
- अर्थ सरोकार सम्बाददाता
यी बैंकले टेरेनन् नेपाल राष्ट्र बैंकको निर्देशन :
नेपाल राष्ट्र बैंकले जारी गरेको सर्कुलर नमान्ने बिकास बैंकहरुमा मुक्तिनाथ बिकास बैंकदेखि कामना बिकास बैंकसम्मका बिकास बैंकहरु छन् । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन २०७२ अन्तर्गत व्याजदर सम्बन्धी व्यवास्थामा व्याजदर अन्तर ५ प्रतिशत भन्दा बढी नहुने गरी कायम गर्न निर्देशन दिएको थियो । तर यो निर्देशन विपरित विभिन्न बैंकहरुले स्प्रेड दर बढी तोकेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले ५ % भन्दा बढी व्याजको अन्तर नराख्नु भनेपनि मुक्तिनाथ बिकास बैंकले व्याजको अन्तर ८.२१ कायम गरेको छ । यसै गरी कन्चन डेभलोपमेन्ट बैंकले ८.०७, मितेरी डेभलोपमेन्ट बैंकले ८.३६, सिद्धार्थ डेभलोपमेन्ट बैंकले ६.७५, ओम डेभलोपमेन्ट बैंकले, ६.३०, गरिमा बिकास बैंकले ६.२५, तिनाउ बिकास बैंकले ६.६७, त्रिवेणी बिकास बैंकले ६.७१ महालक्ष्मी बिकास बैंकले ६.९६, गण्डकी डेभलोपमेन्ट बैंकले ६.८६, कैलाश बिकास बैंकले ५.७९, अल्पाइन डेभलोपमेन्ट बैंकले ५.१४, कन्ट्री डेभलोपमेन्ट बैंकले ५.०१, फेवा बिकास बैंकले ५.९३, र कामना बिकास बैंकले ५.७२ स्प्रेड दर कायम राखेका छन् । यस्ता केहि अन्य बैंकहरु पनि रहेको बुझिएको छ, जसका बारे हाम्रो अनुसन्धान जारी छ ।
को को छन् त यी बैंकको निर्देशन लागु गर्न ‘अटेरी गर्ने ‘ र असक्षम सीइओहरु :
राष्ट्र बैंकको निर्देशन नमान्नु कतिको ‘अटेरीपना’ भएको र कतिको ‘असक्षमता’ भएको बुझिएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन नमान्ने तर आफुलाई निकै राम्रो बिकास बैंक भनी प्रस्तुत गर्ने कैलाश बिकास बैंकमा कृष्ण राज लामिछाने सीइओका रुपमा कार्यरत छन् । उनले बिगतमा पनि नेपाल राष्ट्र बैंकका निर्देशन ‘अटेरी’ गरेका थिए । यस्तै महालक्ष्मी बिकास बैंकका सीइओ रमेश कुमार भट्टराई छन् । उनी ‘परे अरुपनि कारवाहीमा पर्छन’ भन्ने शैलीमा नेपाल राष्ट्र बैंकको निर्देशन नमान्ने गरेको बैंककै कर्मचारीहरु बताउँछन् ।
यस्तै बिगतमा नेपाल राष्ट्र बैंकसँग विभिन्न कुराहरुमा जोहोरी खोज्ने सिद्धार्थ डेभलोपमेन्ट बैंकका सीइओ अजय कुमार मिश्रपनि नेपाल राष्ट्र बैंकले तोकेको अनुसार बैंकमा स्प्रेड दर कायम गर्न नसक्ने सीइओको सुचीमा परेका छन् । यसअघि बैंकको नाम फेर्न नेपाल राष्ट्र बैंकले दवाव दिएको भन्दै मिडियासामु गुनासो पोखेका उनी अहिले भने नेपाल राष्ट्र बैंकको निर्देशन ‘अटेरी’ गर्दै हिंडेका छन् ।
यता मितेरी डेभलोपमेन्ट बैंकका सीइओ तुलसी प्रसाद वस्ती नेपाल राष्ट्र बैंकका गभर्नर नै कमजोर भएका कारण केहि पनि नहुने भन्दै नेपाल राष्ट्र बैंकको निर्देशन अटेरी गरिरहेको बुझिएको छ भने तिनाउ बिकास बैंकका सीइओ प्रदीप कुमार श्रेष्ठ स्प्रेड दर कायम गर्न ‘असक्षम’ रहेको बुझिएको छ । मुक्ति नाथ बिकास बैंकका सीइओ भरत राज ढकाल आफुलाई कसैले छुन सक्दैन भन्ने शैलीमा दादागिरी देखाउँदै नेपाल राष्ट्र बैंकको निर्देशन नमान्ने गरेको उनकै बैंकभित्र चर्चा हुने गरेको छ भने यता कन्चन डेभलोपमेन्ट बैंकका सीइओ बिरुराम जैशी पनि स्प्रेड दर कायम गर्न ‘असक्षम’ बनेका छन् ।
यता फेवा बिकास बैंकका रेशम बहादुर थापा, कामना बिकास बैंकका सीइओ तोया राज अधिकारी, अल्पाइन डेभलोपमेन्ट बैंकका सीइओ लाल बहादुर थिंङ, ओम डेभलोपमेन्ट बैंकका सीइओ विश्व मोहन अधिकारी, कन्ट्री डेभलोपमेन्ट बैंकका एक्टीङ सीइओ, धीरेन्द्र बहादुर दाहाल, गरिमा बिकास बैंकका सीइओ गोबिन्द प्रसाद ढकाल लगायतकाहरु भने काठमाडौँ केन्द्रित ठुलै भनिएका बिकास बैंकले समेत नेपाल राष्ट्र बैंकको निर्देशन नमानेको कारण देखाउंदै नेपाल राष्ट्र बैंकलाई अटेरी गर्ने गरेको बुझिएको छ ।
नियमनकारी निकायको निर्देशन नमान्ने बैंक तथा बैंकका सीइओहरुलाई कारवाही गर्नुपर्ने भएपनि नेपाल राष्ट्र बैंक भने यो कुरामा चुप छ । यता कतिपय बैंकका सीइओहरु भने नेपाल राष्ट्र बैंक सँगकै मिलेमतोमा यस्तो दादागिरी चल्ने गरेको आरोप लगाउंदै आएका छन् ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्