×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

EXCLUSIVE : ई-सेवामा भेटियो गम्भीर ‘बग’ ! ४७०० पर्ने प्लेन टिकेट १०० रुपैयाँमा ! व्यवसायी ठूलो घाटामा !

PRIME CA
GLOBAL IME BANK

EXCLUSIVE : ई-सेवामा भेटियो गम्भीर ‘बग’ ! ४७०० पर्ने प्लेन टिकेट १०० रुपैयाँमा ! व्यवसायी ठूलो घाटामा !

२९ माघ २०७३, शनिबार

पढ्न लाग्ने समय: < २ मिनेट

 

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 































































































































































































































































 

काठमाडौँ – गैर कानुनी रुपमा चलिरहेको भन्ने आरोप लागेपछि निकैनै विवादमा परेको तर नेपालमा उपलब्ध पेमेन्ट गेटवेमध्येको चलनचल्तीको गेटवे इ-सेवामा गम्भीर ‘बग’ भेटिएको छ । इसेवाका माध्यमबाट प्लेनको टिकेट किन्दा वा कुनैपनि पत्रिका ‘सब्स्क्राईब’ गर्दा कम शुल्कमै मिल्नेगरी इ-सेवामा त्रुटी फेला परेको हो । इ-सेवामा भेटिएको यो बगका कारण हाल १००० रुपैयाँ पर्ने सामान १० रुपैयाँमा उपलब्ध भइरहेको छ भने ४००० बढी पर्ने प्लेन टिकेट १०० रुपैयाँमा नै उपलब्ध हुने गरेको तथ्य फेला परेको छ ।  

भेटियो यस्तो ‘बग’ 
अहिले इसेवा मार्फत १००० रुपैयाँको समान १० रुपैयाँमा किन्न मिलिरहेको छ भने ४७०० पर्ने प्लेन टिकेट १०० रुपैयाँमानै पाउन सकिने भएको छ । यससम्बन्धको भिडियो अर्थ सरोकार डटकमसँग सुरक्षित छ । इसेवा प्रयोग गरी रु. ४७०० पर्ने टिकेट १०० रुपैयाँमा किनिएको र १००० पर्ने लिभिङ वीथ आइसीटी पत्रिकालाई १० रुपैयाँमा किन्न सकिएको छ । अर्थ सरोकार डटकमले दुवै पत्रिका र प्लेन टिकेट सस्तोमा किनिएको भिडियो सुरक्षित राखेको छ । यसले गर्दा सम्बन्धित व्यापारीलाई ठुलो घाटा पर्ने देखिएको छ । 
के भन्छ इ-सेवा ?
हामीले इ-सेवामा यस्तो बग भेटिएको बारे इसेवाका सीइओ अग्सर अलीलाई सम्पर्क गरेका थियौं । उनले सुरुमा १००० रुपैयाँको सामान १० रुपैयाँमा किन्न नमिल्ने र विभिन्न कम्पनीले प्रयोग गरेको इसेवाको एपीआइ मार्फत काम हुने भएकाले पछी ‘भेरिफाइ’ गरेर मात्र सामान दिने बताए । उनको अस्पष्ट जवाफ आएपछि हामीले, ‘प्लेनको टिकेटपनि सस्तोमा किन्न मिलीरहेको छ नि ?’ भनेर सोध्दा उनले यसबारे आफुलाई थाहा नभएको र आफ्नो प्राविधिक समुहलाई यसबारे जानकारी दिने बताए । ‘ए ! प्लेनको टिकेट पनि पो सस्तोमा मिलिरहेको छ । ल म मेरो टेक्निकल टिमलाई खबर गरिहालें ।’ उनले भने ।    
यो पनि पढ्नुहोस् :

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="' + fisrc + '"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: