×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्रीज्यूलाई अर्को चुनावमा भोट चाहिन्छ कि चाहिंदैन ? ‘हेलो सरकार, आँखा खोल, बजार क्र्यास भइसक्यो’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अर्थमन्त्रीज्यूलाई अर्को चुनावमा भोट चाहिन्छ कि चाहिंदैन ? ‘हेलो सरकार, आँखा खोल, बजार क्र्यास भइसक्यो’

१७ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

 

बजार अहिले निरन्तर घटीरहेको छ । तरलता अभावलाई मुख्य कारण मानिएपनि बजार घटाउन केहि समूह तल्लीन भएको आरोप समेत लाग्ने गरेको छ । बजार निरन्तर घटेपछि एकातर्फ लगानीकर्ताहरु चिन्तित बनेका छन् भने देशको मरुदण्डका रुपमा रहेको पूँजी बजार ध्वस्त पार्ने खेलमा केहि माफियाहरु लागि परेको आरोप समेत सरोकारवालाहरुले लगाउन थालेका छन् ।  बेलैमा ध्यान नदिए नेपालको पूँजी बजार ध्वस्त हुने चर्चा चलिरहेको छ । यसै क्रममा लगानीकर्ता दिपेन्द्र अग्रवालसँग हामीले सेयर बजारको पछिल्लो अवस्थाका बारेमा केहि कुराकानी गरेका छौं । प्रस्तुत छ उनीसँग गरिएको ५ प्रश्नको उत्तर  :
  
१. बजार त निकै घटीरहेको छ नि ? यसलाई कसरी लिनुभएको छ ?
बजार लगभग क्र्यासनै भैसकेको छ । तर यसतर्फ सम्बन्धित निकायको ध्यान गएको छैन । नेप्से र धीतोपत्र बोर्ड आ-आफ्नै आन्तरिक लडाईमा छन् । यसरी नै बजार तल झर्ने हो भने नेपालको पूँजी बजार ध्वस्त हुनेछ । समयमानै यसलाई माथि उठाउन जरुरी छ । सरकार र सम्बन्धित निकाय अवपनि कानमा तेल हालेर बस्नु हुँदैन । बजारमा माफियाहरु सलबलाएका छन् । यसतर्फ सबैले ध्यान दिन जरुरी छ । अर्थतन्त्रको मेरुदण्ड भनेकोनै पूँजीबजार हो । त्यसैले सबै मिलेर नेपालको पूँजीबजारलाई अझै बलियो बनाउन जरुरी छ । हामी लगानीकर्ताहरु आतिन्नु हुन्न । हामी आत्तियौं भने माफियाहरु सलबलाउनेछन् ।    

२. बजार त १२०० मै आउलाजस्तो छ नि ? के भन्नुहुन्छ ?
सम्बन्धित निकाय कानमा तेल हालेर बस्ने हो भने बजार घटीनै रहन्छ । विदेशमा यसरी बजार घटेको भए कत्रो हङ्गामा भैसक्थ्यो । सम्बन्धित निकायले ‘एक्सन लिइसक्थ्यो । तर नेपालमा त कसैलाई पनि यसको मतलव छैन । न सम्बन्धित निकाय बोलेको छ, न नियमनकारी निकाय । सरकार त यो विषयमा अलिकतिपनि संवेदनशील छैन । अर्थमन्त्रीलाई सेयर बजारका बारेमा केहि पनि थाहा छैन जस्तो लाग्छ । सबै लहैलहैमा लाग्दा बजारको यो अवस्था आएको हो । बैंकिङ क्षेत्रमा देखिएको तरलता संकट, व्याजदरमा बृद्धिले गर्दा सेयरबजारमा ठुलै धक्का लागेको छ । समयमै यस विषयमा सोच्न जरुरी छ ।       
३.बजार किन यसरी घट्यो ? अव के गर्नुपर्ला ?
बजार घट्नुका पछाडी विभिन्न कारण छ । तरलता अभाव एकातर्फ छ भने अर्कोतर्फ बजार घटाउन लागि परेकाहरु सक्रिय छन् । अव हरेक नागरिक सचेत हुनुपर्छ । जुन सरकारले आफ्नो नेपाली नागरिकको रगत पसिनाको मेहेनतको पैसाको सुरक्षा गर्न सक्दैन, त्यस्ता नेताहरुलाई बहिष्कार गर्नुपर्छ । नेपाली पूँजी बजारको यो अवस्था नेपाली नेताहरुका लागि पनि परिक्षा हो । यस्तो अवस्थामा पनि नेपाली पूँजी बजारलाई बजार घटाउन लागि परेकाहरुबाट नबचाउने हो भने त्यस्ता नेताको के काम ? बजार बढेका बेला घण्टानै पिच्छे ठुला ठुला हेडलाइन बनाउनेहरु अहिले कहाँ छन् ? मिडियाले पनि भूमिका खेलीदिनु पर्छ ।    

४. यो अवस्थामा सरकारले के गर्नुपर्ला ?
सरकारले सेयर बजारको बिकासका निम्ति तत्काल काम गरेन भने सरकारको लाचारीपन प्रष्ट हुन्छ । सरकारले यस विषयमा तत्काल काम नबढाए आगामी निर्वाचनमा यिनीहरुलाई जनताले लखेट्नेछन् । लगानीकर्ताहरुले छुट्टै पार्टी खोल्नेछन् । अमेरिकामा ट्रंपले जितेजस्तै गरी जित्नेछन् लगानीकर्ताहरुले । यस विषयमा सरकार गम्भीर भएर अगाडी बढ्नै पर्छ ।   
५. बजार बढ्न सक्ने सम्भावनाचाहिं कतिको छ ?
अवश्य छ । बजार घटीरहन्छ भन्ने होइन । सरकारले थोरैमात्र पहल गर्ने हो भने बजार बढ्छ ।  सरकारले आर्थिक बर्ष २०७३/०७४ को आर्थिक बृद्धिदर ६.५ प्रतिशत पुग्ने अनुमान गरेको छ । सरकारले ०७४ माघ सम्म तीनै तहको निर्वाचन गर्ने लक्ष्य लिएको छ । सरकारले यी कुराहरुमा ध्यान दियो भने अर्थतन्त्र चलायमान हुनेछ र बजार बढ्नेछ । नियमनकारी निकायले यसमा विशेष ध्यान दिन जरुरी छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: