×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काकाका कुरा : यी ९ कुरा गर्न नसके लगानीकर्ता ‘रिस्क’मा छन् !

PRIME CA

काकाका कुरा : यी ९ कुरा गर्न नसके लगानीकर्ता ‘रिस्क’मा छन् !

११ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: < ४ मिनेट

आज बेलुकीपख काकीको फोन आयो । नानी आज यतै बस्नेगरी आउन है, काका अलि बिरामी हुनु हुन्छ ।
ए के भो काकालाई ?
हल्का ज्यरो आएको हो!
ल ल म आइ हाल्छु भनेर काकाको घरतिर लागें । 
नमस्ते काकी , खोइ त काका ?
माथी कोठामा हुनु हुन्छ । जाउ माथि कोठामै ।
म सरासर कोठामा गएं । काका निदाउनु भएको रहेछ । काकालाई नबोलाइ नजिकैको सोफामा बसें । काकाको अनुहार तिर हेरे । निराश र एक्लोपन झल्कन्थ्यो । सोच्न थाले आज भोलि सबै बाबू आमाहरुको एकलो भएका छन । कोहि गाउँमा त कोहि शहरमा । मेरा बा आमा गाउँमा एक्लै काका-काकी शहरमा एक्लै । बरु गरिबका त कहिले काहीं आउछन् धनीका त अमेरिका अष्ट्रेलिया बिजोग नै छ है । 
काका पनि दुबै सन्तान बिदेशमा । धन मन सबैका धनी छन काका तर के गर्ने न दुखमा छन् न सुखमा साथ सन्तान । कतै सन्तान सृष्टि धान्नको लागि मात्र जन्माएको त होइन ? गरिबका त सन्तान त बाबु आमाको अनि आफ्नै हात मुख जोर्नका लागि गए यी हुने खानेका किन बिदेसिन्छन । टोलाउदै काकाको मुख हेर्दै थिए । कतै जवाफ आउँछ कि भनेर । 
एकाएका काका निद्रा मै बोल्न थाल्नु भयो अर्थात बरबराउन लाग्नु भयो । तर मैले खोजेको प्रश्नको उत्तर दिनु भएन बरु आम लगानीकर्ताको अहिलेको चासोको विषयमा पो बरबराउनु भयो । अचम्म लाग्यो शेयर नशा ज्वोरोमा पनि सपनीना पनि आउने ।
काकाले बर्बराउनु भएका कुराहरू:
खोइ बर्बाद नै पार्दछन क्या हो टाई लगाएका गुन्डाहरुले । मेरो ज्वरोको पारो भन्दा यिनीहरुको ब्याजको पारो झनै तिब्र गतिमा बढन पो लाग्यो । होईन १४% नै पुर्याउछन कि क्यारे ब्याज त । दुई महिना अघि सम्म ७% को ब्याज थियो हप्ता अघि ९% को message हिजो देखि ११% भयो भन्ने Message आयो । अलि अलि NLIC को fpo को लागि लिएको ऋण । अब त message हेर्न पनि डर पो लाग्न थाल्यो ।
६ महिनाअघि सम्म फकाई फकाई ऋण दिएका बैंकहरु अहिले ऋण तिर भनेर धम्काउन पो लाग्दैछन रे । यिनीहरुले त शेयर ऋणवालाको त उठिबास पो बनाउलान जस्तो छ । खोइ अब आशाले र श्यामले पनि कसरी ऋण तिर्छन् । यिनीहरुको पनि बिल्लिबाठ नै पार्छन कि क्या हो । 
होइन यो शेयर धितो कर्जा बैकको अतिरिक्त तरलता पार्किङ गर्ने थलो मात्र हो कि क्या हो । होइन भने हप्तामा दुई पटक ब्याज किन बढाउछन त यिनीहरु । फेरि अहिले त मै हु भन्नेलाई पनि शेयर कर्जा दिन्नन रे । बिचारा ब्रोकर मार्फत ऋण लिएका लगानीकर्ता । एकातिर ब्रोकरको धम्की आर्को तिर बैंकको । दोहोरो मारमा पो परे ब्रोकर मार्फत ऋण लिनेहरु। 
लौ न प्रभु share loan को पनि एउटा दिगो Loan Product बनाईदेउ । नत्र भने शेयर कर्जा त डर लाग्दो भुत पो हुने भयो । 
लगानीकर्ताका संघ संगठन बजार घट्यो भनेर नेप्से, म्युचुअल फन्ड अनि ठुला लगानीकर्तालाई गाली गर्दछन । यो माध्यमबाट बिरोध गरेर केहु होला जस्तो लागेन । अब आन्दोलनको स्वोरुप फेर्नु पर्दछ लगानीकर्ताले । घेर्नु नै परे त धितोपत्र बोर्ड, रास्ट्र बैंक, अर्थ मन्त्रालय बिमा समिति जानूपर्छ । अझ बित्तीय क्षेत्र सुधार सम्बन्धि उच्च स्तरीय समितिलाई घेर्नु पर्यो । अनि तल उल्लेखित माग राख्नु पर्यो ।
१. शेयर धितो कर्जाको ब्याजदर एकल अंकमा राख । अर्थात 9% बाट बड्न नदेउ । 
२. बैंक तथा बित्तीय संस्थाले आफ्नो लगानीको कम्तीमा ५% शेयरमा लगानी गर । अहिले २% भन्दा कम छ ।
३. शेयरको बजार मुल्यको ८०% कर्जा देउ । अहिले भन्दा ५०% छ यथार्थमा ४०% पनि दिन्नन ।
४. १ करोड भन्दा बढीको शेयर कर्जाको Risk Weight १००% गर सो भन्दा कमको शेयर कर्जाको Risk Weight ६०% गर । अहिले Risk weight १५०% छ । जस्को कारण बैक liquidity tight हुँदा बैक कर्जा दिदैनन ।
५. केही समय Right Share निस्कासन बन्द गर । अहिले बजार घट्नुको एउटा कारण यो पनि हो ।
६. FPO सदाका लागि बन्द गर । यो दोस्रो बजारको मन्द बिष हो । भरखरै आएको ३ डोज नै काफी हुदै छ । Nib Sicl र Nlic , अरु डोज थपिदै आएमा थाम्ला जस्तो लाग्दैन ।
७.लघु बित्त र बिमाको नयाँ लाइसेन्स नदेउ । निर्जीवन , जीवन बिमा कम्पनी र लघु बित्त कम्पनिहरुको नयाँ लाइसेन्स खट्टे बांड्दा झै रास्ट्र बैकले र बिमा समितीले बाड्दै छ । यदि यो तुरुन्त भयो भने नेप्से इन्डेक्स तपाईं हामिले कल्पना गरे भन्दा तल आउँछ । अहिले नै बढी भै सकेका लघु बित्त थपिएको खण्डमा गरिबी घटाउने होइन गाउँमा झन गरिब थपिनेछन भने शहरमा कति गरिब बन्छन् आफै बिचार गर्नु । तसर्थ हाललाई बिमा र इन्स्योरेन्सको नयाँ लाइसेन्स नदेउ ।
८. Right निस्कासन गर्दाको Unsuscribe share हाललाई निस्कासन गर्न बन्द गर । कृषि बिकास बैक लगायतले गर्दा Tradeable liquidity kill भएको छ ।
९. जल विद्युत क्षेत्रमा कुनैपनि रुपमा Right Share को अनुमती नदेउ । यस्तो कार्यले अझै धेरै NB समुह र गुरु नेउपाने समुह जन्माउछ र आगामी दिनहरूमा जलविद्युत छेत्रको IPo नै suscribe नहुन सक्छ । १०. निर्वाचनको मिति तत्काल घोषणा गर!। यसले लगानीकर्ताको मनोबल सकारात्मक बनाउछ । ११. बिकास खर्च तुरुन्त बढाउ । सक्दैनौं संचित खातामा रहेको पैसा बैंक तथा बित्तीय संस्थाको खातामा मिलाए राखी देउ । बैंक तथा बित्तीय संस्थाले सो रकम निजि छेत्रका बिकास आयोजनामा लगाउ र अर्थतन्त्र चलायमान बनाउ । १२. निजि सवारी कर्जा तुरुन्त रोक । ऋण गरि गरि महँगो गाडी चड्न नदेउ । अहिले Liquidity kill गर्ने मुख्य Product येहि हो । 
काका सपनीको शेयरमा बोल्दै गर्दा काकीभित्र कोठामा छिर्नु भयो र सानुको बाबा भन्नु भयो । त्यस पछि काका बिउझनु भयो । अनि मात्र मैले काकालाई नमस्कार गरि सन्चो बिसन्चो सोधे ।
अनि मन मन सोचे आखिर बजार घट्दा त ऋण नहुनेलाई पनि पिर हुदो रहेछ । शेयरलाई नै पेशा बनाउनेले पनि जति घट्छ् भने पनि सबै शेयर बेचेर बस्न सक्दा रहेनछन् । अनि बजार घट्दा त साना ठुला सबैलाई नै घाटा हुदो रहेछ । तर प्राकृतिक कुरो रहेछ सबैको चाहाना बडोस भन्दा भन्दै घट्दो पनि रहेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: