×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

EXCLUSIVE : बिकास बैंकहरुले नेपाल राष्ट्र बैंकको निर्देशन नमान्नुको भित्री रहस्य यस्तो पो !

PRIME CA
GLOBAL IME BANK

EXCLUSIVE : बिकास बैंकहरुले नेपाल राष्ट्र बैंकको निर्देशन नमान्नुको भित्री रहस्य यस्तो पो !

२ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: < ४ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – विभिन्न विकास बैंकहरुले नेपाल राष्ट्र बैंकले तोकेकोभन्दा बढी स्प्रेड दर कायम गरेको र यस विषयमा नेपाल राष्ट्र बैंक मौन रहेकोबारे अर्थ सरोकार डटकमले समाचार ब्रेक गरेपछि यस विषयका नयाँ तथ्यहरु फेला पर्न थालेको छ । 
नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन २०७२ अन्तर्गत व्याजदर सम्बन्धी व्यवस्थामा व्याजदर अन्तर ५ प्रतिशतभन्दा बढी नहुने गरी कायम गर्न निर्देशन दिएको भएपनि नेपाल राष्ट्र बैंकको उक्त निर्देशन विपरित विभिन्न बैंकहरुले ५ पतिशतभन्दा बढी स्प्रेड दर कायम गरेका छन् । अर्थ सरोकार डटकमले नेपाल राष्ट्र बैंकले दिएको निर्देशन नमान्ने बैंक र ती बैंकमा कार्यरत सीइओका बारे एक्स्लुसिभ समाचार ब्रेक गरेपछि यस सम्बन्धमा नयाँ तथ्य फेला परेको हो । 

डेभलोपमेन्ट बैंकर्स एसोसीएसनका अध्यक्षनै मान्दैनन् नेपाल राष्ट्र बैंकको निर्देशन 
एक विकास बैंकका सीइओले अर्थ सरोकार डटकमलाई सम्पर्क गरी डेभलोपमेन्ट बैंकर्स एसोसीएसनका अध्यक्ष सीइओ भएको बैंकमानै स्प्रेड दर ५ प्रतिशतभन्दा बढी रहेकाले अन्य बैंकहरुलाईपनि नेपाल राष्ट्र बैंकको उक्त निर्देशन पालना गर्नु नपर्ने र केहि परे संघका तर्फबाट लाविङ गर्ने भनी उकासेपछी अन्य विकास बैंकलेपनि मनपरी गर्न थालेको खुलासा गरेका छन् । ‘अध्यक्षज्यू सीइओं भएको बैंककै स्प्रेड दर ५ प्रतिशतभन्दा माथि अर्थात ५.७९ छ । उनलेनै यस विषयमा उकासेपछी धेरै बिकास बैंकले स्प्रेड दर नेपाल राष्ट्र बैंकको निर्देशन विपरित तोकेका छन् ।’ उनको आरोप थियो ।   

डेभलोपमेन्ट बैंकर्स एसोसीएसनका अध्यक्ष भन्छन्, ‘बिकास बैंकलाई त्यो निर्देशन लागु नै हुँदैन’
यता डेभलोपमेन्ट बैंकर्स एसोसीएसनका अध्यक्ष समेत रहेका कैलाश बिकास बैंकका सीइओ कृष्णराज लामिछाने भने बिकास बैंकहरुलाई उक्त नियम नलाग्ने दावी गर्छन् । ‘उक्त नियम बिकास बैंकहरुलाई लागुनै हुँदैन ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै संघका अध्यक्ष एवं कैलाश बिकास बैंकका सीइओ लामिछानेले भने । ‘तर नेपाल राष्ट्र बैंकले दिएको निर्देशनमा त स्पष्टसँग इजाजत प्राप्त क, ख र ग बर्गका बैंकहरुलाई लागु हुने भनिएको छ नि त ?’ भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘खै कहाँ लेख्या छ ? त्यस्तो हुँदैन ।’ हामीले पुन : नेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशनमा यस्तो लेखिएको छ भन्ने जानकारी दिंदा उनले भने, ‘होइन, होइन, त्यस्तो होइन, त्यो विकास बैंकलाइ लागु हुँदैन । लागु हुने भए किन कारवाही नगरेको त हामीलाई ?’  
यस्तो छ नेपाल राष्ट्र बैंकले दिएको निर्देशन, स्पष्ट भनिएको छ, इजाजत प्राप्त क, ख, र ग बर्गका वितीय संस्थाहरुलाई लागु हुन्छ :
नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन २०७२ अन्तर्गत व्याजदर सम्बन्धी व्यवास्थामा व्याजदर अन्तर ५ प्रतिशत भन्दा बढी  नहुने गरी कायम गर्न निर्देशन दिएको थियो । हेर्नुहोस् यस्तो थियो नेपाल राष्ट्र बैंकले दिएको निर्देशन :
अध्यक्षलेनै दादागिरी देखाएपछि अरुले गरे सिको : बैंकर्स 
‘डेभलोपमेन्ट बैंकर्स एसोसीएसनका अध्यक्षले नै नेपाल राष्ट्र बैंकको निर्देशन लत्याएर मनपरी गरेपछि अरु बैंकहरुले पनि यसको सिको गरेका छन् । कतिपय बैंकले भने नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार स्प्रेड दर कायम गर्न असक्षम भएको स्वीकार्छन् भने कतिपय बैंकमा आफ्ना मान्छे भएको धक्कु लगाउँदै मनपरी गरिरहेका छन् ।’ एक बिकास बैंकका सीइओले अर्थ सरोकार डटकमसँग भने ।  ‘तर उक्त नियम त बिकास बैंकलाइ लागु नै हुँदैन भन्ने कुरा गर्नुभयो नि त संघका अध्यक्षज्यूले ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘एकिकृत निर्देशन पल्टाएर हेर्नु भन्नुस् न उहाँलाई । हामी पनि बिकास बैंक हौँ । हामीलाइ नियम लाग्ने उहाँलाइ नाल्गाने हुन्छ र ?’ ‘नेपाल राष्ट्र बैंकको निर्देशन नमान्ने अधिकांस बैंक भने डेभलोपमेन्ट बैंकर्स एसोसीएसनका अध्यक्षले ‘परेको संघले व्यहोर्छ, नेपाल राष्ट्र बैंककोस सबै निर्देशन खुरुखुरु मान्ने भए त किन चाहियो संघ’ भन्ने शैलीमा अरु बैंकर्सहरुलाई ‘कन्भिन्स गरेपछि बिकास बैंकमा यस्तो अराजकता निम्तिएको बैंकर्सहरुकै गुनासो छ । 

यी हुन् नेपाल राष्ट्र बैंकको निर्देशन नमान्ने बैंकहरु :
नेपाल राष्ट्र बैंकले ५ % भन्दा बढी व्याजको अन्तर नराख्नु भनेपनि मुक्तिनाथ बिकास बैंकले व्याजको अन्तर ८.२१ कायम गरेको छ । यसै गरी  कन्चन डेभलोपमेन्ट बैंकले  ८.०७, मितेरी डेभलोपमेन्ट बैंकले ८.३६, सिद्धार्थ डेभलोपमेन्ट बैंकले ६.७५, ओम डेभलोपमेन्ट बैंकले, ६.३०, गरिमा बिकास बैंकले ६.२५, तिनाउ बिकास बैंकले ६.६७, त्रिवेणी बिकास बैंकले  ६.७१ महालक्ष्मी बिकास बैंकले ६.९६, गण्डकी डेभलोपमेन्ट बैंकले ६.८६, कैलाश बिकास बैंकले ५.७९, अल्पाइन डेभलोपमेन्ट बैंकले ५.१४, कन्ट्री डेभलोपमेन्ट बैंकले ५.०१, फेवा बिकास बैंकले ५.९३,  र कामना बिकास बैंकले ५.७२ स्प्रेड दर कायम राखेका छन् ।  यस्ता केहि अन्य बैंकहरु पनि रहेको बुझिएको छ, जसका बारे हाम्रो अनुसन्धान जारी छ । 
यी हुन् नेपाल राष्ट्र बैंकको निर्देशन नमान्ने बैंकका सीइओहरु :
कैलाश बिकास बैंकमा कृष्ण राज लामिछाने सीइओका रुपमा कार्यरत छन् । यस्तै महालक्ष्मी बिकास बैंकका सीइओ रमेश कुमार भट्टराई हुन् । यस्तै बिगतमा नेपाल राष्ट्र बैंकसँग विभिन्न कुराहरुमा जोहोरी खोज्ने सिद्धार्थ डेभलोपमेन्ट बैंकका सीइओ अजय कुमार मिश्र पनि नेपाल राष्ट्र बैंकको निर्देशन नमान्ने सीइओमा पर्छन् । मितेरी डेभलोपमेन्ट बैंकका सीइओ तुलसी प्रसाद वस्ती, तिनाउ बिकास बैंकका सीइओ प्रदीप कुमार श्रेष्ठ, मुक्तिनाथ बिकास बैंकका सीइओ भरत राज ढकाल , कन्चन डेभलोपमेन्ट बैंकका सीइओ बिरुराम जैशी, फेवा बिकास बैंकका रेशम बहादुर थापा, कामना बिकास बैंकका सीइओ तोया राज अधिकारी, अल्पाइन डेभलोपमेन्ट बैंकका सीइओ लाल बहादुर थिंङ, ओम डेभलोपमेन्ट बैंकका सीइओ विश्व मोहन अधिकारी, कन्ट्री डेभलोपमेन्ट बैंकका एक्टीङ सीइओ, धीरेन्द्र बहादुर दाहाल, गरिमा बिकास बैंकका सीइओ गोबिन्द प्रसाद ढकाल लगायतकाहरु भने काठमाडौँ केन्द्रित ठुलै भनिएका बिकास बैंकले समेत नेपाल राष्ट्र बैंकको निर्देशन मानेका छैनन् । 

विडम्बना ! राष्ट्र बैंकका प्रवक्तानै निर्देशनबारे बेखबर 
यता नेपाल राष्ट्र बैंकका पवक्ता समेत रहेका नारायण पौडेलले वाणिज्य बैंकहरुको हकमा नेपाल राष्ट्र बैंकले अनुगमन गरेको र त्यसो समस्या नदेखिएको तर बिकास बैंकको हकमा के हुन्छ भन्ने कुरामा राष्ट्रबैंकको सर्कुलर नै हेर्नुपर्ने बताएका छन् । ‘क’ वर्गका बैंकमा चाहिं त्यस्तो समस्या देखिएको छैन । ‘ख’ वर्गका बैंकहरुको हकमा यो लागु हुन्छ कि हुँदैन भन्ने कुराचाहिं हेर्ने पर्छ ।’ ‘लागु हुन्छ भने नेपाल राष्ट्र बैंकले के गर्छ ?’ भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘ म चेक गर्छु । लागु हुने रहेछ भने त कारवाही नै हुन्छ नि !’ प्रवक्ताको यस्तो जवाफले नेपाल राष्ट्र बैंकसमेत यो कुरामा कति गैर जिम्मेवार छ भन्ने कुरा प्रष्ट गरेको छ ।  
‘यो त अति नै भयो’ : सह प्रवक्ता, सेयर लगानी कर्तासंघ नेपाल 
यता बिकास बैंकहरुको यस्तो रैबैयाको अन्त्य गर्नुपर्ने धारणा विभिन्न सरोकारवालाहरुले राखेका छन् । ‘जनतामाथि अन्याय भएको छ । नेपाल राष्ट्र बैंक चुप छ । बैंकहरुको मनपरी छ । गभर्नर के हेरेर बसेका छन् ?’ सेयर लगानीकर्ता संघ नेपालका सह प्रवक्ता समेत रहेका हरिश दाहालले अर्थ सरोकार डटकमसँग भने । उनले वित्तीय संकट लागेका बेला विभिन्न बैंकहरुले देखाएको यस्तो दादागिरीले समग्र अर्थतन्त्रलाई नै असर गरेको दावी गरेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: