलाइ प्रिमियममा सेयर बिक्रि गरी रकम उठाउने ।  

यसरी प्रिमियम बापत उठाएको रकम ऐनले तोकिदिएको क्षेत्र भन्दा अन्य ठाउमा व्यवस्थापन गर्न पनि पाइदैन । अहिले लगानीकर्ताबाट प्रिमियममा रकम उठायो, कोषमा जम्मा गर्यो , आगामी बर्षहरुमा त्यहि प्रिमियम बापतको रकम लगानीकर्ताहरुलाई लाभाश भन्दै बितरण गर्यो । यस्तो कार्यले कम्पनीले दिन सक्ने लाभाशमा तत्काल केहि बढोत्तरी देखिए पनि दीघकालीन रुपमा खासै फाइदा देखिदैन ।  नीतिगत रुपमा यसलाई व्यवस्थित गर्न खोजिएता पनि व्यहारिक रुपमा कम्पनीहरु मुनाफा वृद्धि गरेर लाभाश बढि दिने भन्दा पनि लाभाश बढि देखाउन पनि प्रिमियममा सेयर जारि गरेर रकम सकलन गरि सो रकम पुन लगानीकर्ताहरुलाई बाढ्ने प्रवृति देखिन थालेको छ ।  यसको असर नेपालको पुजी बजारमा पनि देखिन थालेको छ । 

पछिल्लो समयमा त हरेक कम्पनीहरुले FPO प्रिमियम मुल्यमानै निश्कासन गरिरहेका छन् । कम्पनीहरुलाई व्यवसायिक गतिबिधि गरेर नाफा आर्जन गरेर लाभाश वितरण गर्न प्रेरित गर्नुपर्छ नकि प्रिमियम बापत उठाएको रकम आगामी बर्षहरुमा त्यहि रकम लाभांशमा वितरण गर्न ।  अत: यो नीतिगत व्यवस्था त्रुटी पूर्ण छ र यसलाई समयमानै सच्चाउनुपर्छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: