×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भरतपुर अस्पतालमा शैय्याको अभाव , बिरामी भुइँमा उपचार लिन बाध्य

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ माघ २०७३, शुक्रबार

PRIME CA
laxmi sunrise bank

भरतपुर अस्पतालमा शैय्याको अभाव , बिरामी भुइँमा उपचार लिन बाध्य

  • प्रनिश थापा / अर्थ सरोकार डटकम

काठमाण्डौ – भरतपुरस्थित भरतपुर अस्पतालमा सुत्केरीको चाप बढेपछि शय्याको अभाव भएको छ । सुरक्षित प्रसूति सेवा दिँदै आएको भनिए पनि शैय्या अभावका कारण सुत्केरीहरू भुइँमै उपचार लिन बाध्य छन् । अस्पताल स्रोतले दिएको जानकारी अनुसार हाल दैनिक सरदर ४० जना सुत्केरी हुने गरेको छ ।
सो अस्पतालमा सुत्केरी का लागि १ सय १५ शैय्या रहेका छन् । सुत्केरी को संख्या दैनिक बढ्ने र अस्पतालबाट डिस्चार्ज हुन समय लाग्ने भएकाले पछि आउने बिरामीका लागि शैय्या अभाव भएको हो । चितवन लगायत आसपासका १५ जिल्लाका महिलाले यस अस्पतालबाट सुत्केरी सेवा लिँदै आएका छन् । 
काठमाडौंको प्रसूति गृहपछि चितवनको भरतपुर अस्पताल सुत्केरी सेवा दिने दोस्रो ठूलो सरकारी अस्पताल मानिन्छ । भरतपुर अस्पतालमा हरेक वर्ष सुत्केरी सेवा लिनेको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७०÷७१ मा १२ हजार ५ सय ६४ जनाले सुत्केरी सेवा लिएका थिए ।
 यसअघि आ।व। २०७१/७२ मा ११ हजार ३ सय ६४ जनाले सुत्केरी सेवा लिएको अस्पतालले जनाएको छ । त्यसैगरी, आव २०७१/७२ मा अस्पतालमा ८ हजार ३ सय १६ जनाले साधारण सुत्केरी गराएका छन् भने २ हजार ४ सय ६५ ले शल्यक्रिया गरेका थिए । यस्तै, जटिल सुत्केरी सेवा लिने महिला ५ सय ८३ रहेको अस्पतालको तथ्यांकमा उल्लेख छ । त्यसैगरी, आव ०७२÷७३ मा ११ हजार ९ सय ६८ ले सुत्केरी सेवा लिएका छन् । 
जसमध्ये साधारण सुत्केरी सेवा लिने ८ हजार ९ सय ४, शल्यक्रियाद्वारा २ हजार ६५ र जटिल शल्यक्रिया सेवा १ हजार २ सय २३ ले लिएका थिए । यस आ।व। ०७३÷२०७४ को ६ महिनाको अवधिमा ७ हजार ३ सय ७३ जनाले सुत्केरी सेवा लिइसकेका छन् ।
सुत्केरी सहयोगका लागि बजेट
भरतपुर अस्पतालमा आई सुत्केरी गराउने आमा को सुरक्षा, स्वस्थ्य सेवा र यातायात खर्चका लागि आ।व। २०७२÷७३ मा ४ करोड ८६ लाख रुपैयाँ सरकारलेविनियोजन गरेको थियो । आमा सुरक्षा कार्यक्रमअन्तर्गत यातायात खर्च र शोध भर्नाका लागि नेपाल सरकारले ४ करोड २ लाख ५६ हजार र विभिन्न दातृ निकायबाट ८३ लाख ४४ हजार रुपैयाँ अस्पतालमा निकासा भएको थियो । जसमा ४ करोड २ लाख ९५ हजार २ सय खर्च भएको अस्पतालले जानकारी दिएको छ ।
 भरतपुर अस्पताललाई साधारण सुत्केरी गराए बापत प्रतिव्यक्ति १ हजार ५ सय, जटिल सुत्केरी गराएको ३ हजार र शल्यक्रिया गर्न ७ हजार रकम शोध भर्ना बापत प्राप्त हुन्छ । सुत्केरी डिस्चार्ज भएर जाने क्रममा अस्पतालले साधारण सुत्केरी सेवा लिनेलाई यातायात खर्च ५ सय रुपैयाँ र लगातार चारपटक गर्भ परीक्षण गरेको प्रमाण पेस गरेमा थप ४ सय रुपैयाँ दिँदै आएको छ ।
आमा सुरक्षा कार्यक्रमको प्रभाव
भरतपुर अस्पतालमा विगत सात वर्षदेखि आमा सुरक्षा कार्यक्रम सञ्चालित छ । गर्भवती र सुत्केरी आमाको सुरक्षाका लागि आमा सुरक्षा कार्यक्रम लागू भएको हो ।जिल्लामा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम लागू भएको छ । तर, सुत्केरी गराउने महिलाहरूको चाप भरतपुर अस्पतालमा धेरै देखिएको भरतपुर अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा। सुनिल मणि पोख्रेलले बताए । 
अस्पतालमा सुत्केरी सेवा २४ सै घण्टा हुने गरेको, सबै प्रकारका शल्यक्रिया सुविधा रहेको र वरिष्ठ चिकित्सकहरूको सहभागिता रहने गरेकाले बिरामीको आकर्षण बढ्दै गएको डा। पोख्रेलले बताए । निजी अस्पतालहरूमा विभिन्नबहानामा बढी शुल्क लिने गरेकाले सरकारी अस्पतालहरूमा सुत्केरी महिला हरूको आकर्षण बढ्दै गएको उनले बताए । सुत्केरी महिलाको उपचार भुइँमै राखेर गर्नुपर्ने बाध्यता अस्पतलाको रहेको बताउँदै डा। पोख्रेलले भने, ‘सुत्केरीहरूको चाप बढेकाले अस्पतालमा शøया थप गर्ने समय भएको छ ।’
अहिलेकै स्रोतसाधन, जनशक्ति थप नगरे बिरामीको व्यवस्थापन गर्न गाह्रो हुनेउनले बताए । बिरामी को अवस्था हेरेर तीन दिनसम्म अस्पतालमै राख्नुपर्ने भएकाले नयाँ सुत्केरीलाई शय्या उपलबध गराउन अस्पतालले नसकेको उनले स्वीकार गरे ।
ओपिडी सेवा अब चार बजेसम्म 
भरतपुर अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको ओपिडी सेवालाई अब दिउँसोको ४ बजेसम्म लैजाने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयको परिपत्र र बिरामीहरुको सेवालाई मध्यनजर गर्दै जनतालाई राहात दिन ओपिडी सेवाको समयअवधी बढाएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा।रुद्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।
 अस्पतालले अहिले बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै ओपिडी सेवा सञ्चालन गर्दै आएको थियो । अस्पतालले दिउँसो २ बजेपछि सञ्चालन गरेको इएचएस सेवा भने हटाएको छ । शूल्क महंगो भएको र बिरामीको आर्कषण इएचएसमा नभएपछि साधारण ओपीडी सेवाको समय नै बढाएको मेसु डा। मरासिनीले बताउनुभयो । 
अस्पतालले बिहानी सत्रको ओपीडी शूल्कलाई यथावत नै राखेको छ भने दिउँसो २ बजेपछिको ओपिडी टिकटको रकम ५० रुपैया तोकेको छ । यसअघि इएचएसको टिकट शूल्क तीन सय राखिएको थियो । ‘यसरी सेवा गर्ने चिकित्सक र कर्मचारी हरुले अत्तिरीक्त सुविधा दिने छौं’ मेसु डा। मरासिनीले भन्नुभयो, ‘अस्पतालले चालु आर्थिक बर्षको असार मसान्तसम्म यहि व्यवस्था लागु गरेर ट्रायल फेजका रुपमा यसलाई हेरिने छ ।’
 अस्पतालले हाल जनरल वेड चार्जका रुपमा ५० र पेइङमा ३ सय लिदै आएकोमा त्यसलाई समायोजन गरेर दुवै बेडमा एकमुष्ठ एक सय रुपैयाँ लिने निर्णय अस्पताल सञ्चालक समितिको बैठकले गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: