×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भतिजी आशालाई सेयर काकाको पत्र, ‘अहिलेको बजारमा यी ४ कुरा नभूल्नु है !’

PRIME CA

भतिजी आशालाई सेयर काकाको पत्र, ‘अहिलेको बजारमा यी ४ कुरा नभूल्नु है !’

अर्थ सरोकार

२६ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: < ४ मिनेट


प्यारी भतिजी आशा,
धेरै धेरै सम्झना अनी प्यार । काठमाण्डौंको धुलो धुवा र प्रदुषणको कारण विरामी परेर उपचारका लागि बाहिर आए पछि तिमीसंग पूँजी बजारको बारेमा कुरा गर्न सकिन । तिमी पनि आगामी परिक्षाको लागि ब्यस्त नै भयौ जस्तो छ । फेरी यो विचमा मैले पूँजीबजार पनि हेरेको थिएन । धेरै दिनपछि हेरेको बजार फेरी निरन्तर घटिरहेको देखे र तिमीलाई फेरी पनि केहि भनौ भन्ने लागेर हस्पीटलमा आराम गर्दै गर्दा केहि कुरा लेखिरहेको छु ।
बिश्वास छ तिमी यसलाई केहि हद सम्म मनन गर्ने छौ र भोलिका दिनमा आफुलाई सफल लगानीकर्ताको रुपमा स्थापित गर्ने छौ । मैले तिमिलाई दिएको सूझाव र सल्लाह कुनै लेखकको कितावमा पाउने छैनौ। यो त बिसुद्ध रुपमा करोडौ गुमाएर २५ बर्षमा मैले आर्जन गरेको अनुभव हो ।
मैले तिमीलाई धेरै अगाडी देखि बजारको वर्तमान अवस्था र भावि दिशाबारे प्रत्यक्ष अप्रत्यक्ष रुपमा भन्दै आएको छु । तिमिले हेर्दै र लिपिबद्घ गर्दै गएकी पनि छौ । तर तिमीले मलाई जे भने पनी खासमा शेयर बेचेकी छैनौ । बेच्न पनि कसरी सक्नु र तिमीलाई धेरै घाटा भई सकेको छ । फेरी पूँजी बजारमा यसै वीचमा धेरै हल्ला चलाएर केहि पूराना र अर्का थरी बजार साच्चै नवढ्ने भोे भनी एकिन गरेका लगानीकर्ता शेयर वेच्न सफल पनि भएछन । तर तिमीहरु जस्ता नवप्रवेशीहरु निरन्तर घाटा खाई रहेका छौ र अझै कती सम्म खाने हो कुनै ठेगाना छैन । मलाई थाहा छ तिमी जती भनेपनी शेयर बेच्दैनौ ।
एक हिसावले त्यो पनि ठिकै हो बेचे पछि त सिद्घिई हाल्यो नि । फेरी बजार बढे पछि त हेरेको हेरै भइयो । तसर्थ बजारलाई नजिकबाट हेर, यो बजार मेरो कर्म क्षेत्र हो भन र यसलाई एउटा ब्यबसायको रुपमा लिउ ताकी यसमा आउने उताड चढाव समान्य हुन । मैले आज तिमीलाई बजारको बारेमा केहि सूझाब र सल्लाह दिदै छु । सके सबै पालना गर्नु नसके थोरै मात्रमा भए पनि पालना चाँहि गर्नु । जुन कुरा आज तिमीलाई त्यती मिठो नलाग्न सक्दछ तर भोली समयले ति कुराहरुलाई स्थापीत गरे पछि हो रहेछ भनि मेरो कुरामा विश्वास लाग्ने छ ।
१. शेयर अहिले बचे पनि त्यसबाट भोली तिमीलाई फाईदानै हुन्छ :
शेयर ऋणको व्याज १४ प्रतिशत सम्म पू¥याएको , शेयर कर्जालाई निरुत्साहित गरेको, बजारमा तरलताको अभाव, ऋण प्रदानमा कडाई र भएको शेयर Loan Call गरेको वर्तमान अवस्थामा शेयर बजार कुनै हालतमा बढ्दैन । यसै गरी केहि दिन देखिको चुनाव हुन्छ भन्ने हल्ला पनि यो वर्षको लागि हल्ला मात्रै हो अर्थात कुनै पनि हालतमा आउने मंसिर अगाडी चुनाव हुदैन । यस्तै Online Treading मा सबै सरोकारवालाले दिलो ज्यान लगाए पनि १ वर्ष अगाडी आउदैन । तसर्थ अझै कम्तीमा ६ देखि ८ महिना पूँजी बजारमा बृद्घि हुने गुन्जायसनै छैन । बजार नबढ्नु भनेको घट्नु नै हो । तसर्थ आगामी आषाढ मसान्त सम्म बजार धेरै तल जान सक्छ । तसर्थ अझै पनि तिमिसंग भएको शेयरको ५० प्रतिशत सम्म भए पनि बेच्नु राम्रो हो भन्ने मेरो बुझाई छ ।

२. शेयर बजारबाट नभागः
अहिले शेयर बेचेर तिमि सदाको लागि बजारबाट भाग भनेको होईन । तिमिले बजारका आरोह अवरोहलाई राम्रोसँग निहाल । ताकी भोलीका दिनमा सबै भन्दा सफल लगानीकर्ता बनेर निस्क । अहिले बेचेको शेयरले कम्तीमा पनि तेही शेयर २ वटा किन । समयलाई तिमिले चलाउन नखोज समयले के खोजेको छ त्यही अनुसार हिड । अर्थात उल्टो खोलाको यात्रा कठिन बन्छ जति सुल्टोमा सहज हुन्छ । पानीको वहाव अनुसार आफ्नो गन्तब्य बनायौ भने लक्ष्य प्राप्ती सहज हुन्छ ।
३. लघुवित्तको लगानीलाई अन्य क्षेत्रका कम्पनीमा सारः
अव को केहि समय पछि नयाँ लधुवित्त कम्पनी थपिदै छन । एकातिर लघुवित्त अहिले लगानी गर्ने रकम नपाएर छटपटाई रहेका छन भने अर्कोतिर राष्ट्र बैंकले स्प्रेङमा लगाएको सिमाले नाफामा संकुचन आउदै छ ।आगामी दिनमा बैंकले ठुलो ऋण दिन नसके पछि गर्ने काम लघुबित्तको नै हो । लगानी योग्य रकम अभाव र अप्राकृतिक प्रतिस्पर्धाले लघुवित्त कम्पनीको नाफामा असर परिरहेको छ भने अझै नयाँ कम्पनी थपिए अवस्था अझ भयावह हुन सक्दछ । तसर्थ लघुवित्त कम्पनीको लगानीलाई दिगो प्रतिफल भएका विगत देखि पूँजी वृद्घिको अनुपातसंगै व्यापार व्यवसाय बढाएका अर्थात प्रत्येक वर्ष कम्तीमा २५ प्रतिशत ब्यापार वृद्घि गरेका कम्पनीमा लघुवित्त बेचेको पैसा लगाउ । हाललाई लघुबित्त कम्पनीको शेयर किन्दै नकिन ।
४. विमा कम्पनीको शेयर छुदै नछोउः
विमा ऐन संसोधनको तयारीमा छ । लामो समयदेखि विमाको पूँजी बृद्घिको खेती चलिरहेको छ । तर न कुनै फुल लागेको छ न फल । यसले त लगानीकर्ता झुक्काउने खेति गरी रहेको छ । विमा कम्पनीमा नयाँ अध्यक्षको नियूक्ती संगै जिवन विमा र निर्जिवन बिमा कम्पनीको लाइसेन्सको खेती फस्टाएको छ । अवको केहि महिनामा कम्ती ५ जिवन विमा र ५ निर्जिवन विमा कम्पनी सामान्य पूँजीमा नै थपिदै छन । अनी के होला अहिले रहेका यि कम्पनीको हालत । कम्पनीको कमिसन घट्नु ,कर्मचारी खर्च बढ्ने, समग्र लागत बढ्ने, अप्राकृतिक प्रतिस्पर्धा बढ्ने र त्यो भन्दानी अव आउने कम्पनीको शेयर १०० मा नै पाइने । पूरानो कम्पनी भएर मात्र हुदैन क्यारे सवै भन्दा कान्छो मध्येको शिखर र सवै भन्दा पूरानो नेपाल इन्स्योरेन्स हेरे भईहाल्यो नि । तसर्थ सक्छौ सवै बेच सक्दैनौ इन्स्योरेन्स कम्पनीको लगानीलाई अन्य क्षेत्रका कम्पनी जसको प्रतिफल उच्च छ तेता लगाउ ।
अन्त्यमा,
  • अहिलेलाई बुवाबाट लिएको रकम बराबरको शेयर विक्रि गरेर उहाँलाई सो रकम फिर्ता देउ र अव आउने दशैमा घरमा जाँदा अलिअलि मागेर ल्याउ ।
  •  शेयर बेच्नै मन नलागेमा तिमीसँग भएको लघुवित्त र विमा कम्पनीको शेयर बेचेर राम्रो बैंक तथा विकास बैंकको त्यति मुल्यको शेयर किन ।
  • आगामी दिनमा शेयर कर्जा नविकरण नहुने सम्भावना रहेकोले सो भन्दा अगाडी नै त्यसको व्यवस्थापन गर ।
  • निर्वाचन र Online Treading आउछ भनेर शेयर नकिन । चुनाव भए पछि र Online Treading मा गएपछि पनि शेयर किन्न पाईन्छ ।
  • तरलता अगामी दिनमा अझै कठिन हुन्छ । तसर्थ आफु तरल बनेर बस ।


तिमीलाई असल र सफल लगानीकर्ताको रुपमा देख्न चाहाने तिम्रो शेयर काका

(सेयर काका एउटा काल्पनिक पात्र हो । हामीले सेयर बजार विश्लेषणमाविम्व प्रयोगको प्रयास गरेका हौँ । -सम्पादक) 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: