
- प्रनिश थापा / अर्थ सरोकार डटकम
काठमाण्डौ – चितवनमा ट्राफिक कारवाहीमा पर्नेको संख्या तुलनात्मक रुपमा कमी हुन सकेको छैन । ट्राफिक सचेतनाका लागि चालक , सहचालक, शिक्षक, विद्यार्थी, सामाजिक संघ संस्थाका अगुवाका निम्ति पटक पटक ट्राफिक प्रशिक्षण गरिए पनि ट्राफिक नियमको अवज्ञा गर्नेको जमात घटेको छैन ।
चालु आर्थिक वर्षको सात महिनामा मात्रै २४ हजार ४ सय जना ट्राफिक कारवाहीमा परेका छन् । गत वर्षको तथ्यांक केलाउने हो भने यो वर्ष करिब १७ प्रतिशत कम मात्रै ट्राफिक कारवाहीमा परेका छन् । गत वर्ष ५० हजार ७ सय ४० जना कारवाहीमा परेका थिए । ट्राफिक नियम पालना गरेमा सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ भन्नेमा प्राय स् सबै जानकार छन् । तर, व्यवहारमा उतारेको पाइदैन ।
ट्राफिकले ट्राफिक नियम पालना नगर्ने बाट सात महिनाको अवधिमा १ करोड ६० लाख ८७ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । गत वर्ष २ करोड ९७ लाख १७ हजार ८ सय रुपैयाँ राजश्व संकलन भएको थियो । चितवनमा हाल ४६ जना ट्राफिक प्रहरी कार्यरत छन् । जिल्लाका ९ स्थानमा पोष्टनै कायम गरेर ट्राफिक नियम पालना गरे / नगरेको निगरानी गर्न ट्राफिक खटिदै आएका छन् । अब आइतबारभित्रै माडी र चनौली मा समेत नियमित रुपमा ट्राफिक प्रहरी खटिनेछन् ।
“ट्राफिक नियम पालना गर्नु सबैको दायित्व हो, तर सुधार भएको छैन”, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले भने, “हरेक दिन चेकिङ् भैरहेका छन्, तर कारवाहीमा पर्नेको संख्यामा खासै कमी आउन सकेन ।” हरेक दिन छड्के चेकजाँच हुने गर्छन् । “लाइसेन्स विना सवारी चलाउनेको संख्या अधिक छ”, उनले भने, “दुर्घटनाको जोखिम बढीरहेका छन्, ट्राफिकको एक्लो प्रयास ले कठिन छ ।” ट्राफिक सचेतनाका लागि हरेक हप्ता स्कुल, एक मिनेट चालकसँग, चोक चोकमा चेकजाँच गर्दा समेत ट्राफिक कारवाहीमा पर्नेको संख्या उल्लेख्यरुपमा कमी आउन सकेको छैन ।
मादक पदार्थ सेवन गरि सवारी चलाउने क्रम नरोकिएपछि सवारीमै स्टिकर टाँस्ने अभियान सुरु भएको छ । १० हजार सवारीमा मादक पदार्थ सेवन गर्दिन भन्ने प्रतिवद्धता सहितको स्टिकर टाँस्न सुरु गरिएको छ । माघ महिनामा मात्रै ३ हजार ६ सय ५० वटा सवारीका चालक कारवाहीमा परेका छन् ।
२७ लाख ७२ हजार ५ सय रुपैयाँ राजश्व माघ महिना मा कार्यालयले संकलन गरेको छ । चालु आर्थिक वर्षको सात महिनामा सबैभन्दा बढी कारवाही मंसीर महिनामा परेका छन् । हरेक महिना झण्डै तीन हजार बढी चालक कारवाही भएको देखिन्छ । आर्थिक वर्ष ०७०÷७१ मा ३० हजार ६ सय १ जना चालक कारवाहीमा परेका थिए ।
१ करोड ३ लाख ७३ हजार ८ सय रुपैयाँ राजश्व संकलन भएको थियो । यस्तै आर्थिक वर्ष ०७१÷७२ मा ४९ हजार ९ सय जना चालक ट्राफिक कारवाही मा परेका थिए । सो वर्ष २ करोड ४९ लाख ९१ हजार ३ सय रुपैयाँ राजश्व संकलन भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायव निरीक्षक कृष्णज्यू ठकुरीले ट्राफिक देखेपछि मात्रै ट्राफिक नियम सम्झने प्रवृत्तिले दुर्घटना बढेको बताए ।
मादक पदार्थ सेवन मापसे र लाइसेन्स विना सवारी चलाउने बढी कारवाहीमा पटकपटक पर्ने गरेको बताए । ठुला सवारीको तुलनामा साना सवारी बढी कारवाहीमा परेको बताए । “आँफै प्रतिवद्ध बन्नुपर्ने हो, तर त्यसो भएको छैन”, उनले भने, “सवारी चालक लाई जिम्मेवार बनाउन अब प्रत्येक नागरिकले सम्झाउनुपर्ने देखिन्छ ।” ट्राफिक प्रहरीले एक रसिदमा ५ सय रुपैयाँदेखि १ हजार ५ सयसम्म जरिवाना लिन पाउने व्यवस्था छ । हेल्मेट नलगाउने, लाइसेन्स नबोक्ने , लाइसेन्स तथा आवश्यक काजगपत्र साथमा नबोक्ने, लापरवाही रुपमा चलाउने, नो पार्कीङ क्षेत्रमा पार्कीङ गर्ने, ट्राफिक चिन्हको ख्याल नगरी चलाउने जस्ता प्रवृत्ति चालकमा देखिन्छ ।
सचेतनामूलक स्टिकर टाँस्ने अभियान सुरु
मादक पदार्थ सेवन ९मापासे० गरि सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्न थालेपछि सवारीसाधन मा सचेतनामूलक स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ । एटुजेड मोबाइल हाउसको सहयोग मा बनाइएका स्टीकर टाँस्ने अभियान बिहीबार देखि सुरु भएको छ । ‘म मादक पदार्थ सेवन गरी सवारी चलाउदीन’ उल्लेख भएको स्टीकर हरेक सार्वजनिक तथा भाडाका सवारीमा टाँस्न थालिएको हो । १० हजार थान स्टीकर एटुजेड मोबाइल हाउसले सहयोग गरेको हो ।
बिहीबार ५ सय थान नीजि तथा भाडाका सवारीमा टाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कृष्णज्यू ठकुरीले जानकारी दिए । यसैबीच , माघ महिनामा चितवनमा २ सय ३५ जना मापासे कारवाहीमा परेका छन् । मापासे कारवाहीबाट २ लाख ३९ हजार राजश्व संकलन भएको छ । २४ वटा सवारी दुर्घटना भएको ट्राफिक कार्यालयले जनाएको छ । दुर्घटनामा परि ११ जनाले ज्यान गुमाएका छन् ।
माघ महिनामा ट्राफिक नियम पालना नगर्ने सवारी ३ हजार ६ सय ५० सवारी साधन कारवाहीमा परेका छन् । माघ महिनाका ट्राफिक कार्यालयले चितवनमा २७ लाख ७२ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए । ट्राफिक सचेतनाका लागि विद्यार्थीबीच ४४ वटा अन्तर्क्रीया कार्यक्रम गरिएको उनले बताए । चालक तथा सहचालकलाई ट्राफिक सम्बन्धि नियमबारे २८ वटा कक्षा लिइएको बताए ।
सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरी कार्यालयले ७ सय ५९ जना चालकसँग प्रत्यक्ष भेट गरि नियमबारे अवगत गराएको छ । ‘चालकसँग एक मिनेट’ कार्यक्रम अन्तर्गत चोक तथा सडकमा एक मिनेट सवारी रोकेर ट्राफिक नियम पालना गर्न अनुरोध गर्दै आइरहेको छ । नारायणगढ, भरतपुर क्षेत्रमा फुटपाथ व्यवसाय गर्ने तथा सडक क्षेत्राधिकार प्रयोग गरि व्यवसाय गर्नेलाई कारवाही अभियान तीव्र बनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्